Pokharapatra National Daily

जीवन पद्धति बन्नुपर्छ प्रजातन्त्र

नेपालमा प्रजातन्त्र स्थापना भएको ७३ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको चौहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र दाउपेच र छलछामका लागि हो कि जनताका लागि हो भन्ने निर्केयौल हुन सकेको छैन । नेपाली जनताले आफ्नो देशको विकास र स्थायित्वका लागि पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था छ । जनताको मतलाई भन्दा शक्तिकेन्द्रको स्वार्थ र पद प्राप्ति नै सबथोक ठानेर षड्यन्त्रमा चल्ने नेता र दल रहेसम्म वास्तविक प्रजातन्त्रको लागि देशभक्त नेपालीले खबरदारी गर्नुपर्नेछ । ७३ वर्षको अघि १०४ बर्षको जहानीया राणा शासन अन्त्यको घोषणा भएको दिन फागुन ७ हो । जहानीया शासन अन्त्य भै जनताले राजनीतिक अधिकार पाएको दिन हो । नेपालमा राणा शासन अन्त्य भइ २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र स्थापना भएको हो । राणा शासन अन्त्य भएपनि सम्पूर्ण शक्ति पराजीत भएको थिएन । आन्दोलनकारी शक्ति, राणा र राजतन्त्र बीच संझौता भएर प्रजातन्त्र आएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतको ठूलो साथ र समर्थन रहेको थियो । भारतको मध्यस्थतामा भएका सहमति देशको स्थायित्व र प्रजातन्त्रको संस्थागत विकास हुन सकेन। राजतन्त्रबाटै प्रजातन्त्रमाथि खतरा उत्पन्न भयो । नेपाली जनताले चाहेको जस्तो प्रजातन्त्र पाउन धेरै संघर्ष र आन्दोलन गर्नुप¥यो । २००७ सालमा राजा त्रिभुवनले जनतासामु गरेको आफ्नो संविधान आफै बनाउने घोषणा कार्यान्वयन हुन धेरै क्रान्ति ,संघर्ष भयो ।जनताको बलिदान र देशले धेरै सामर्थ्य गुमाउनु परेको छ।आएको छ । हामीले प्राप्त गरेको लोकतन्त्र÷प्रजातन्त्र जप्ने मन्त्र होइन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर पुग्ने अवस्था छैन । व्यवहारमा लोकतन्त्र छ कि छैन महत्वपूर्ण हो । नेपालका राजनीतिक दल र तीनका नेताले अपनाउने व्यवहारले लोकतन्त्र कति मजवुत छ भन्ने कुरा स्पष्ट हुन्छ । सत्तामा पुग्नका लागि नेपालका राजनैतिक दल र नेताहरु आन्दोलन गर्न सक्षम छन् । प्राप्त उपलब्धि जोगाउन नसक्दा जनताले दुख व्यहोर्नुपरेको छ ।
बहुमतको सरकार टिक्न नसक्ने अवस्था देशका लागि दुर्भाग्य हो ।नेताहरूको कुण्ठा, ईष्या, घमण्डले गर्दा लोकतान्त्रिक प्रणाली कमजोर भएको छ। जुन दलसँग बहुमत छ त्यही दलभित्र खेल्ने रोग शक्तिकेन्द्रहरुले गर्दै आएका छन् । कांग्रेसले दुइ तिहाई बहुमत ल्यउदा होस या पटक पटक बहुमत ल्याउँदा दलभित्रको आन्तरिक खिचातानीलाई खेल्ने काम गरेकै हो । नेकपाको बहुमतमा खेल्ने काम भयो । नेकपा एमालेमा खेल्ने काम भयो । नेपालमा अस्थिरता कायम राख्न सधैं एउटै प्रबृत्ति हावी भएको छ । २००७ सालदेखि २०१७ सालसम्म दलहरुबीच बेमेलले गर्दा प्राप्त उपलब्धी संस्थागत हुन सकेन । अहिले पनि त्यही अवस्था छ । जुन जनताले नचाहेको र दलहरुको प्रतिबद्धता विपरितको क्रियाकलाप हुन् । संविधान जारी भए पछि दुई पटक भएका चुनावले पनि स्थानीय तह, प्रदेश र संघीय सरकारका बारेमा जनताले सन्तुष्टि जनाउन नसक्नु विडम्बना हो ।
जनतालाई दिने सेवा र शासन सत्तामा रहनेको व्यवहारले गर्दा जुन जोगी आएपनि कानै चिरेको थैलो भिरको उखान जस्तो बन्न पुगेको छ । सर्वसाधारणलाई कानुन लाग्ने ठुला र संगठित समुहले उन्मुक्ति पाउनु नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख मुलुक बनाउने कुरा अहिलेका गतिविधिले ठेस लागेको छ । प्रजातन्त्रमा सबैभन्दा ठूला जनता हुन्छन् । जनताले दिएको जनादेश भन्दा फरक तरिकाले सरकार बन्नु र चल्नु प्रजातन्त्र बलियो हुन नसकेको प्रमाण हो ।कसैले जितेको र कसैले हारेको अनुभुति नगरी जनताको जित, देशको स्वाभिमान कायम हुनेगरी शासन संचालन गर्न सके मात्र प्रजातन्त्र बलियो हुन सक्छ । प्रजातन्त्र ल्याउनको निम्ति प्राण आहुति दिने र आन्दोलनमा लाग्ने सबैलाई यस अवसरमा स्मरण गर्न चाहन्छौं । सिमित बर्गले मात्र राज्यको साधन श्रोतको दोहन गर्ने बहुसंख्यक जनता नयाँ खालका शोषण र उत्पिडनमा पर्ने हो भने लोकतन्त्र बलियो हुन सक्दैन ।
सत्तामा पुगेकाहरुले जनतालाई आफुजस्तै सम्पन्न छन् भन्ने सोचाईका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । जनताको असन्तुष्टिलाई निरंकुश र राजावादीले खेल्ने ठाउँ नदिन लोकतान्त्रिक आचरण देखाउनु आवश्यक छ । लोकतन्त्रका दुई वटा पक्ष छन्, एउटा राजनीतिक अधिकारहरू प्राप्ति, रक्षा, विकास र उपयोग हो भने अर्को, राष्ट्रिय हितहरूको संरक्षण र सम्वद्र्धन हो । प्रजातन्त्रका विषयमा चर्चा गरिरहँदा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि गरिएका आन्दोलनहरूमा योगदान गर्नेहरूप्रति उत्तिकै सम्मान र श्रद्धा गरिनुपर्दछ । प्रजातन्त्र—लोकतन्त्रलाई सत्ता प्राप्तिको दाउपेच र सडक आन्दोलनमा पोखिइरहने विषयका रूपमा नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न तथा जीवनशैली र सोचलाई लोकतान्त्रिक बनाउन सदुपयोग गरौँ । लोकतन्त्र—प्रजातन्त्र, राष्ट्रिय हित र स्वाभिमानका लागि समर्पित सबैप्रति साँचो सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...

महाशिवरात्रिको शुभकामना

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथ पुगेर...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७४ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

शहिदप्रतिको उच्च सम्मान

जहानीया निरंकुश शासनको अन्त्य गर्दै जनतालाई रैतीबाट स्वाभिमानी नागरिक बनाउन आफ्नो प्राण आहुती दिने शहिदहरुलाई संझदा शिर निहुरिन्छ । नेपालमा भएका आन्दोलनमा धेरै पटक जनताले...

२६ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...