Pokharapatra National Daily

राष्ट्रिय मुक्तक पूरस्कार घिमिरेलाई

मुक्तक मञ्च पोखराले प्रत्यक २ वर्षमा प्रदान गर्ने राष्ट्रिय मुक्तक पूरस्कार पोखरेली मुक्तककार तथा कवि कविवर तेजनाथ घिमिरेलाई प्रदान गरिएको छ ।
मुक्तककार अल्पविराम द्धारा स्थापित अक्षकोषवाट प्रदान गरिने पुरस्कारवाट पुरस्कृत घिमिरे ६ दशक देखि नेपाली काव्यिक क्षेत्रमा निरन्तर साधनारत श्रष्टा हुन् । वि.स. २०२२ मा आयोजित गण्डकी वृहत साहित्य सम्मेलनमा सर्वाेत्कृष्ट कविको रुपमा स्वर्णपदक विजेता घिमिरेलाई यस अघि दर्जर्नाैँ पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
नेपाल संङ्गीत तथा नाट्य प्र्ज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले प्रमुख अतिथिको आसनबाट बोल्दै मुक्तक मञ्च पोखराले साहित्यमा अनवरत रुपमा क्रियाशिल विवर तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार २०७६ अर्पण गरेर उपयुक्त व्यक्तिको छनौट गरेको साथै पुरस्कार आफै सम्मानित वनेको वताए । उमेरले ८ दशक पार गरिसक्दा पनि निरन्तर साहित्य साधनामा क्रियाशिल घिमिरे उमेरले पाका भएपनि सिर्जनात्मक चेतनाको हिसाबले युवा अवस्थामा नै रहेको बताएका थिए । उनले नगद २२,२२२।– सहित ताम्रपत्र र दोसल्लाले सम्मानित कविवर तेजनाथ घिमिरे लेखेर कहिल्यै नथाक्ने प्रतिभा भएको कुरामा जोड दिए । मुक्तक मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा उपाध्यक्ष भरत पौडेलको स्वागत तथा सचिव श्रीराम अधिकारी ‘गोर्जे’ को सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले मन्तव्य राख्दै कविवर तेजनाथ घिमिरे नेपाली साहित्यमा लगाएको गुनको कदर भएको बताए । उनले कविवरण घिमिरेका अनवरत, देशकाल, कालचक्र जस्ता मुक्तक संग्रह प्रकाशित भएपनि उहाँका सम्पुर्ण रचनाहरु संग्रहित हुनुपर्ने र प्रकाशित हुनुपर्ने बिचार राखेका थिए । पुरस्कार अर्पण पश्चात संस्थाका सल्लाहकार तथा पुरस्कारका संस्थापक अल्पविरामले कविवर घिमिरेलाई पुरस्कृत गर्न पाउदा आँफु अत्यन्त हर्षित भएको बताए । सो अवसरमा सल्लाहकार तथा स्रष्टा छनोट समितिका सदस्य कृष्ण देवकोटाले समेतले आफ्नो भनाई राखेका थिए ।
मुक्तक मञ्चको १५० औं रचनाबाचन कार्यक्रम समेत गरिएको उक्त कार्यक्रममा भरतराज पौडेल, के.आर. ढकाल, अनिता दाहाल, अल्पविराम, लक्ष्मण थापा, विपिन आचार्य, कृष्ण देवकोटा, विकास गौचन लगायतले मुक्तक बाचन गरेका थिए । सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्व कविवर तेजनाथ घिमिरेले स्रष्टाको दृष्टिले देखेका कुरा लेख्न नसकिने युगबाट देखेको लेख्न पाउने युगमा आउन पनि धेरै संघर्ष गरेको बताए । उनले अझैपनि कलमजिवीहरुलाई पुर्ण स्वतन्त्रता प्राप्त नभईसकेकोमा गुनासो समेत प्रकट गरे ।

प्रतिकृया दिनुहोस्