Pokharapatra National Daily

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावले सुत्केरी सहित ७ जनाको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार प्रयाप्त मात्रामा अक्सिजन ग्याँस आपुर्ति नहुँदा अक्सिजन सहित अन्य कारणले गर्दा एक सुत्केरी सहित ७ जनाको मृत्यु भएको छ ।
प्रतिष्ठानमा विहिबार एकाएक हाई फ्लो प्रयोग गर्ने ९ जना कोरोनाका बिरामीहरु भएकोले माग अनुसारको अक्सिजन प्राप्त गर्न नसक्दा अक्सिजन सहित अन्य कारणले गर्दा अस्पतालमा एकै रातमा एक सुत्केरी सहित ७ जनाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
२५ बर्षकी सुत्केरी महिलाको शल्यकृयाबाट शिशुको जन्म भए पश्चात अक्सिजन लगाउनु पर्ने अबस्थामा आएकोमा अक्सिजन लगायर उपचार हुदा हुदै राति अक्सिजन नियमति दिन नसक्दा मृत्यु भएको मृतकका श्रीमानले बताए । बजारमा अक्सिजन ग्याँस अभाव भएको सूचना टाँसेको अस्पताको धेरै लापरावहीले गर्दा आफ्नी श्रीमतीको ज्यान गुमेको उनको दाबी छ । उनले भने “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै सुधार गर्नु पर्छ, १५÷२० जना बिरामी भएको अबस्थामा एक दुई जना स्टाफ नर्स बस्नुहुन्छ, राती सवै बत्ति निभाएर बसे पछि गम्भिर भएका बिरामीको अक्सिजन नियमित भएको छ छैन कसरी त्यसको निगरानी हुन्छ ।”
विहीबार रातिदेखि पछिल्लो केही घण्टामा प्रतिष्ठानमा अक्सिजन सहित अन्य कारणले गर्दा सुत्केरी सहित ७ जनाको मृत्यु भएको श्रोतको भनाई छ । मृत्यु हुनेमा ७० बर्ष, २९ बर्ष, ८४ बर्ष, ६२ बर्ष ७७ बर्षकी महिला रहेका छन भने ५३ बर्ष र ४८ बर्षका पुरुष रहेका छन् । प्रतिष्ठानमै विहीबार दिउँसो एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।
विहिबारदेखि हाई फ्लोका बिरामी करिब दोब्बरले बृद्धि भएसंगै अक्सिजनको व्याबस्थापन गर्न नसकेर र अन्य कारणले गर्दा एकै रातमा ७ जनाको ज्यान गएको हुन सक्ने उपचारमा संलग्न डा. डेडिव श्रेष्ठले बताए । उनका अनुसार अन्य दिनमा दैनिक ४÷५ जना हाई फ्लोका बिरामी हुने गरे पनि विहिबार ९÷१० जनालाई हाईफ्लो अक्सिजन दिनुपर्ने अबस्था भएको र पोखरा अक्सिजन कम्पनीबाट नियमित आउने अक्सिजन आएकोले गर्दा समस्या भएको उनको भनाई छ ।
पोखरा अक्सिजन कम्पनीले विहिबार करिब १० देखि १५ मिनेत बिद्युत आपुर्ति बन्द हुदा मेसिन संचालनमा २० देखि २५ मिनेट अबरुद्ध हुदा करिब १७÷१८ सिलिण्डर ग्याँस उत्पादनमा कमी भएको कम्पनीका म्यानेजर दीपक भण्डारीले बताए । कम्पनीले विहिबार प्रतिष्ठामा २ सय ७० वटा अक्सिजन सिलिण्डर दिएको कम्पनीको दाबी छ । आफुहरुले प्रतिष्ठान र प्रदेशको सरुवा रोग अस्पताललाई पहिलो प्रथामिकतामा अक्सिजन दिने गरेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सामुदायिक अस्पतालमा एकै दिनमा सुत्केरी सहित ७ जनाको मृत्युको घटनाले आफुहरु निकै गम्भिर भएको बताए । अक्सिजन सहित के के कारणले गर्दा मृत्यु भएको त्यसको बारेमा सोधपुछ गरेर आगामी दिनमा सुधार गर्ने उनले जनाए । उपचार गर्नुपर्ने अबस्था आएकोमा अक्सिजन लगाए पनि नियमितउन नपायर आफ्नी श्रीमतीको मृत्यु भएको मृतका श्रीमानले गुनासो गरे । अस्पतालले अक्सिजन छैन भने पनि आफुहरु अक्सिजन ग्याँस खोजि गर्न कम्पनीमा पुगे पनि राति अस्पतालमा फर्किदा आफ्नी श्रीमतीले अक्सिजनको अभावनमा मृत्यु भएको उनको दाबी छ ।
प्रतिष्ठानमा दैनिक ३ सय ५० वटा अक्सिजन ग्याँस सिलिण्डर आपुर्ति हुने भए पनि पछिल्लो केही दिन देखि हाई फ्लोका बिरामी बढेर अक्सिजनको माग बढी भएको प्रतिष्ठानका विमल बरालले बताए । गण्डकी प्रदेशको राजधानि पोखरामा गम्भिर प्रकारका बिरामीको उपचार गर्नुपर्ने भएकोले अक्सिजन सिलिण्डरहरु थप एकिकृत पार्नुपर्ने उनले बताए । प्रतिष्ठानका कोभिड उपचार केन्द्रका संयोजक शरदचन्द्र बरालले विहिबार दिउसै देखि अक्सिजन ग्याँस अभाव भएको विभिन्न निकायमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्