Pokharapatra National Daily

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोडको बजेट ल्याएको छ । महानगरपालिकाले आइतबार पोखरा सभागृहमा आयोजना गरेको १३ औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको अनुमानित बजेट ल्याएको हो ।
महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुुन््। चालु आर्थिक बर्ष भन्दा आउदो आर्थिक बर्षको बजेट २०.४५ प्रतिशत अर्थात १ अर्ब ८३ करोड ८७ लाख १२ हजारले कमी हो । यस बर्ष राजश्व संकलन लक्ष्य अनुरुप गर्न नसकिएको र संघिय सरकारबाट समेत प्राप्त हुने विभिन्न अनुदानको रकम समेत घटेकोले बजेटको आकार केही घट्न गएको पोखराका मेयर धनराज आचार्यले बताए । संघीय सरकार अनुदानवाट २ अर्व ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयवाट २ अर्व २७ करोड ८७ लाख व्यहोरिने भएको उपप्रमुख गुरुङले बताइन्। यसै गरी संघीय राजश्व बाडँफाँडबाट ३६ करोड ६२ लाख व्यहोरिने छ भने प्रदेश राजश्व वाँडफाड ८ करोड २५ लाख व्यहोरिने भएको छ । स्थानिय राजव बाटफाट बाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी बिकाश आयोजना अनुदान बाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उनले बताइन् । ४५ करोड ६८ लाख ६५ हजार न्यून हुन जाने देखिन्छ । न्यून हुन जाने बजेट चालु आ.व.को अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोर्ने भएको छ । खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकास ६ करोड ५० लाख , आर्थिक विकास तर्फ १० करोड, वडा कार्यालय तर्फ ७२ करोड ६० लाख र पूर्वाधार तर्फ २ अर्ब, पर्यटन शहरी विकास तथा वातावरण तर्फ ७० करोड, विभिन्न कोषहरुमा १४ करोड, संघीय शर्सत अनुदान २ अर्ब २३ करोड ६२ लाख र प्रदेश शसर्त अनुदान ८० लाख तथा शहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार बजेट पेश गरिएको छ । चालुआर्थिक वर्षका लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार बजेट विनियोजन भएकोमा आषाढ ८ सम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार खर्च भई ४३.०५५ प्रगती हासिल भएको महानगरले जनाएको छ । असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने अनुमान गरिएको उपप्रमुख गुरुङले बताइन् । चालु आर्थिक वर्षमा कुल विनियोजित रकममध्ये आन्तरिक स्रोत वाट ४ अर्ब ३० करोड १५ लाख ५२ हजार संकलनको लक्ष्य राखिएकोमा हालसम्म १ अर्ब १९ करोड ७१ लाख ९२ हजार सङ्कलन भएको छ ।
उक्त बजेटले पोखरा पर्यटकीय पूर्वाधारको विकास गर्ने, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदुषण नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, संरक्षण गर्ने र उत्पादनशील उपयोग गर्ने उद्धेश्य राखेको छ । त्यसै गरी सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको थालनी गर्ने, सामाजिक समावेशीकरण, लैङ्गिक विकास र सहभागितामूलक विकासका माध्यमवाट समतापूर्ण समाजको निर्माण गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने, नागरिकलाई महानगरका सेवा, सुविधा, सहज र शीघ्र उपलव्ध गराई जवाफदेही सार्वजनिक सेवाको प्रत्याभूति गर्ने भएको छ ।
त्यसै गरी बजेटले पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकास, गुणस्तरीय शिक्षा तथा आधारभुत स्वास्थ्यको विकास र व्यवस्थापन गर्न बजेटले प्राथमिकता दिएको छ ।

प्रतिकृया दिनुहोस्