Pokharapatra National Daily

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमः प्रस्तुतः गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आइतबार सदनमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्त गरेका हृन् ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले खासै ठुला र महत्वकाक्षी योजना भन्दा पुराना केही कार्यक्रमको निरन्तरता छ भने कृषि र स्वास्थ्य क्षेत्रलाई केही प्रथामिकता दिएको देखिन्छ । प्रदेश प्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क कृषि र पशु देखि १० बर्षका बालबालिका देखि ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ओ.पी.डि. लगायतका सेवामा निःशुल्क प्रदान गर्ने स्वास्थ्य उपचारसम्मका कार्यक्रम उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा सेवा विस्तार र नागरिकको पहुच र स्वामित्व बढाएको छ भने मृगौंला डायलाइसिसको प्रतीक्षामा रहेका बिरामीलाई निःशुल्क डायलाईसिस सेवा विस्तार गरिएको प्रदेश प्रमुखले बताए । प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी भन्ने अभियानमा बाँदर प्रभावित क्षेत्रमा केन्द्रित गरी दुग्ध र मासुजन्य उत्पादनमा जोड दिएको निती तथा कार्यक्रममा प्रस्तुतः गरिएको छ । त्यस्तै भुमि बैंकको अवधारणा, उत्पादनमा आधारित अनुदान, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्मको सामुहिक कृषि विकास कार्यक्रम संचालन गरीने भएको छ । प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रममा सीपयुक्त जनशक्ति बेरोजगार रहेको र रोजगारदाताको विदेशी श्रमिकलाई काम लगाउने अबस्थाको अन्त्य गरी श्रम र सीपको माग र आपुर्ति सहज बनाउन रोजगार मेलाको आयोजना गरिने भएको छ । भरतपुर क्यान्सर अस्पतालका साथै अन्य सरकारी अस्पतालहरुसँग सम्झौता गरी सबै खालको क्यान्सरको उपचारमा एक लाख रुपैयासम्मको थप आर्थिक सहायता प्रदान गरिने भएको छ । एल.पी.ग्याँसलाई प्रतिस्थापन गरी बिद्युतीय चुन्हो प्रयोगलाई प्रोत्साहन गर्ने र उज्यालो गण्डकी प्रदेश बनाउन लाग्ने, एक घर एक धारा अभियान आगामी दुई बर्ष भित्र पुरा गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रममा समेटिएको छ । पोखरामा रहेको प्रदेश संग्रहालयमा गण्डकी प्रदेश स्तरिय प्रदेश एकीकृत कला संस्कृति संग्रहालयको रुपमा विकास गरिने भएको छ । पोखरामा खेल पर्यटनको सम्भावना देखेर सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण प्रकृया अघि बढाउने, पोखरामा अन्तराष्ट्रिय स्तरिको कभर्डहलको प्रकृया अघि बढाउने, राष्ट्रि एवं अन्तराष्ट्रि प्रतियोगितामा सहभागि हुने खेलाडी सहित अन्य व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने भएको छ भने एक स्थानिय तह एक खेल मैदान अभियानलाई जोड दिने भएको छ । गण्डकी प्रदेशभित्रै विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने निती अन्र्तगत सुविधा सम्पन्न बाल अस्पताल, पोखरामा मुटु रोगसंग सम्बन्धित विशेषज्ञ अस्पताल स्थापना गरिने भएको छ । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा बिद्यालय नर्स कार्यक्रम संचालन गरिने,किशोरीहरुको मर्यादित महिनावारी प्रबद्र्धनमा ध्यान दिदै स्थानीय तहको समन्वयमा प्रदेश भित्रका सबै स्वास्थ्य संस्थामा निःशुल्क स्यानिटरी प्याड वितरणको सुविधा उपलब्ध गराइने भएको छ । गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालीन स्वास्थ्य अबस्थामा उद्धारका लागि एयर एम्बुलेन्सको व्यबस्था गरिने भएको छ । स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शुन्यमा झार्दै संस्थागत सत्केरी प्रदेश बिषेश अभियान सुरु गरिने भएको छ । स्थानिय तहसंगको समन्वयमा ग्रामिण अल्ट्रा साउण्ड सेवालाई विस्तार गरिने भएको छ । स्वास्थ्य सेवालाई शहीद, वेपत्ता परिवार, द्धन्द्ध पीडित, गरिब, दलित, अपाङगता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरुलाई समेत सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने भएको छ । १० बर्ष मुनिका बालबालिका तथा ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा अयुर्वेद स्वास्थ्य केन्द्रहरुमा ओ.पि.डी. सेवा र प्रयोगशाला परिक्षणमा निःशुल्क गरिने भएको छ । गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउदै पालो कुर्नपर्ने अबस्थालाई शुन्यमा झारिने भएको छ ।
कृषि र पशु बिमा कार्यक्रम संचालन मार्फत नागरिकलाई कृषि पेश तर्फ आकर्षण गर्न संघ सरकारबाट दिएको असी प्रतिशत अनुदानमा प्रदेश सरकारले बीस प्रतिशत थप गरी कृषि र पशु बिमालाई निःशुल्क बनाएको छ । साथै गग्गा चक्लाबन्दी, बीउ र मलमा अनुदान जस्ता कार्यक्रम संचालन गरिएको छ । प्रदेश सरकारले यस अघि पनि अघि सारेको उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई साकार पार्न साना तथा ठुला जलबिद्युत आयोजना निर्माण, बायोग्याँस तथा यौय उर्जा कार्यक्रम र काठेपोल विस्थापन जस्ता कार्यक्रम संचालन गरिएका छन् । समृद्ध प्रदेश निर्माण गर्न सडक संजाल विस्तार गर्ने उद्धेश्यले प्रदेश सदरमुकाम र स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण, कालोपत्रे गर्ने, प्रदेशका गौरवका योजनाहरुलाई निरन्तरता दिने, कोरला त्रिवेणी सडक मार्फत दुई छिमेकी राष्ट्र र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागि परेको प्रदेश प्रमुख गुरुङले बताए । केही बर्ष देखि अलपत्र परेको दुम्कीबास गजेन्द्रमोक्ष सडक खण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुुनिश्चिततता गरी वन्यजन्तुमैत्री संरचना सहित ३ बर्षभित्र निर्माण सम्पन्न नई विस्तृत आयोजना प्रतिवेदन निर्माणको लागि कार्याम्भ भएको जनाए ।
खानेपानीमा नागरिकको पहुँच बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध हुने खानेपानी आयोजनामा लाग्ने बिद्युत महसुलमा अनुदान दिने भएको छ । त्यसै गरी कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्न लिफ्टिङ सिंचाईमा लाग्ने बिद्युत महशुलमा समेत अनुदान उपलब्ध गराउने व्यबस्था गरिएको छ । प्रदेशको यातायात व्यबस्था कार्यालयलाई सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुका साथै सवारी चालक अनुमतिपत्र वितरण प्रकृयालाई छिटो छरितो एवं सहज अध्ययन कार्य सम्पन्न गरी प्राप्त सुझावका आधारमा सिफ्ट प्रणालमा सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रमुख गुरुङले बताए । गण्डकी प्रदेश भित्रका पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने भएको छ भने पत्रकार लेखनवृत्ति (फेलोसीप कार्यक्रम) संचालन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्