Pokharapatra National Daily

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ दिनपछि खुल्यो ओपीडी सेवा

पहिलो दिनमै दुई सय बिरामी

 

 

पोखरा क्षेत्रकै सवै भन्दा ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आइतबारदेखि ओपीडी सेवा पूनः संचालन भएको छ ।
यही जेठ ११ गतेदेखि प्रतिष्ठानमा कोभिड—१९ ओपीडी बाहेकका सम्पूर्ण ओपीडी सेवाहरु बन्द गरिएकोमा जेठ २३ गते आइतबारदेखि लागु हुने गरी कोभिड—१९ व्यबस्थापनाको लागि तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने गरी यस अस्पतालमा पूर्ववत रुपमा सेवा संचालन गरिएको उनले जनाए । कोरोनाको ओपीडी सेवा व्यबस्थापन गरेसंगै आम सेवाग्राहीको माग भए बमोजिम आइतबारदेखि जनरल ओपीडी सेवा समेत प्रतिष्ठानमा संचालन गरिएको प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीले बताए ।
प्रतिष्ठानको ओपीडी सेवा बन्दा हुदा स्वास्थ्य बिमा कार्यक्रम, दिर्घ रोगी, गरिब तथा मध्यम बर्गका बिरामी मर्कामा पर्ने भएको डा. खत्रीले जनाए । ओपीडी सेवा बन्द हुदा प्रतिष्ठानमा गरिब तथा मध्यम बर्गका धेरै सेवाग्राहिहरु प्रभावित भएको उनले जनाए । आफुहरुले कोरोनाको उपचार गर्ने स्थल भन्दा करिब ओपीडी सेवा करिब ६० मिटर टाडाको दुरीमा रहेको निर्देशक डा. खत्रीले जनाए । आइतबार करिब २ सय जना लाभान्वित भएको उनले दाबी गरे । उनले भने “हाल हामीले तत्काल गर्ने पर्ने शल्यक्रियादेखि दैनिक १ हजार ६ सय जना बिरामीहरु रेखदेख गर्ने चिकित्सक सहितको कर्मचारी व्यवस्थापन गरेका छौं ।”
पछिल्लो समयमा कोरोना संक्रमण दर केही घटे पनि मृत्युदर भने उस्तै रहेको डा. खत्रीले बताए । मृत्युको दुई कारण कोरोना लागेर निमोनियाले र केही कोरोना लागेर पनि घरमै बसेर मृत्यु हुने अबस्थामा अस्पताल आउने गरेकोले गर्दा मृत्युदर घट्न नसकेको उनको बुझाई छ । करिब १२ दिन ओपीडी सेवा बन्दा हुदा कोडिभ तथा नन्कोभिडका बिरामीको इमर्जेन्सि वार्डबाटै सेवा दिएको खत्रीले जनाए । केही साता अघि अक्सिजन ग्याँस सिलिण्डर व्यबस्थापन सहितका कारणले गर्दा एकै रातमा ७ जानको मृत्यु भएकोले आगामी दिनमा त्यस्तो घटना नदोहोरिन के कस्तो पूर्व तयारी गर्नु भएको छ भन्ने हाम्रो प्रश्नमा निर्देशक डा. खत्रीले हाल आफुहरुले पूर्व तयारी गरेर सेवा संचालन गरेको दाबी गरे । प्रतिष्ठानमा हाल थप एक सय ५० थान अक्सिजन ग्याँस सिलिण्डर, ५ वटा मात्र रहेको अक्सिजन कन्सन्टेटर २२ वटा प्राप्त भएसंगै २७ वटा अक्सिजन कन्सन्टेटर रहेको डा. खत्रीले दाबी गरे । हाल कोभिड उपचार केन्द्रमै केही बेडहरु समेत खाली हुन थालेको बताएका उनले अझै पनि कोरोनाको मृत्युदर भने उच्च रहेको जनाए । स्वास्थ्य बिमा र दिर्घरोगीहरुलाई ओपीडी सेवा बन्दा हुदा समस्या भए पनि अब देखि सहज हुने प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमण पश्चात हिडडुल गर्न कठिन हुने सास फेर्न कठिन हुने, शौचालयमा जादा समेत अर्कोको सहारा लिनुपर्ने अबस्थाका बिरामीहरुले अनिवार्य रुपमा चिकित्सकको निगरानीमा बस्नुपर्ने डा. खत्रीको सुझाव छ । प्रतिष्ठानमा हाल करिब ९० बेडको आइसोलेसन वेड रहेको छ । उक्त वेडहरुमा केही गम्भिर सहितका बिरामीको उपचार भई रहेको छ ।

प्रतिकृया दिनुहोस्