Pokharapatra National Daily

फेवातालको बाँध मर्मत कार्य सुरु

पोखराको फेवातालको बाँधको मर्मत कार्य सुरु भएको छ । करिब ३८ वर्ष पछि उक्त बाँध मर्मतको काम हालै सुरु गरिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए । बाँधको रवरशिल...बाँकी

कांग्रेस सच्चिएर अघि बढ्न आवश्यक छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास राम्रो छ, नेताहरु...बाँकी

गण्डकी प्रदेशमा १७ हजार ६७ जनालाई कोरोना भ्याक्सिन

कोरोना बिरुद्धको भ्याक्सिन (खोप) लगाउन पहिलो चरणमा छु्टेकालाई शनिबारसम्मको समय सिमा थपिएको छ । स्वास्थ्य मन्त्रालयले सम्बन्धित स्वास्थ्य निर्देशनालयहरुमा सूचना जारी गर्दै शनिबारसम्म पहिलो चरणमा छ्ुटेकाहरुलाई खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेको हो ।...बाँकी

सिमसारको संरक्षण गर्नुपर्दछः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानी र सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र बुद्धिमतापूर्वक उपयोगका लागि हार्दिक अपिल गरेका छन् । विश्व सिमसार दिवसका अवसरमा गण्डकी प्रदेश राजधानी पोखरामा मंगलबार आयोजित कार्यक्रममा आफ्नो सन्देशमार्फत उनले भने...बाँकी

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउन हुँदैनः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् । नेपाली कांग्रेसको भा्रतृ संस्थाले सोमबार दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का...बाँकी

अहिलेसम्म ८८ हजारले लगाए खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११...बाँकी

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने छ। आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। वैशाख/जेठमा नै...बाँकी

कोन सामुदायिक बचत तथा ऋण सहकारी कम्प्युटर लिएर काहुँमा

वर्तमान समयमा कम्प्युटर मानव जीवनको सवै भन्दा महत्वपूर्ण अंग बन्दै गएको छ । विहानै उठेदेखी बेलुका सुत्ने समयसम्म साथै पेसागत जीवनलाई सहज र सक्रिय बनाउन कम्प्युटरको सवै भन्दा ठूलो भूमिका बन्दै आएको छ । सूचना...बाँकी

कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ...बाँकी

मुख्यमन्त्रीबाट कोरोना खोप शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरेका छन् । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गर्नुभएपछि गण्डकी प्रदेशमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट...बाँकी

घर घरमा स्वस्थानी व्रत एवं माघस्नान शुरु गरिँदै

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ...बाँकी

चार अस्पतालमा एकै साथ स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने

गण्डकी प्रदेशका ११ जिल्लामा पनि बुधबार एकै साथ स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको भ्याक्सिन लगाइने भएको छ । प्रदेशका कास्की सहित ११ जिल्लामा पहिलो चरणमा १७ हजार ३ सय ९६ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने भएको...बाँकी