Pokharapatra National Daily

पोखरा पर्यटकीय शहर घोषणा

पोखरालाई नेपालको पर्यटकको राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त आयोजनामा भएको एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटकीय राजधानीको घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाए । पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने अभियान नयाँ भने होइन ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटक पटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई गरेको औपचारिक प्रस्ताव पठाएको थियो । तर, संघ सरकारबाट कुनै सुनुवाइ भएको थिएन । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो पटक २०७५ मङ्सिर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारलाई पत्राचार गरेका थिए । गण्डकीकै पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले २०७८ कात्तिक २९ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेको थियो । यस्तै २०७९ जेठमा पोखरा महानगरको नगर कार्यपालिकाको बैठकले पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि राजधानी घोषणाका लागि पटक पटक प्रस्ताव गरे पनि संघ सरकारले बेवास्ता गर्दै आएको थियो ।
त्यसपछि दबाबस्वरुप प्रदेश सरकार र महानगरले पर्यटन क्षेत्रसँग सम्बन्धितहरूलाई राखेर राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेर अगाडी बढ्यो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ जना सदस्य थिए । उक्त समितिले अध्ययन सकेर गत पुस २६ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझायो । सिद्धान्त तथा स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको प्रतिवेदनले औँल्याएको थियो ।
गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र मानी गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा प्रयोग, सो सम्बन्धी सिद्धान्त तथा स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् गत फागुन २३ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका र प्रदेशका अन्य स्थानीय तहको सहभागितामा पर्यटकीय राजधानी घोषणा गरेको हो । अब पर्यटकलाई के के सुबिधा दिन सकिन्छ भन्ने घोषणा आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...