Pokharapatra National Daily

फेदीखोला गाउँपालिकाले ल्यायो मजदुर संचित कोष कार्यान्वयनमा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको छ ।
जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थीक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्षित गरि गाउ“ पालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको हो । दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भएतापनि न्युन बचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगाएतका मानवीय एवम् सामाजिक विकासको अवस्था न्यून भएका मजदुर वर्गका लागि यो कोषको स्थापना गरिएको हो ।
गाउँ पालिकाले बिहीबार एक कार्यक्रमका बिच मजदुरहरुलाई परिचयपत्र वितरण कार्य शुरु गरेको हो । मजदुरहरुलाई परिचयपत्र वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरि गाउँ पालिकाले कार्यन्वयनमा ल्याएकोमा मजदुर संचित कोष कोसे ढुंगा सावित हुने बताए ।
मजदुरका परिवारको आर्थीक अवस्था मजबुत बनाउन तथा उनीहरुको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषण जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गर्ने गरि ल्याईएको मजदुर संचित कोषले मजदुरहरुको जीवनयापनमा परिर्वत ल्याउने विश्वास व्यक्त गरे । प्रदेश सभा सदस्य मोहन प्रसाद रेग्मीले मजदुर संचित कोष, युवा उद्यम जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याई फेदीखोला गाउँपालिकाले जनताले प्रत्यक्ष विकासको अनुभुती गर्ने गरी काम गरेको बताए । पालिकाको मजदुर संचय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै घर भए÷ नभएको, परिवारमा रोजगार छ÷छैन आश्रित परिवारको सख्या लगाएत मजदुर छनौटका आधारहरु तयार पारेको छ । कोषमा सुचिकृत हुन चाहानेका लागि गाउँपालिकाले नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको दुईप्रति फोटो सहित सम्बन्धित वडा कार्यालयहरुमा निवेदन दिन अनुरोध गरेको थियो । गाउँपालिकाको मजदुर सूचिमा सूचीकृत मजदुर मात्र उक्त सञ्चय कोषमा आवद्ध हुन पाउने छ । सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुदाँ प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् ।
भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरे पश्चात पालिकाको तर्फ बाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा बचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य विमा लगाएतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले मजदुर संचित कोष कार्यन्वयनमा ल्याएसँगै कामजदुरहरु हर्षित भएका छन् । फेदीखोला गाउँपालिकाले युवा उद्यमी कार्यक्रम सञ्चालन गरि कृषकसँग सम्झौता समेत गरेको छ । पालिकाभित्र रहेका उद्यमी व्यवसायीको समूहलाई प्रोत्साहन गर्न गाउँपालिकाले बिना व्याज बिना धितो ५ लाख रकम ऋण दिने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्