Pokharapatra National Daily

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ । महोत्सव वैशाख १ गते सम्म चल्ने छ । पोखरामा अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव र नेपाली नयाँ वर्षमा फेवा नव वर्ष महोत्सवले छुट्टै परिचय दिएका छन । नयाँ वर्ष मनाउन पोखरा जानुपर्छ भन्ने छाप छोड्न महोत्सव सफल भएका छन । पंचेवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण रहेका छन । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् ।
अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने होटल व्यवसायीको विश्वास छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको छ । पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको छ । यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको हो । पोखरामा यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन धेरै पहिलेदेखि चर्चा भएको हो । पर्यटकलाई धेरै गन्तव्य पु¥याउन यातायात व्यवस्थापन महत्त्वपूर्ण हुन्छ ।पोखरा महानगरले पोखराको यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउने कार्य अगाडि बढिसकेको छ । यातायात क्षेत्र आधुनिक र प्रविधिमैत्री बनाउनु जरुरी भएको छ । अझ पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको छ ।
पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएका छन । थपिंदै जाने र नियमित बनाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल भएको शहरमा जलन अस्पताल अनिवार्य हुनुपर्छ । पर्यटकलाई आकर्षित गर्न पनि पुर्वाधार पहिलो शर्त हो । त्यसका लागि सबै तहका सरकारको सहयोग आवश्यक हुन्छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको छ।पोखराको लागि यो सुखद पक्ष हो । महोत्सवलाई सबैले जानुपर्छ भन्ने बनाउन प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता राखिएका छन।यस्ता गतिविधि महोत्सवका आकर्षण हुने गरेका छन् ।
संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवलाई छुट्टै परिचय बन्न सकेमा सफल पार्न सहयोग गर्नेहरु लालायित हुन्छन । सोच भएमा श्रोतको अभाव हुँदैन भन्ने उदाहरण फेवा नव वर्ष महोत्सव हुनुपर्छ । महोत्सवको सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...