Pokharapatra National Daily

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई ल्होसार÷ल्होसारको रुपमा मनाउने गरिन्छ । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म, संस्कति र प्रचलन अनुरुप नयाँ वर्ष मनाउने प्रचलनले नेपालको छुट्टै पहिचान दिने गरेको छ । तमु जातिले परापूर्व कालदेखि पुस १५ लाई वर्ग फेरिने दिनको रुपमा लिएका छन् । वर्ग फेरिने दिन नै नयाँ वर्षको रुपमा धुमधामसँग मनाउँदै आएका छन् । सप्रि ल्हो(सर्प) वर्गलाई विदाई गरि त (घोडा) ल्होवर्गलाई स्वागत गरिन्छ । देशका विभिन्न ठाउँमा मात्र होइन संसारका विभिन्न ठाउँमा रहेका गुरुङहरुले भव्यताका साथ मनाउने गर्दछन्
एशिया महादिपका केहि मुलुकहरुमा नयाँ वर्ष ल्हो पद्धतिमा प्रचलित छ । ल्हो १२ वटा हुन्छन । विभिन्न १२ वटा पशुपंक्षीहरुको नामबाट १२ वटा ल्हो (वर्ग) को नाम रहेको छ । ल्हो वर्गलाई १२ वटा पशुपंक्षिको आधारमा वर्गिकरण गरिएको छ । च्यु ल्हो (मुसा), ल्वों ल्हो(गाई÷गोरु), तो ल्हो (बाघ)ह्युइ ल्हो(बिरालो÷खरायो), मुप्ह्रि ल्हो (गरुड), सप्रि ल्हो(सर्प), त ल्हो(घोडा), ल्हु ल्हो(भेडा), प्र ल्हो (बा“दर), च्ह्या ल्हो (चरा), खि ल्हो (कुकुर) र फो ल्हो (मृग) वर्ग छन । ल्होसार मान्नु नै आफ्नो सांस्कतिक परम्परालाई मान्यता दिई समाजलाई व्यवस्थित गर्नु हो । ल्होसार मनाउने नेपाल मात्र नभई तिब्बत, चीन, भुटान र मंगोलिया आदि देशहरु छन् । चिनियाँ ज्योतिष शास्त्र र चाइनिज पात्रो अनुसार ल्होसार मनाउने गरिन्छ । ल्होसारलाई तोला, सोनाम, र ग्याल्वो तीन थरीले मनाउने गर्दछन् । पौष कृष्ण पक्षको प्रतिपदा दिनदेखि अर्थात पुस १५ देखि तोला ल्होसार मनाउने गरिन्छ । नेपालमा गुरुङले महान् चाडको रुपमा मनाउने ल्होसार तोला भनिन्छ । माघ शुक्ल पक्षको प्रतिपदा देखि तामाङ, थकाली, हेल्मो, शेर्पा आदि जातिले मनाउँदछन । सोनाम ल्होसार मनाउनेको संख्या बढी छ । त्यस्तै ग्याल्वो ल्होसार नेपालमा रहेका तिब्बतीहरुले फाल्गुण कृष्णपक्षको प्रतिपदाको दिनदेखि मनाउने गर्दछन् । वर्गलाई ल्हो र फेरिनेकर्मलाई सार (छार) भनिन्छ । तमु जातिले मनाउने नयाँ बर्ष (ल्होसार) प्रकृतिसंग पनि सम्बन्धित छ । पुस १५ लाई सबै भन्दा लामो रातको रुपमा लिने गरिन्छ । पुस १५ पछि दिन लम्बिने गर्दछ । सूर्य पृथ्वीको उत्तरी दिशाबाट दक्षिण पुगी उत्तर फर्कन्छ । दिन छोटो र रात लामो हुने दिन पुस १५ भएको हुंदा प्रकृति नियमसंग सम्बन्ध छ । तमुहरुले सूर्यलाई मानेको हु“दा पुस १५ को ल्होसार को आफनै महत्व रहेको छ ।
संघीय सरकारले तमु ल्होसार पुस १५ गते देशभरि र विदेश स्थित नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक विदा दिने निर्णय अघिल्ला वर्षदेखि गर्दै आएको थियो । नेपालमा ल्होसार कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि परापूर्वकालदेखि मनाउँदै आएका छन् । गण्डकी प्रदेश गुरुङ जातिको ऐतिहासिक थाकथलोको रुपमा चिनिन्छ । गुरुङ जातिको उल्लेख्य बसोबास भएको हुँदा यस प्रदेशमा ल्होसारलाई विशेष भव्य रुपमा मनाउने गरिएको छ । संघ र प्रदेश सरकारले ल्होसारको महत्व बुझेर विदा दिने निर्णय गर्नु स्वागतयोग्य काम हो । नेपाल संघीयतामा गएको अनुभूति गर्ने मौका पनि प्रदेशमा बसोबास गर्ने मुख्य जातिको चार्ड पर्वलाई विशेष रुपले मनाउनु हो । सबै जाति र धर्मको चाड पर्व उत्तिकै महत्वपूर्ण छन् । तमुजातिले बन्धुहरुवीच शुभकामना आदानप्रदान, मान्यजनबाट आशिर्वाद लिने, चेलीवेटीलाई खुवाउने, आपसी सम्बन्ध बलियो बनाउने काममा ल्होसारलाई लिने गरिन्छ । विदेशमा रहेका गुरुङ जातिले आफ्नो संस्कृतिको जगेर्ना गर्न ल्होसार पर्व भव्य रुपले मनाउने गरेका छन् । देशमा विभिन्न स्थानमा पनि समारोह भएका छन् । राजधानी र गुरुङ जाति बसोबास गर्ने ठाउँमा भव्यताका साथ मनाइन्छ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको हुँदा सबैले मनाउने चाडपर्वलाई राष्ट्रिय मान्यता दिएको छ । सबै धर्मालम्वी भाषाभाषीको संस्कृतिलाई एकआपसमा शुभकामना आदानप्रदान गरेमा सद्भाव कायम हुन्छ । समाजमा सद्भाव बिगार्न खोज्नेहरुलाई सबैले तिरस्कार गर्दै सामाजिक एकता कायम गर्न अगुवाहरु नै सकृय हुनु पर्दछ । केही समयदेखि मौलिक परम्परा र संस्कृति माथि अतिक्रमण वढ्दै गएको छ । देशको अस्तित्वलाई समाप्त पार्न सांस्कृति अतिक्रमणबाट सुरु गरिन्छ । हामी सबै नेपाली आ–आफ्ना जातीय, धार्मिक, परम्परा र संस्कृति बचाउन समाजलाई एकतावद्ध बनाउन सदभावको खाचो छ । जातीय सद्भाव र मेलमिलाप कायम राख्न र सबै जातजातिको पर्व सबैले शुभकामना साटासाट गर्न त ल्हो(घोडा)ले सबैलाई सद्बुद्धि देओस् भनि हामी देश विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना दिन्छौ । ल्होसारले सबैलाई एकताको मालामा जोडिन सकोस् हार्दिक शुभकामना । आँशिमाला

प्रतिकृया दिनुहोस्

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...