Pokharapatra National Daily

देखावटी लोकतान्त्रिक प्रणाली

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको अन्त्य दोश्रो जनआन्दोलकले ग¥यो । शसस्त्र संघर्ष गरेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम २०६२–०६३ को आन्दोलनले नै हो । २०६२ साल चैत २४ गतेबाट शुरु भएर २०६३ बैशाख ११ गते आन्दोलन टुङ्गीएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार लिएको दिनको रुपमा बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा सम्झने गरिएको छ । सरकारी विदा नभएपनि लोकतन्त्रलाई दिवसको रुपमा नागरिकले अधिकार पाएको दिनको रुपमा लिने गरेका छन् ।
लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा,संविधानसभाले बनाएको संविधान, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । गणतन्त्र घोषणा हुँदा जनतामा जुन उत्साह थियोे अहिले नेताप्रति आक्रोश छ। मुलुकमा राष्ट्रपति पनि छन् । समावेशी प्रतिनिधित्व गराउन निर्वाचन प्रणाली पनि प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रतिनिघित्व गराइएको छ । जनआन्दोलनमा नेपाली जनताले उठाएका मुद्धा संविधान जारी गरेपछि ती अधिकार संस्थागत भएको छ । तिनै तहका सरकार बनेर अधिकारको वाडफाड भएको छ । सिंहदरबारको अधिकार गाउँमा आइपुगेको छ वर्ष पुग्दैछ । कन्द्रीकृत मानसिकताले गर्दा स्थानीय तह र प्रदेश सरकारबाट सम्पादन हुने काम अपेक्षाकृत हुन सकेको छैन ।अर्थिक बृद्धि वृद्धि हुन सकेको छैन । देशको अर्थतन्त्र कमजोर हुँदा साशकहरु जनतालाई बुझाउन सक्दैनन् ।रोजगारीका लागि विदेश जान बाध्य युवाशक्ति गणतन्त्रका नेता र दलपति आक्रोश व्यक्त गर्दछन । राजाको वकालत गर्ने बढ्न थालेका छन । पूर्व राजाको अभिनन्दन हुन थालेको छ । जननिर्वाचित संसद्ले देशलाई निकास दिन भन्दा सरकारको लाचार छाँया बनाउन खोजिएको छ ।
लोकतन्त्र स्थापनाका लागि शाहदत प्रप्त गर्ने शहिदको रगत खेरा जाने हो कि भन्ने अवस्था आएको छ । सरकारले शहीदहरुलाई समान व्यवहार गरेको छैन । जनआन्दोलनका घाइते र अंगभंग भएकाहरुले अझै राहत पाउन सकेका छैनन् । शरीर भित्र रहेको गोली र अंगभंग भएकाहरुको उपचार र भरणपोषणको व्यवस्था नगरेसम्म जनआन्दोलनको मर्म पुरा हुन सक्दैन । रातारात धनकमाउने कालाबजारीया, भष्ट्र र तस्करहरुले जनतालाई लोकतन्त्रको पाठ पढाउने अवस्था बढेर गएको छ । निर्वाचनमा जस्ले खर्च गर्न सक्छ भन्नेलाई उमेदवार कनाउने आफ्नो दास बन्न सक्ने खोज्ने प्रबृत्ति हावी हुदाँ राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक आचरण देखाउन नसक्दा अहिले जनतामा निराशा छाएको छ । बैकल्पिक शक्तिको खोजी हुन थालेको छ ।
नेताहरुले सिमित घेरा भन्दा बाहिर हेर्न नसक्दा जनताले विश्वास गरेका नेताहरुका बारेमा प्रश्न उठाउने ठाउँ दिएको छ । राजा चाहने शक्तिहरु सलबलाउन थालेका छन् । अन्दोलनमा सँगै लडेको शक्ति दुई ध्रुब हुन पुगेका छन । लोकतान्त्रिक शक्तिले जनताले शासन गर्ने मतादेश नदिएकाले सत्ताको नेतृत्व गर्न पाएका छन । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले पालैपालो माओवादी बोक्दै राजनीतिक अस्थिरता निम्त्याउने काम गरेका छन । जनताको सहभागितामा जनताका प्रतिनिधिले मुलुक चलाउने प्रणाली स्थापित नगरी बाँडीचुँडी खाने प्रणाली स्थापित गराउन खोजिएको छ । साशकको सोच र चिन्तन आफू र आफ्नाका लागि केन्द्रीत छ । लोकतान्त्रिक प्रणाली देखाउन मात्र छ । लोकतान्त्रिक जीवन पद्धति बनाउन सकियो भने मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र स्थापना गर्न जस्ले योगदान गरेको छ उनीहरूको जीवनमा परिवर्तन नआएसम्म ब्यबस्था परिवर्तनले केही हुँदैन । जनताको अवस्था परिवर्तन गर्न सके मात्र लोकतन्त्र बलियो हुनेछ ।

प्रतिकृया दिनुहोस्

ब्यवहारमा आउन नसकेको गणतन्त्र

नेपालमा गणतन्त्र घोषण भएको १५ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १६ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रता दिवस

पत्रकारहरु असुरक्षित हुदाँ प्रेस स्वतन्त्रता कुण्ठित हुने गर्छ । सामाजिक सञ्जालमा आएका सामाग्रीलाई संचार माध्यम ठान्ने गरिएको छ । पत्रकारको ब्यावसायिक र पेसागत सुरक्षा नहुँदा...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । १३३ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

बिर्सन नसकिने दिन

नेपालमा विनाशकारी भूकम्प गएको आठ ेवर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो...

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८० सुरु भएको छ...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...