Pokharapatra National Daily

पोखरामा सुरु भयो अन्तर्राष्ट्रिय विमानस्थल

कनेक्टिभिटि नै विकासको आधार होः प्रधानमन्त्री प्रचण्ड, विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई सम्मान

अन्तराष्ट्रिय हवाई उडान गर्ने वाचा सहित आइतबार एक समारोहका बिच पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । ४७ बर्ष पछि पोखरेलीहरुको सपना पूरा भए पछि खुसि र बढी आशामा आइतबार पोखरामा हालसम्मकै सबै भन्दा धेरै मानिसहरु सहभागितामा उक्त विमानस्थलको उद्घाटन भएको हो ।
पोखरा विमानस्थलको आइतबार एक भव्य समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन । २०७३ वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सहितका शिर्श नेताहरुले सामुहिक रुपमा इट्टा राखेर शिलन्यास गरेको करिब ६ बर्ष पछि प्रधानमन्त्री प्रचण्डले उक्त विमानस्थलको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा करिब ७० हजार भन्दा बढी सहभागि भएको उक्त समारोहमा हेलिकोप्टरबाट पुष्पबृष्टि समेत गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, शुसासन र समृद्धिको मुल मन्त्र बनायर काम गर्ने योजना बनाएको बताए । निर्वाचन अघि देशका विभिन्न भागमा सहभागी कार्यक्रमहरुमा आफुले सामाजिक न्याय, सुशासन, र विकास देशको अवको एजेण्डा बनाउनु पर्छ भन्दै हिडेको उनले स्मरण गरे । आफुले जनतासंग बाचा गरेको र बाचा पुरा गर्नका लागि पनि यसै अनुसार अघि बढ्ने प्रचण्डको भनाई थियो ।
विकासको मुल आधार कनेक्टिभिटि र भौतिक पूर्वाधार भएको बताउदै प्रधानमन्त्री प्रचण्डले पोखरा पर्यटनको केन्द्रको रुपमा रहेकोले पोखराको आर्थिक विकास र समृद्धि गर्न पोखरा विमानस्थललाई अन्य विमानस्थल हुदै अन्तराष्ट्रिय विमानस्थलसम्म जोड्नु पर्नेमा जोड दिए । हाम्रो जस्तो भूपरिवेष्टि देशमा हवाई कनेक्टिभिटि आर्थिक विकासको मुल आधार हुने गरेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
शान्ति सम्झौताको हस्ताक्षर कत्र्ताको नाताले र संघीय लोकतान्त्रीक गणतन्त्र सगै समावेसी संविधान निमार्णमा सहभागी भएको नेताको हिसावले पनि आफुले अव आर्थिक विकास र समृद्धीका लागि दृर्णताका साथ लाग्ने उनको भनाई छ ।
विगत केही वर्षदेखि देश धेरै उतार चढावका विचमा गुजेको बताउदै प्रधानमन्त्री प्रचण्डले भुकम्प र पछि कोरोनाका कारण विकास र समृद्धीका लागि जती काम हुनुपर्ने हो हुन नसकेको बताए । उनले भने “अव हामी देश नयाँ परिस्थितीमा भएकाले धेरै कुरा भन्दा जनताको लागि काम गर्नुपर्छ, अव कुरा कम र काम धेरै गर्नु पर्ने समय आएको छ, उद्घाटन सत्रमा भएको उल्लेखनिय उपस्थितीले आफुलाई थप जिम्मेवार र उर्जा थपेको छ ।” नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले फरक प्रंसगमा आफुले पटक पटक चिनिया नेतृतवसंग पोखरा र विमानस्थल निमार्णको कुरा गर्दै आएको बताए । हाल चिनले नाकाहरु खोल्ने र रेल्वे परियोजनाको सर्वेको कामको लागि आवश्यक प्रकृयाको काम अघि बढेको उनले बताए । चिन सरकारले ठुला परियोजनाहरु अघि बढाउने गरि तयारी गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुरु गरिएका कामलाई गती दिएर धेरै भन्दा धेरै ठुला परियोजनाहरु अघि सारेर त्यसलाई छिटो सम्पन्न गर्न चिन