आज : २०२६-१०-१७, शनिबार

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
एकहत्तरौँँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले अनुुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशीलता र कानुन कार्यान्वयनमा निर्भिकता भइ अघिबढ्न प्रहरीलाई आव्हान गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले प्रविधिको विकाससँग हिंसा बढेकाले त्यसको न्यूनीकरणलाई कम गर्न प्रहरीलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार, ट्राफिक उपकरण तथा सवारी साधन खरिद, विभिन्न तालिममा वित्तिय सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
यसका साथै विपद्पछिको उद्धार तथा खोजमा प्रयोग हुने सामग्रीमा समेतमा सहयोग गर्दे आएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले ‘जनताको साथी प्रहरी’, ‘मुस्कानसहितको सेवा’लगायतको कार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वप्रहरी सङ्गठन गण्डकीका अध्यक्ष खिमलाल पराजुली लगायतले प्रहरीको भूमिका र जिम्मेवारीका बारेमा बोल्नुभएको थियो । सो अवसरमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू