गण्डकी प्रदेशमा हाल कुष्ठरोगीका एक सय जनाको उपचार भई रहेको छ ।
आर्थिक बर्ष २०७६÷०७७ को ४ महिना अर्थात कार्तिकसम्ममा ९१ जनामा कुष्ठरोगीका नयाँ बिरामीहरु भेटिएको र हाल उनीहरु सहित उपचारमा १ सय जना रहेको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले ६८ औं विश्व कुष्ठरोग दिवसको अवसरमा शनिबार पोखरामा आयोजना भएको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै निर्देशनालयका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले चालु आर्थिक बर्षमा ९१ जना नयाँ कुष्ठरोगी मध्य ४२ जना महिलामा उक्त पहिचान भएको बताए । आर्थिक बर्ष २०७५÷७६ मा ८८ जनामा कृष्ठरोग पहिचान भएकोमा एक सय १ जनाको उपचार भएको उनले जनाए । गण्डकी प्रदेशको कास्कीमा ५ जना कोरोनाको बिरामी भेटिएका हुन् ।
प्रदेशको पहाडी जिल्लामा ८७ जना, तराईमा १४ र हिमाली भेगमा एक जनामा कुष्ठरोग पहिचान भएको क्षयकुष्ठ निरीक्षक बसौलाले जनाए । कोरोनाले गर्दा यस बर्ष कुष्ठरोगी पहिचान गर्न केही कठिनाई भए पनि पछि केही सहज हुदै गएको उनले बताए । गण्डकी प्रदेशमा प्रति १० हजार मानिसको परिक्षण गर्दा करिब ०.४० प्रतिशत कुष्ठरोगीका बिरामी भेटिने गरेको निर्देशनालयले जनाएको छ । २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको थियो भने जनवरी ३१ तरिख अर्थात माघ १८ गते विश्व कुष्ठरोग दिवस
परेको छ ।
कोरोना भाइरस, क्षयरोगको भाइरस भन्दा पनि निकै कमजोर प्रकारको कुष्ठरोगको मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग भएको डा.रमेश शर्माले बताए । केष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने यसले आँखा, हात खुट्टामा बढी सर पार्ने भएको उनले जनाए ।
कुष्ठरोगको निशुल्क र सरकारी अस्पतालमा मात्र यसको औषधि उपलब्ध हुने गरेको छ भने गण्डकी प्रदेशको आइएनएफ(हरियो खर्क अस्पताल) सहितका अन्य ठाँउमा यसको उपचार हुदै आएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
कोरोना बिरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा चौथो दिनसम्म ७ हजार ८ सय ९२ जनामा दिइएको उनले बताए । भ्याक्सिन दिएकाहरु मध्य हालसम्म एक जनामा पनि कुनै समस्या नआएको निर्देशक डा. शर्माले जनाए । कास्की सहित प्रदेशका ११ जिल्लामा १४ वटा खोप केन्द्र रहेको उनलmे जनाए । उक्त खोप लगाए पनि शंक्रमण दर हाल पनि जारी रहेकोले अनिवार्य रुपमा मास्क, सेनिटाइजर, सावुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्डलाई निरन्तर रुपमा पालना गर्न समेत निर्देशक डा. शर्माले आग्रह गरे ।
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु कुष्ठरोगको शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन भने यसमा अन्त्यमा अपाङ्गता हुन समेत हुन सक्छ। यसको उपचार बहु औषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहु औषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।
गण्डकी प्रदेशमा कुष्ठरोगीको उपचार हुदैं
प्रतिकृया दिनुहोस्