Pokharapatra National Daily

फेवातालको बाँध मर्मत कार्य सुरु

पोखराको फेवातालको बाँधको मर्मत कार्य सुरु भएको छ । करिब ३८ वर्ष पछि उक्त बाँध मर्मतको काम हालै सुरु गरिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए ।
बाँधको रवरशिल र लन्चिन एप्रोन(शुसन) पानीले खिएका कारण बाँधबाट पानी चुआवट भएकोले त्यसको मर्मतको कार्य सुरु गरिएको उनले जनाए । गत बर्ष कार्यालयले गण्डकी प्रदेश सरकारको निर्देशनमा फेवातालको बाँधको अध्ययन अवलोकन सहितको प्रतिवेदन प्रदेश सरकारलाई पेस गरेको थियो । फलस्वरुप प्रदेश सरकारले फेवा सिंचाई प्रणाली अन्र्तगत २ करोडको योजना यस बर्ष पारेको हो ।
फेवातालको बाँधमा रवरशिल राख्ने र लन्चिन एप्रोन आसीसी मोडलमा निर्माण गर्न थालेसंगै हाल फेवातालको बाँधबाट एक मिटर पानीको सतह घटाइएको डिभिजन प्रमुख आचार्यले बताए । कार्यालयबाट फेवा सिंचाई प्रणाली अन्र्तगत २ करोडको हाल टेण्डर भएको छ भने एक करोड रुपैया बराबरको काम बाँधमा र एक करोडको फेवा सिंचाई तथा नहर निर्माण एवं मर्मतमा खर्च हुने भएको उनले बताए । आवश्यकता परेको खण्डमा पुनः एक मिटर पानीको सतह घटाएर रवरशिल राख्ने काम गर्ने बताएका डिभिजन प्रमुख आचार्यले रवरशिल राख्ने काम एक हप्तमा सकिने जनाए । एक महिना भित्र लन्चिन एप्रोनको काम सक्ने गरी हाल आफुहरु लागेको उनको भनाई थियो । उक्त बाध मर्मत भएसंगै नहरको पानी समेत फेवातालमा मिसाउने आचार्यले जनाए ।
अहिलेको बाँध मर्मत भएसंगै पुनः ५÷७ बर्षमा मर्मत संहार भने गर्नु पर्ने डिभिजन प्रमुख आचार्यको भनाई छ । रवरशिलको काम भएसंगै अब फेवातालको पानी चुआवट नहुने उनले जनाए । पानीको सहत बाधमा हाल एक मिटर घटाए पनि बाराही घाटमा भने करिब ५० मिटर भन्दा बढी जमिनको भाग बगरमा परिणत वा पानीको नभएको भागमा परिणत भएको छ ।
तालवराही मन्दिर जान पनि यति वेला हिलोमा टेकेर पानी भएको सतहमा पुग्नु पर्ने अबस्था रहेको छ भने डुंगाहरु पनि जनिमको भाग देखि वोकेर पानी भएको स्थलमा पुराउनु परेको छ । २०१८ सालमा पोखराको फेवातालमा भारतको सहयोगमा बाँध निर्माण भएको त्यस पशचात २०२८ साल देखि भत्कन सुरु भएको बाँध २०३१ सालमा बाध फुट्न गएको आचार्यले बताए । भत्केको बाध यूएनडिपीको सहयोगमा २०३९ सालमा मर्मत भएको उनले जनाए । पानीको बहाब नियन्त्रण गर्न रबरसिल्ड र लन्चीन एप्रोन गर्न लागिएको हो ।
फेवातालमा पानीको सतह घटेसंगै केही होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पुनः फेवाताल मिच्ने हुन की भन्ने अर्को चिन्त्ताको बिषय भएको स्थानिय शिव देवकोटाले व्यत्त गरेका छन् । फेवातालको भागमा पानीको सतह घटेसंगै केही युवा युवती तालको किनारमा फोटो खिच्न पुगेका देखिन्छ । फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिले हाल फेवातालको सिमाङ्कन तथा नक्साङ्कनको काम अघि बढाएको समितिका संयोजक पुण्यप्रसाद पौडेलले बताए । समयमै फेवाताल संरक्षण नहुदा तालको आकार साघुरीदै र गहिराई कम हुदै प्रदुषित हुदै गरेको स्थानियको जनगुनासो छ । २२ हजार रोपनीमा फैलिएको फेवाताल हाल १० हजार रोपनी भन्दा कम क्षेत्रफलमा रहेकोले छ । फेवाताल रामसारमा सुचिकृत भएकोले यसको संरक्षणमा राज्यको अझ बढी जिम्मेवार हुनु पर्ने पोखराका नागरिक अगुवा रामबहादुर पौडेलको भनाई छ ।
बाँध निर्माणका लागि विनाजानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा मरेको बताए । उनले भने, “हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पा¥यो ।” उनका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्