Pokharapatra National Daily

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २६ वर्ष पुरा भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरा जाने र क्रिसमस मनाउन आफ्नै देश फर्कने विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला हो, पोखरा सडक महोत्सव । नेपालीहरुलाई पनि परिवार सहित घुमघाम गर्ने अवसर बनेको छ सडक महोत्सव । सडकमै रेष्टुराँको परिकारका साथै पर्यटकीय गतिविधि जानकारी गराउन सडक महोत्सव मनाउन थालिएको २६ वर्ष पुगेर २७ औं वर्ष लागेको छ ।
रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आइतबार डिसेम्बर २८ बाट शुरु गर्ने २७ औं संस्करणको सडक महोत्सव जनवरी १ बिहीबार सम्म चल्नेछ। हरेक व्यक्तिहरुलाई नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने इच्छा हुन्छ । सडक महोत्सवको रमाईलो गर्न पाइने आशामा मध्यमस्तरका नेपालीहरु पनि पोखरामा आउने गरेका छन् । महोत्सवको बेला पोखराका पर्यटकीय स्तरका होटलहरु आन्तरिक पर्यटकले पनि भरिभराउ हुने गरेको छ । पर्यटन व्यवसायीहरुको सक्रियतामा मनाउन थालिएको सडक महोत्सवलाई पोखराका विभिन्न जातजातिले सघाउदै आएका छन् । आफ्ना मौलिक भेषभूषा र परम्परा झल्कने झाकी प्रर्दशन गरेर विविधतामा एकता प्रर्दशन गर्ने अवसर बनेको छ । त्यसमा सवैले सहकार्य गर्ने वातावरण वन्दै जानु महोत्सवको सफलता हो । सडक महोत्सव पोखराको ब्राण्ड बन्न सकेको छ ।
जेनजी आन्दोलन र आर्थिक मन्दीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सवले सहयोग गरेको छ।पोखरा पर्यटकको लागि सुरक्षित र खुला छ भन्ने सन्देश पनि यस्ता महोत्सवले दिन सक्छ।चाडपर्व र मेला , महोत्सवका अवसरमा रमाइलो गरी मनाउने नेपालीहरुको परम्परा बन्दै आएको छ । हरेक चाडपर्वलाई मेला÷उत्सवको रुपमा मनाउने पोख्रेलीहरुले नमूना पेश गरेका छन् । मेलालाई नयाँ रुपमा मनाउने र पर्यटनसंग जोड्ने पोख्रेलीहरुको मौलिकता हो । मेलालाई महोत्सवको रुप दिएर त्यसमा विविधता दिनु परिस्कृत रुप हो । सबैलाई सामेल गराएर रमाइलो दिन सकेमा त्यसले निरन्तरता पाउँछ । मेला, महोत्सव सफल पार्न प्रायोजकले गर्ने सहयोग र दर्शकहरुको ओइरो लागेर पोखराकै चिनारी गराउन सकेको छ । मेला महोत्सव पर्यटन प्रबद्र्धन गर्न, मौलिक संस्कृतिको जगेर्ना र नयाँ संभावनाको खोजी गर्न सघाउ पु¥याउँछ । सडक महोत्सवको मुख्य आकर्षण साँझ र रातिको समयमा हुने भएको हुँदा सुरक्षा र यातायातको राम्रो प्रबन्ध हुनु पर्दछ ।
देश संघीय संरचनामा गएकोे हुँदा तीनै तहका सरकार मिलेर मात्र आफ्नो क्षेत्रको विकास हुन सक्छ । स्थानीय र प्रदेश सरकारले प्रदेश राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्दछ । सरकार र निजी क्षेत्र मिलेर मात्र पोखराको पर्यटन विकास हुन सक्छ । पोखरा पर्यटकीय राजधानी घोषण र पर्यटन वर्षको अवसरका रुपमा पनि लिइएको छ। सरकारले पर्यटन क्षेत्रका व्यवसायीहरुलाई उभिनसक्ने वातावरण बनाउनु पहिलो कर्तव्य हो ।
जेनजी आन्दोलनको नाममा पोखराका होटल मा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कार्वाही र क्षतिपूर्ती दिएर मल्हम लगाउनुपर्छ ।निजी क्षेत्रलाई अबरोध नगर्ने र सुरक्षाको प्रत्याभूति पहिलो शर्त हो। सरकार र निजी क्षेत्रले कस्ता गतिविधि सञ्चालन गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर संघीय सरकारसंग योजना पेश गर्नुपर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने व्यवस्था मिलाउनु पर्छ । काठमाडौंबाट पोखरा आउन नौबिसे मुग्लीन सडकको दुरावस्था हटाउन समयमै काम सक्न निर्माण कम्पनीलाई दबाब दिनु जरुरी छ । यस्तै सिद्धार्थ राजमार्गको सुधार पनि उत्तिकै जरुरी छ ।
पर्यटकको बसाई अवधि लम्ब्याउने र जीवनमा एक पटक पोखरा पुग्नैपर्ने रहेछ भन्ने सन्देश प्रबाह गर्ने काम पनि पोख्रेलीको हो । कस्तुरीलाई आफ्नै विना थाहा नपाएर भौतारिए झै स्थानीय र प्रदेशको अधिकार र महत्वलाई नबुझि केन्द्रीकृत शासन प्रणाली कै शैलीमा गतिविधि हुन थालेमा त्यसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि पोखरा र पोखरेलीले त्यसको फाइदा लिन सक्नेछैनन् । अग्रेजी नयाँ वर्षको अवसरमा भएको महोत्सवले पर्यटन क्षेत्रमा नयाँपन दिन प्रेरित गरोस सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...