Pokharapatra National Daily

तरबुजा मेलामा कृषकको जोशसँगै उपभोक्ता खुशी

पानी परेपछिको शितल मौसम । कोन सहकारीका सचिव सुरेन्द्रप्रसाद सिग्देल सहकारीको बैठक हलवाट तल झर्नुभयो । घर तर्फ तन्केको सिग्देलको मन पश्चिम तर्फ वडामा आँखा पर्न गयो । कसैको हातमा हरिया डल्ला । कसैले प्लाष्टिक भरी डल्ला बोकेर हिंडेका । ओहो यहाँ त आज तरबुजा मेला पो । सिग्देलको विपीमार्ग स्थित घरतर्फ बढेका खुट्टा झ्याप्प रोकिए । घर हैन वडा तर्फ बढे । वडा भित्र राखिएका तरबुजाका स्टलमा आँखा रसाए । रसाएका आँखा एक पछि अर्को गर्दै एउटा स्टलमा रोकीयो आँखा । एउटा तरबुजा जोख्नुहोस भन्दै आँफ्नो स्वास्थ्यको वारे जानकारी दिंदै उपस्थित सबैलाई फलफूल खान सल्लाह पनि दिन भ्याए । आफ्नै वडामा उत्पादन भइ घर अगाडि किन्न पाउँदा ज्यादै खुशीको अनुभव व्यक्त गरे । वडाले यसरी मेला आयोजना गर्नाले हामी सवैलाई सजिलो र किसानलाई उत्साहित बनाएको सिग्देलले भने । सरकारी जागिरमा रमाएका सिग्देल २०७५ भदौ १ गते निवृत भई भारतमा एक वर्ष दश दिनको उपचार पछि घर फर्कनु भएको सिग्देलको २० वर्षे उमेरमा जस्तो जोस जाँगर थियो उस्तै छ आज पनि । विस २०१७ साल फागुन २९ गते जन्मनुभएको सिग्देलले वडाका हरेक गतिविधीमा चासो राख्ने र वडा अध्यक्ष किरण वराल सँगको हरेक भेटमा राम्रो सल्लाह दिने उहाँको वानी छ ।
युवाले उत्पादन गरेको तरबुजालाई सिदै उपभोक्तासँग भेट गराएकोमा वडालाई पनि धन्यवाद दिए सिग्देलले । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा कृर्षि विकास शाखा र पोखरा महानगरपालिका वडा नम्बर १३ को आयोजनामा वार्ड स्तरीय कृषि सञ्जाल १३ को व्यवस्थापनमा हालै तरबुजा मेला २०८२ सम्पन्न भएको छ । तरबुजा खेती कृषकलाई सिधैं उपभोक्तासँग भेट गराउनका लागि वडा १३ को परिसरमा मेला आयोजना गरिएको थियो । मेलामा कृषक र स्थानीय बिच तरबुजा किनमेलमा बाक्लो उपस्थिति रहेको थियो । मेलामा उपस्थित स्थानीय तथा किसान दुबै खुसी देखिएका थिए । केही किसानले उत्पादन भएको स्थान वरिपरि मेला आयोजना गरेमा अझ प्रभावकारी हुने सल्लाह दिएका छन् । एक दिनको लागि मेलामा ५० रुपयाँ प्रति किलोमा तरबुजा बिक्री गरिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चांैलागाईले यस्ता मेला गर्नाले किसानलाई थप उर्जा थप्ने धारणा राखे ।
गत वर्ष १०÷१२ रोपनीमा भएको तरबुजा खेती अहिले धेरै स्थानमा भएको पोखरा महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । आर्थिक विकास महाशाखाले विभिन्न समयमा प्राविधिक सहायतासमेत उपलब्ध गराएर कृषकहरूले लगाएका तरबुजा खेतीको नियमित अनुगमन र रेखदेखसमेत गरिरहेको उनले वताए । वडा अध्यक्ष किरण बरालले आफ्ना वडाका तरबुजा कृषकलाई हौसला प्रदान गर्ने उद्देश्यले यो वर्ष पनि मेला आयोजना गरिएको बताए । किसान खुशी भएर यो क्षेत्रमा लागेकाले आफ्नो वडाबाट मात्र लगभग ५० लाख तरबुजा बिक्री हुने उनको अनुमान छ । विशेष गरी तरबुजा खेती गर्नेहरुसँग बिचौलियाहरु सम्र्पक नगरुन भनेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष वरालले पोखरापत्रलाई वताए । मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविर समेत समावेश गरिएको थियो ।
उत्पादन गर्ने किसानहरु मध्येवाट मणिदिप कृर्षि फार्मलाई पाँचा हजार, पिपलडाली कृर्षि समुहलाई चार हजार, सुर्यचन्द्र कृर्षि समुहलाई तीनहजार र चण्डेश्वरी कृर्षि समुहलाई एक हजार प्रदान गरी पुरस्कृत गरिएको थियो । त्यसैगरी सबै भन्दा ठुलो फलाउने कृषक वडा नम्बर ३३ का ज्ञान बहादुर कार्की र हरिप्रसाद आचार्य पनि पुरस्कृति गरिएको थियो ।
वडा १३ का अध्यक्ष वरालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कृर्षि मन्त्रालयका सचिव बासु रेग्मी, वडा नम्बर १३ का सफल युवा किसान रोशन वराल र वडा नम्बर २८ का कृर्षि सञ्जालका अध्यक्ष राधकृष्ण तिवारी लगायत वोलेको कार्यक्रममा वडा नं १३ का कृर्षि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले स्वागत र वडा सदस्य रजनी परियारले संचालन गरेकि थिइन् ।

प्रतिकृया दिनुहोस्