Pokharapatra National Daily

प्रधाननमन्त्री फेरिए पनि भ्रष्टचारको महाअभियान रोकिदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा हाल आफ्नो नेतृत्वमा सुरु भएको भ्रष्टचार बिरुद्धको महाअभियानमा प्रचण्ड दोषी भए पनि नछाड्न निर्देशन दिएको बताउनु भएको छ । समाजबादी मोर्चा गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धेरै चुनौतीको सामना गरेर सुरु गरिएको महाअभियानमा दोषी भए कुनै पार्टी मात्र होइन प्रचण्डसम्म कारवाही गर्न प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो “सानो उद्धेश्यले महाअभियान सुरु गरिएको होइन, प्रहरीलाई, सेक्यूरिटि फोर्स र सबै अनुसन्धानकर्तालाई मैले भनेको छु, तपाईहरुले अनुसन्धान गर्दै जानुहोस निष्पक्ष, निस्वार्थ रुपमा बाटोमा प्रचण्ड देखियो भने नछोड्नुहोस भनेको छु मैले प्रधानमन्त्रीको हैसियतले ।” केही समय त मानिसहरुले माओबादीका विभिन्न नेताहरु भ्रष्टचारमा मुछिएको बिषयमा भ्रम दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनमा नाम उल्लेख गर्ने तर सोधपुछ नगर्ने जनतालाई देश भरी भ्रम दिने सरकारलाई अप्ठ्यारोमा पार्ने आफु गिरफ्तार पनि नगर्ने बयान लिन पनि नबोलाउने भन्न सम्मको कुरा प्रहरीलाई भनेको दाबी गर्नु भयो । अब त्यो कुरा लगभग क्लियर भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले माओबादी, कागेंस, एमाले, समाजबादी जो कोही होस कोही नछुटोस तर निर्दोष नपरोस भनेर आफुहरुले प्रहरीलाई कडा रुपमा निर्देशन दिएको उल्लेख गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको बारेमा धेरै चर्चा परिचर्चा चले पनि हाल उहाँ निर्दोश सावित भएको जनाउनुभयो । सिआईबीले नेपाललाई अन्ततः बयान लिएसंगै निर्दोश सावित गरेर मुद्धा चलाउन नपर्ने भनेर लिखत रुपमा दिएको उहाँको भनाई थियो । सुरुमा केही साता होला की भनेको काम गर्दै जादा हाल ८ महिना वित्नै लागेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री हेरफेर भए पनि यो गठबन्धन ५ बर्ष जाने उहाँले विश्वास व्यक्त गर्नु भयो । पार्टीका शिर्ष नेताबाटै देशमा ठुलो भ्रष्टचार भएकोले देशको आर्थिक विकास र शुसासन हुन नसकेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । नेपालमा पर्यटन आगमनमा बृद्धि भएसंगै अर्थतन्त्रमा सुधार हुदै आएको उहाँको भनाई थियो । आर्थिक कृयाकलाप जति रुपमा चलायमान र गतिशिल हुनुपर्ने हो त्यही अझै नभएको बताउदै प्रधानमन्त्री प्रचण्डले अझै बैंकको व्याजदर, लघुबित्तको समस्या देखि सहकारी लगायको समस्या अझै हल नभएको बताउनु भयो । सरकारको तलवबार त्यसको समाधान गर्न निरन्तर रुपमा लाग्दै आएको उहाँले बताउनु भयो ।
राजश्व संकलनमा देखिएको बेतिथी, रेमिट्यान्स रहेको बेथितीहरु र विदेशी मुद्रा संचितीका सन्दर्भमा देखिएका समस्या समाधान गर्न तर्फ आफ्नो ध्यान केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । हाल देशमा रेमिट्यान्स करिब २६.६ प्रतिशतले बढेको, राजश्व २१.५ प्रतिशतले बृद्धि भएको विदेशी मुद्राको संचिती १० महिना भन्दा बढीलाई पुग्ने संचित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयो ।
नेपाल अब छिट्टै श्रीलंकाको स्थितीमा पुग्छ भन्ने आंतक सृजना गर्न खोजिएको अबस्थामा आफु प्रधानमन्त्री भएको बताउदै उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको बिचमा सहकार्यको नयाँ प्रकृयाको थालनी गर्दै मौद्रिक निती र विक्तिय नितीका बिचमा एउटा नयाँ सामजस्यता कायम गरी अर्थतन्त्रमा देखिएको भयानक संकटलाई समाधान गर्ने तर्फ लाग्दै आएको उहाँको भनाई थियो । विदेशमा जाने नेपाली युवाहरुको निम्ति सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने घोषणा गरेसंगै विदेशमा रहेका श्रमिक मध्य हाल ३ लाख ५० हजार नेपाली युवाहरु उक्त सुरक्षाकोषमा आबद्ध भएको दाबी गर्नु भयो । एकहदसम्म उहाँहरुको भविश्य सुनिश्चित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्नु भयो । उहाँले भन्नु भयो “मैले सुरुमा प्रधानमन्त्रीको जिम्मेवार लिदै गर्दा जनतालाई राहत दिने गरी लाइसेन्स वितरण र पासवोर्ड वितरण कार्यलाई सहज पार्ने कामको सुरुवात गरे ।” अनौपचारिक क्षेत्रमा काम गर्ने स्वरोजगारमा रहेका श्रमिकहरुको लागि जसको सङख्या ४० देखि ५० लाख रहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँहरुलाई समेत सामाजिक सुरक्षाकोषमा आबद्ध गरीने घोषणा गर्नू भयो । उक्त प्रकृया अघि बढेको बताउदै उहाँले यस अभियानले धनिलाई धेरै धनि हुनबाट रोक्ने र गरिबलाई धेरै गरिब हुनबाट रोक्दै समाजबाद र समानताको आधार तयार पार्ने दाबी गर्नु भयो । समाजबादको भ्रुणको रुपमा विदेशमा गएका लाखौं नेपालीहरुलाई संगठित गर्ने देश भित्र भएका लाखौं श्रमिकहरुलाई आबद्ध गर्ने र नयाँ अभियान चलाउने काम सुरु भएको उहँको भनाई थियो । भ्रष्टचार बिरुद्धको महाअभियानको साथ साथै सिंहदरबारबाटै देशका राष्ट्रिय गौरवका योजनाहरु अनुगमन गरी छलफल गरी गति दिने कामको सुरुवात भएको प्रधानमन्त्री प्रचण्डले दाबी गर्नु भयो ।
भ्रष्टचारले नेपाल थिलोथिलो भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाज यति वेतिथीमा आउनुमा एउटा मुख्य कारण भ्रष्टचार भएको उहाँको दाबी थियो । राज्यको नेतृत्वमा पुगेका व्यक्तित्वहरुबाट र नेता तथा कर्मचारीतन्त्र केही सस्ंथाहरु भ्रष्टचारमा आबद्ध भएकोेले राज्य नै कहिन कहि संस्थागत भ्रष्टचार देखिनुमा नेपालको निम्ति बिडम्बना भएको ठानेर एक पछि अर्को भ्रष्टचार बिरुद्ध वोल्नु पर्छ भनेर नक्कली भुटानी शरणार्थी प्रकरण एक प्रकारको मानव वेचविखन, जमिनमा माफियाको जगजगी छ भनेर ललिता निवास प्रकरण, देश भरी रहेको भूमाफिया बिरुद्ध सुन तस्करीको कुरा क्विन्टलका क्विन्टल सुन तस्करी बिरुद्ध आफुहरु आक्रमक रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्