सरकारलाई आग्रह एंव अनुरोध समेत गरे । चिनले हाल अघि सारेका योजनाहरु छिटो सम्पन्न गर्न सके यसबाट नेपाली युवाहरुलाई रोजगारी सगै देशको विकास र समृद्धीको लागि ठुलो सहयोग पुग्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो । एक स्थाबाट अर्को स्थानलाई जोडन सगै आर्थिक विकासका लागि कनेक्टीभिटीको महत्वपुर्ण भुमीका रहने भन्दै प्रचण्डले त्यसमा पनि हवाई कनेक्टीभिटीको ठुलो भुमीका रहेको बताए । संचालनमा आएको विमानस्थलले पोखरा सगै गण्डकी प्रदेश र समग्र देशको अर्थिक विकासमा महत्वपुर्ण भुमीका खेल्ने भनाई उनको थियो । पोखरामा संचालनमा आएको यो तेस्रो विमानस्थल सगै निजगढ विमानस्थलको निमार्णको काम पनि अव छिटै सुरु गर्ने उनले बताए । आफु हाल गण्डकी प्रदेशको प्रतिनिधि र जन्मथलो समेत यही रहेकाले यस प्रदेश आफनो लागि विशेष रहेको उनले बताए ।
कार्यक्रममा वोल्दै उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले हाल अर्थतन्त्रमा केही समस्या आएको बताए । हाल देशमा देखिएको अर्थतन्त्रको समस्या भने आफ्नो कावुल भित्र रहेकोले त्यसलाई उचित व्यबस्थापन गरी लयमा फर्काउने उनको भनाई थियो । राजनीति स्थायित्वले देशमा आर्थिक विकास र समृद्धिको यात्रालाई अबरोध नहुने हुदा देशमा पहिलो स्थीर सरकार आवश्यक भएको मन्त्री पौडेलको भनाई थियो । पोखराको पर्यटन प्रबद्र्धन गर्न पोखरा काठमाण्डौं, लुम्बिनी, पोखरा चितवन मात्र नभई अन्य क्षेत्रमा पनि यसको पहुच पुराउनु पर्ने मन्त्री पौडेलको भनाई थियो ।
पोखरालाई हवाई मार्ग मात्र नभई सडक मार्गले पनि सहज पहुचमा पुराउन पोखरा काठमाण्डौं, पोखरा चितवन, पोखरा सुनौली लगायतको क्षेत्र जोडिनु पर्ने उनको भनाई थियो । राष्ट्रको मुद्धा स्थायी सरकार, शुसासन, भ्रष्टचार र अनियमितताको अन्त्य गरी सामाजिक न्याय सहित समाजबाद उन्मुख अर्थतन्त्रमा केन्द्रित हुनु पर्ने मन्त्री पौडेलले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट अब अन्तराष्ट्रिय हवाई उडान हुनुपर्नेमा जोड दिए । उनले पोखराबाट आन्तरिक उडान मात्र गर्दा विमानस्थलको लगानी उठाउन मुस्किल हुने हुदा अन्तराष्ट्रिय उडान आवश्यक भएको बताउदै चिनिया सरकारको ऋणमा निर्माण भएको उक्त रकम मिनाह गर्न चिन सरकार समक्ष आग्रह समेत गरे । गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको त्रिवेणी कोरोला सडक अन्र्तगत दुम्किबास क्षेत्रमा हाल निकुन्जले अबरोध पुराएको गुनासो गरे । आफु केही समयको लागि मात्र मुख्यमन्त्री भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका प्रदेशका रणनितीक महत्वका योजना पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भेवाडारीमा एन्फा टेक्निकल टेनिङ सेन्टर जस्ता योजनालाई पूरा गर्न प्रधानमन्त्री प्रचण्ड तथा आउने सरकारलाई आग्रह गरे । पोखराका मेयर धनराज आचार्यले पोखरालाई नेपाल सरकारले पर्यटकीय राजधानिको रुपमा घोषणा गर्न पुनः माग गरे । यसअघि विभिन्न ढंगले पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्न माग गरिए पनि त्यसको खासै कान्वयन नभएको भन्दै मेयर आचार्यले त्यसलाई मुर्त रुप दिन प्रधानमन्त्री समक्ष आग्रह गरे । पोखरालाई पर्यटनको राजधानीको रुपमा कसैले घोषणा नगरे पनि स्वघोषित पर्यटनको राजधानी नै भएको मेयर आचार्यको भनाई थियो । उनले पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न कुनै कसर बाँकी नराख्ने दाबी गर्दै पोखराको ल्याण्डफिड व्यबस्थापन देखि अन्य बिषयमा व्यबस्थापन गरेको जनाए । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा देखि ४÷५ घण्टाको हवाई उडान गर्न सकिने बताए । नेपालकै वुटिक विमानस्थलको रुपमा रहेको उल्लेख गर्दै उनले नविनतम प्रविधि र दक्षजनशक्तिको प्रयोगले निर्माण भएको उक्त विमानस्थल २४ सै घण्टा संचालन गर्न सकिने दाबी गरे । नेपाल सरकार मुख्य सचिव शंकर दास बैरागीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न जनजातिको भेषभुषा सहित झाँकी, विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । आइकाओ एसिया प्रशान्त क्षेत्रका निर्देशक लु स्याङ, नेपाल स्थीत चीनीया का.वा.राजदुत वाङसिङले पोखराको पर्यटन प्रबद्र्धन गर्न आवश्यक सहयोग र पहल गर्ने बताए । यसैबिच, तत्कालिन अञ्चलाधिश पोखरा निर्माणमा अग्रणी भूमिका खेलका तथा पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई उक्त समारोहमा रथारोहण सहित बिषेश सम्मान गरिएको मेयर आचार्यले बताए । पाठकले पोखराको सौन्दर्यकरण गर्न र पोखरालाई दिगो रुपमा पहिचान गराउन पहल गरेका थिए । उनले हिमश्रृखलाहरु देखिने गरी घरहरु बनाउने निती, पोखराका सडकहरु उत्तरतर्फको हिमाल देखिने गरी बनाएका केही उदाहरण रहेका छन् ।
पोखरा विमानस्थल संचालनमा कुनै बाधा नपुग्ने गरी आवश्यक जनशक्ति सहित प्राविधिकहरुको व्यबस्थापन गरी आइतबार देखि संचालन गरिएको पोखरा विमानस्थल कार्यालयका प्रमुख बिक्रम गौतमले बताए । अन्तर्राष्ट्रिय हवाई उडानको लागि भने विभिन्न कम्पनीहरुसंग छलफल भई रहेको र हालसम्म हवाई रुटको अनुमति बाहिरबाट नपाएको कारण तत्काल उक्त विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान नहुने उनले जनाए । हाल संचालनमा रहेको विमानस्थलबाट सानो जहाज, हेलिकोप्टर र अल्ट्रालाइडको मात्र हवाई उडान हुने भए पनि बाँकी सबै हवाई उडानहरु भने नयाँ विमानस्थलबाट हुने भएको सम्पूर्ण तयारी गरिएको प्रमुख गौतमले बताए ।
आधारभूत रुपमा सुरक्षाको बिषयमा आफुहरु निकै गम्भिरता पूर्वक लागेको दाबी गर्दै सेफ्टी र सेक्युरिटिको बिषयमा आफु निकै कठोर भएको प्रमुख गौतमको भनाई थियो । बुद्ध एयरले पोखरादेखि भारतको वनारससम्म अन्तर्राष्ट्रिय रुपमा हवाई उडान गर्ने तयारी गरे पनि भारतबाट हवाई रटको अनुमति नपाएको कारण जनवरी एकमा संचालन गर्न कठिन भएको प्रमुख गौतमले जनाए । पोखराबाट करिब ४÷५ घण्टाको हवाई उडान हुने गरी जजीरा, थाई, हिमालयन, कतार एयर लगायतका कम्पनीहरुले समेत चासो दिएकोले विभिन्न एयरलायन्स कम्पनीहरुसंग कुराकानी भई रहेको गौतमले जनाए । पोखरा विमानस्थलको उद्घाटन गर्ने जिम्मा पाएको पोखरा महानगरले आइतबार स्थानिय बिदा दिदै सम्पूर्ण पोखरेलीहरुलाई भव्य रुपमा हुने उद्घाटन सत्रमा आफ्नो भेष भुषा सहित सहभागिताको लागि अनुरोध गरेको थियो । पोखराको अम्मरसिंह चोकमा बिहान १०ः०० भेला भई विभिन्न जनजातिको भेषभुषामा झाँकी सहितको ¥याली पोखरा विमानस्थलको उद्घाटन समारोहमा पुगेर समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्