Pokharapatra National Daily

पोखराका सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिए, चर्को मूल्य तिर्न बाध्य गरिब जनता

गण्डकी प्रदेशको राजधानीमा रहेका २ ठुला सामुदायिक अस्पतालमा कोरोनाका बिरामीहरु भरीएकोले अब गरिब तथा मध्यम बर्गका जनताले चर्को मूल्य तिरेर सेवा लिनु पर्ने अबस्था आएको छ । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीहरुले भरिएकोले अब कोरोनाका बिरामीहरुले उपचार गर्दा निजी अस्पतालमा जानुपर्ने बाध्यताले गरिब तथा मध्यम बर्गका जनताले चर्को मूल्य तिर्न बाध्य हुने भएको स्थानियले गुनासो गरेका छन् ।
तीन तहका सरकारले स्वास्थ्य जस्तो जस्तो संवेदनशिल बिषयमा समयमै लगानी गरेर आवश्यक पूर्वाधार तयार नपार्दा कोरोनाको महामारीमा कोरोनाको निजी अस्पतालमा उपचार गर्दा गरिब तथा मध्यम बर्गका जनताको ढाँड नै सेक्ने भएको पोखरेलीले गुनासो गरेका हुन् । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा ३०, मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनका बिरामी रहेका छन भने संघीय सरकारको मातहातमा रहेको प्रदेशकै ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा हाल ४० जनाको उपचार भई रहेको अस्पतालहरुले जनाएका छन् । कास्की सहित प्रदेशका ११ जिल्लाको साथमा छिमेकी जिल्लाबाट समेत पोखराका कोरोनाका बिरामीहरु आउन थालेकोले पोखरामा कोरोनाका बिरामीहरुलाई व्यबस्थापन गर्न निकै कठिन हुन थालेको प्र्रदेश शंक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख डा. विकास गौचनले बताए ।
गण्डकी प्रदेशमा प्रत्येक दिन कोरोनाका बिरामीहरुको संख्या दैनिक ३ सय जना भन्दा बढी रहेको छ भने दैनिक करिब ३÷४ जना कोरोनाबाट मृत्यु भएको उनले जनाए । प्रदेशको कोरोना डेडिकेट अस्पतालमा हाल ५० सिट क्षमताको अस्पताल भए पनि आफुहरुले जेनतेन कर्मचारीको अभावका बाबजुत पनि ५५ जना बिरामीहरुलाई सेवा दिएको प्रमुख डा. गौचनले बताए । सरकारी अस्पतालहरुलाई व्यबस्थित र समयमै लगानी गर्न नसक्दा भयाभहको अबस्थामा गरिब तथा मध्यम बर्गका धेरै जनता प्रभावित हुने अबस्था समेत आउन सक्ने उनले जनाए । अत्यावसेक सेवा एम्बुलेन्स, स्वासथ्यर्की, सुरक्षकर्मी, पत्रकार, खाद्य सामानका सवारी साधन बाहेक अन्य सेवा ठप्पै पार्नुपर्ने डा. गौचनको भनाई छ । अझै पनि घर घरमा निमोनिया भएका बिरामीहरु भएको उनले जनाए । उनले भने “हामीसंग भएको श्रोत साधनबाट अहिलेको अबस्थामा कोरोनाको उपचार गर्न नसक्ने अबस्थामा हामी पुग्दैछौं यसमा सवै सचेत हुनु पर्यो ।” सामुदायिक अस्पतालहरुमा जनशक्ति अभाव भएकोले गर्दा त्यसको प्रत्यक्ष मार गरिब तथा मध्यम बर्गका व्यक्तिहरुमा पर्ने डा. गौचनको दाबी छ । कोरोनाबाट बच्ने उत्तम उपाय भनेको सकभर घरमै बस्नु, अत्यवश्यक परेका वेलामा स्वास्थ्य मापदण्ड अनिवार्य मास्क, सेनिटाइजर, भौतिक दुरी लगायतका कुरालाई पूर्ण रुपमा पालना गर्नु उनले सुझाव दिएका छन् । कोरोनाको लक्ष्यण देखा परेर व्यक्तिलाई स्वाशप्रश्वासमा केही समस्या भएमा ज्वरो बढी आउने लगायतका समस्या देखा परेमा तत्काल  नजिकको अस्पतालमा लैजानु पर्ने गौचनको भनाई छ । पोखरा ३० मा रहेको लेखनाथ सामुदायिक अस्पताललाई कोरोनाको उपचार गर्ने भन्दै कोरोना डेडिकेट संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा विगत १० महिना अघि स्थापना गरे पनि हालसम्म उक्त अस्पतालबाट आइसियू र भेन्टिलेटरको सुविधा दक्ष कर्मचारीको अभावमा संचालनमा आउन नसकेको प्रमुख डा. गौचनले बताए ।
यसैबिच, पोखरामा रहेको अर्को सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल कोरोनाका करिब ९० प्रतिशत बिरामीलाई अक्सिजन लगायर उपचार गर्नु परेको प्रतिष्ठान अन्र्तगत कोभिडका फोकल पर्सन डा. शरद बरालले बताए । अहिलेको अबस्थामा अझै ३ हप्ता जसो पूर्व सावधानी अपनाउनु पर्ने उनले बताएका छन् । कोरोनाका गम्भिर प्रकारका बिरामीहरु बढ्दै जादा प्रतिष्ठानमा मेडिकल वार्ड, अर्थपेडिक लगायतका वार्डहरु खाली गर्दै थप एक सय ५० वेडसम्म विस्तार गर्ने योजना रहेको फोकल पर्सन डा. बरालले बताए । पोखरा महानगरपालिका, प्रदेश सरकार र संघिय सरकारबाट उक्त सेवा संचालनको लागि आवश्यक सहयोग गर्ने भएको उनले जनाए । अस्पतालमा भर्ना भएका कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन दिनु परेको छ भने ४ जनालाई हाई फ्लु अक्सिजन, एक जनालाई भेन्टिलेटरमा राख्नु परेको उनले जनाए । २४ घण्टादेखि ३६ घण्टासम्म अक्सिजन लगायर कोरोनाका केही बिरामीलाई थप आराम हुन साथ होम आइसुलेसनको लागि रिफर गरीएको त कोही कोहीलाई भने हप्ता दिनसम्म समेत राख्नु पर्ने अबस्था रहेको फोकल पर्सन डा. बरालले बताए ।
उनका अनुसार आपुर्ति महाशाखाबाट एक सय वेड अस्पतालमा आइसकेको अबस्था रहेको छ । विशेषगरी प्रसुती वार्डको लागि भनेर प्रतिष्ठानको परिसरमै हालै निर्माण भएको नयाँ भवनमा एक सय कोरोनाका बिरामीको उपचार गर्ने गरी तयारी समेत भएको उनले जनाए । हाल कोरोनाका गम्भिर प्रकारका बिरामीहरु अनिवार्य रुपमा अक्सिजन लगायनु पर्ने बिरामीहरुको सङख्या बढी भएकोले जनशत्ति र इकुपमेन्ट आवश्यक भएको फोकल पर्सन डा. बरालले माग गरेका छन्। अस्पतालमा प्रायः निशुल्क उपचार हुने गरेको छ अन्यथा निजी अस्पतालमा भर्ना हुदा कोरोनाका गम्भिर बिरामीले दैनिक ५० हजार देखि एक लाखसम्म शुल्क तिर्नु परेको स्थानियले गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्