आज : २०२६-१०-१७, शनिबार

२१ औं कालरात्रि सांगीतिक साँझको तयारी पुरा

समाज रूपान्तरणको सशक्त आवाज बन्दै आएको सत्य युवा सेवा समितिको २१औँ कालरात्रि सांगीतिक साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी कार्तिक १ गते पोखराको भद्रकाली चोकमा हुने सांगीतिक साँझ मनोरञ्जनमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको हो । समितिले आयोजना गर्ने यस वर्षको सांगीतिक साँझमा स्वर ब्याण्ड, शैलु राई व्याण्ड र दृश्य ब्याण्डको आकर्षक प्रस्तुति रहने छ । संगीतको ताल र स्वरमार्फत सामाजिक सेवाको सन्देश फैलाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य समितिले लिएको छ । “हामी मनोरञ्जनका लागि मात्र होइन, सामाजिक योगदानका लागि कार्यक्रम गर्दैछौँ । हाम्रो सानो प्रयासले धेरै बालबालिकाको भविष्य उज्यालो बनाउन सक्छ भन्ने विश्वास छ,” समितिका अध्यक्ष हितमान गुरुङले पोखरापत्रसँग भने ।
वि.सं. २०४६ सालमा स्थापना भएको सत्य युवा सेवा समितिले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । युवाहरूको जोस, सामाजिक चेतना र सेवाभावलाई एकै ठाउँमा जोड्दै समितिले हरेक वर्ष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रम समितिको २१औँ सांगीतिक महोत्सव हो ।
कार्यक्रमबाट हुने खर्च कटाएर बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, खेलमैदान सुधार गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा सल्लाघारी डाँडामा पार्क निर्माण गर्ने योजनासमेत समितिले अघि सारेको छ । समाजमा आइपर्ने विभिन्न समस्या र आवश्यकतामा सहयोग पु¥याउने समुदायको हितमा काम गर्ने समितिको लक्ष्य रहेको उनले बताए । यस कार्यक्रमलाई सफल बनाउन सत्य युवा समिति बी–१३ का विभिन्न सहयोगी संस्था, स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक र सहयोगी हातहरुको सहयोगले कार्यक्रम सदैव सफल हुँदै गएको अध्यक्ष गुरुङले भने । यो वर्ष पनि उहाँहरुकै सहयोग सबैभन्दा महत्वपुणर््ा रहने छ । रोजगारीका सिलसिलामा विदेश पुगेका युवाहरूले समेत आफ्नो गाउँठाउँको विकासमा योगदान पु¥याउने उद्देश्यले विदेशमा शाखा स्थापना गरी हरेक वर्ष विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए । संगीतलाई सामाजिक सेवासँग जोड्दै आएको सत्य युवा सेवा समितिको २१औँ कालरात्रि सांगीतिक साँझले मनोरञ्जनसँगै शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा थप योगदान पुर्याझउने अपेक्षा गरिएको छ । समितिको विश्वास छ मञ्चमा गुञ्जिने संगीतका स्वरहरू मनोरञ्जनमा मात्र सीमित रहने छैनन्, ती स्वरले समाजसेवाको भावना जगाउँदै धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू