Pokharapatra National Daily

दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई असत्यमाथि सत्यको जित भएको हुँदा त्यसलाई विजया दशमीको रुपमा मनाउने गरिन्छ । प्रतिपदाको दिन घटस्थापनामा रोपेको जमरा दशमीको दिन प्रसादको रुपमा लगाउने गरिन्छ । मानव जीवनमा शक्तिको आवश्यकता पर्ने हुँदा दुर्गा भवानीबाट शक्ति प्राप्त होस् भनि उपाशना गरिन्छ । दुर्गा भवानीलाई शक्ति प्राप्त गरेपछि असत्यमाथि सत्यको जितको रुपमा लिइने गरिएको छ ।
बडादशैं हिन्दुहरुको चाड भनिए पनि यो राष्ट्रिय चाडको रुपमा रहँदै आएको छ । दशैंलाई धार्मिक आध्यात्मिक र सांस्कृतिक चा“डको रुपमा विभिन्न कोणबाट लिने गरिएको छ । दशैलाई धार्मिक मात्र नभई सांस्कृतिक आध्यात्मिक रुपमा पनि लिन थालेका छन् । दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा मनाउँछन् । दशै पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो । वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै मनाउने गर्दछन ।
दशैंमा बजार अनुगमन नहुँदा अस्वाभविक मूल्य बृद्धि, अखाद्य बस्तु बिक्री गर्ने र जोखिमपूर्ण सवारीसाधन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले व्यापारीहरुलाई अनुकुल हुने गरी अनुगमन गरेपनि झारा टार्ने गरेको छ । जनताको जीवन स्तर खस्किदै गएको बेला कसरी राहत र सेवा सुविधा उपलब्ध गराउने कहिल्यै सोचेन ।
सरकारमा रहेका दलहरु कमाउ धन्दामा लागेका छन् । चुनावमा भएकोे खर्च उठाउनका लागि पैसा उठाउन र राज्य संयन्त्रको दुरुपयोग गर्ने काममा तल्लीन छन । तीन वटै तहका सरकारले जनताका आकांक्षा पुरा गर्न सकेका छैनन् । सरकारमा रहंदा गरेका बाचा कार्यान्वयनमा नआउदाँसम्म जनताले विश्वास गर्ने आधार बन्दैन । देशलाई राजनीतिक स्थीरता दिन राजनीतिक दलहरूले, आर्थिक सम्बृद्धि र देशको स्वाधीनता कायम राख्न सक्ने बाटोमा लाग्नु अहिलेको आवश्यकता हो । राजनीतिक दलले देशको अवस्था र जनताले भोगेका कठिनाइ संझनु पर्छ । नेपालको मौलिक संस्कृति, मान्यता र सामाजिक सद्भाव कायम राख्न नेपाली एकजुट भएर राष्ट्रियताको रक्षा गर्न दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन भनी देशविदेशमा रहनु भएका सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना टक्राउछौं ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...