Pokharapatra National Daily

संविधानको स्वीकार्यता

नेपालको संविधान जारी भएको आठ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर राजनीतिक खपतका लागि मात्र भएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु समेत संविधानलाई स्वीकारेर तीनै तहका सरकार सञ्चालन गर्ने ठाउँमा पुगेका छन् । असन्तुष्ट पक्ष सबै सरकारमा सहभागी भएका छन । प्रदेश सरकारको नेतृत्व गर्ने र सहभागी भएका छन । संबिधानमा अपुरा कुरा थप्नु पर्ने माग कायमै छ । संबिधान आफैमा पूर्ण नहुने हुदा समय क्रममा संशोधन हुदै जाने दस्ताबेज हो । संबिधान संशोधनको आवज उठ्नु पनि त्यसको स्वीकार्यता बढाउदै जानु हो । संविधानले व्यवस्था गरेको मौलिक हक सम्वन्धी कानुन वनीसकेको छ । संविधान कार्यान्वयनमा आउन मौलिक हक सम्वन्धी कानुन अनिवार्य थियो । संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघीय सरकार कार्यान्वयनमा आईसकेको छ । संविधानको स्वागतमा देशभरी कार्यक्रम भईरहेका छन् । संविधानसभा अध्यक्ष सुभाष चन्द्र नेम्बाङले खेलेको भूमिकाको बारेमा सातै प्रदेशमा गोष्ठी गरेको छ।संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति श्रद्धाञ्जली दिन संविधान निर्माणमा अगुवाइ गरेका कारण सुभाष र संविधान परिपुरक भएको सबै दलका नेताहरूको स्वीकारेका छन।सरकार बाहिर रहेपछि संविधानको उपलब्धिलाई जोगाउन र कार्यान्वयनमा एमालेले जोड दिएको छ। संविधान दिवस जनस्तरबाट मनाउनुपर्छ भनेर नेकपा एमालेले असोज ३ गते काठमाडौंमा राष्ट्रिय झण्डासंग सेल्फी खिच्ने कार्यक्रम राखेको छ।संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गरेको एमालेले संविधानप्रति जनविश्वास बढाउने कामको अगुवाइ गरेको छ। संबिधान दिवश मनाउन सातै प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ। संविधान दिवस सरकारले मनाउन लाग्दा केही दलले
संविधान मानेर संसद, सरकारमा पनि बस्ने र बिरोध पनि गर्छु भन्ने परस्पर बिरोधी कुरा गरेका छन । संशोधन नभएसम्म विरोध गर्ने भनि राजनीतिक खपतका लागि कर्मकाण्डी व्यवहार मात्र हो । संविधान विपरीत गतिविधि सत्तारूढ गठबन्धनले गरेको छ।राज्य सत्ता कब्जामा लिएर गुण्डा राज चलाउन खोजिएको छ । संविधान जिवन्त दस्तावेज भएको हुँदा त्यसमा संशोधन हुँदै जान सक्छ । नेपाली जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान मनाउन विभिन्न कार्यक्रम गरिएको छ । नेपाली जनताको दिगो शान्ति र राजनीतिक स्थिरताको चाहनालाई संविधानले केही हदसम्म पुरा गरेको छ । संविधान घोषणा भएको दिनलाई सरकारले सार्वजनिक विदा दिने निर्णय पहिल्यै गरेको हो । संविधानले संघीय लोकतान्त्रिक, गणतन्त्रलाई संस्थागत गरेको छ । सार्वभौमसत्ता राज्य शक्तिको श्रोत जनता नै हुन् भन्ने संविधानले स्थापित भएको छ । समानुपातिक, समावेसी प्रतिनिधित्वलाई संविधानले अंगीकार गरेको छ । देश धर्मनिरुपेक्ष भएको छ । विभिन्न जातीय समुदायको संसदमा प्रतिनिधित्व छ । महिला सहभागिता लाई उत्कृष्ट नै मान्नुपर्छ । प्रतिनिधिसभामा र प्रदेश सभामा एक तिहाइ महिलाको प्रतिनिधित्व भइसकेको छ। प्रत्यक्षमा पनि एक तिहाइ महिलालाई उमेदवार बनाउन र निर्वाचित हुने अवस्था ठूला दलले गर्नुपर्छ ।
स्थानीय तहमा करिब ४० प्रतिशत प्रतिनिधित्व छ। संविधानका धेरै पक्ष आधुनिक लोकतान्त्रिक मुलुकले अपनाउने अधिकार समावेश छन् । समाजवाद उन्मुख संविधानले नै मौलिक हकहरुको व्यवस्था गरेको छ, र ति कानुन समेत वनिसकेका छन् । नेपालमा वनेका ७ वटा संविधान मध्ये ६ वटा संविधान जनताले आफै बनाएका थिएनन् । केहि विज्ञले तयार पारेर राजा महाराजले जारी गरेका थिए । संविधानसभाले जारी गरेको संविधान अरु संविधानभन्दा धेरै फरक छ । यसमा जनताको व्यापक सहभागिता छ । संविधान सभाका लागि हजारौ नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरेका छन् । वषौदेखिको आन्दोलन, संघर्ष, तपस्याको फल संविधान सभाबाट संविधान घोषणा हो । विश्वका अन्य मुलुक जस्तै लोकतान्त्रिक सहभागिता मुलक संविधान बनेको छ । विश्वका धेरै मुलुकले नेपालको संविधानलाई स्वागत गरेका छन् । छिमेकी मुलुक भारतले पनि व्यवहारबाट स्वागत गरेको छ । संविधान गतिशील दस्तावेज हो । यसलाई पारिमार्जन गर्न सकिन्छ । यो संविधानले ग्यारेन्टी गरेको छ । अव देशलाई समृद्धिको दिशामा अघि बढाउन, संविधान कार्यान्वयन गने पात्रहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
राजनीतिक नेतृत्वमा लोकतान्त्रिक आचरण र राज्यसंयन्त्र त्यही अनुसार चल्न सक्नुपर्दछ । लोकतान्त्रिक चरित्र अनुसार चल्न सकेमा संविधानको बिरोधमा लाग्नेहरुलाई कम्जोर बनाउन सकिन्छ । अहिले पनि सत्ताको आडमा संविधान कुल्चने, कानुनको पालना नगर्ने र जंगली राज चलाउन खोजिएको छ। यस्तै शैलीले गर्दा चुनौति थपिएका छन् ।संविधानमा समाजवाद उन्मुख राज्य लेखिएको छ।तर व्यवहार त्यस अनुरूप छैन । जनताले खोजेको आर्थिक विकास र समृद्धीको बाटोमा जानको लागि गलत चिन्तन र संस्कार वोकेका विरुद्ध जनतालाई परिचालित गर्नुपर्ने खाचो छ । नेपालमा राजनैतिक स्थिरता कायम गर्दै जनताको आर्थिक विकास र सम्वृद्धिको बाटोमा लाग्नु संविधानको मुल मर्म हो । सधै अरुको खेलौना बन्ने काम छोडेर जनताको चाहनाको पुरा गर्ने तर्फ लाग्नु संविधानको पालना र कार्यान्वयन हो ।सबैलाई संविधान पालना गर्ने र लोकतान्त्रिक आचरण देखाउन सकेमा संविधान कार्यान्वयन हुनेछ । संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतमा शुभकामना ।

प्रतिकृया दिनुहोस्

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...