Pokharapatra National Daily

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका साथै गाई गोरु र गोबरको पूजा गरिन्छ । पशुपंक्षी र जनावरको समेत पुजा गरेर प्रकृतिसंगको सम्बन्ध तिहार हो । धनकी देवी लक्ष्मीको पूजा गर्दा धनधान्य हुने विश्वास गरिन्छ । तिहारलाई फूलको चाड पनि भन्ने गरिन्छ । यस पटकबाट केहि पालिकाहरुले स्वदेशी फूल र मालाको प्रयोग गर्न जोड दिएका छन् । किसानका उत्पादन खेरा जान नदिन यो राम्रो उपाय हो । तिहार उज्यालोको पर्व पनि हो । पाँच दिनसम्म घर झिलिमिली पारेर उज्यालो बनाईन्छ । अहिले बजारमा जताततै उज्यालो बनाएर सबैले मनाउने चाडको रुपमा बिकास हुदै गएको छ । तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टिका र माला लगाएर दिर्घायूको कामना गर्दछन् । तिहार दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर पनि हो ।
नेपालमा हिन्दुहरुले मान्ने चाड अन्यत्रको भन्दा फरक तरिकाले मनाइन्छ । मौलिक चाड तिहारको पाँच दिन घरको ढोकामा तेल हाल्ने र साझ दियो बत्ती बालेर झिलीमिली बनाउने गरिन्छ । तिहारमा साथीसँगी मिलेर देउसी भैलो खेल्ने गरिन्छ । तिहारको बेलामा देउसी भैलो खेलेर रकम संकलन गर्ने उपयुक्त मौका पनि हो । विगतमा संघसंस्था, क्लब, आमा समूह, राजनैतिक पार्टी र तिनका भातृसंस्था सबैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गर्ने गरेका थिए । देउसी भैलोको मौलिक र सांस्कृतिक पक्ष हराउँदै जाने र पश्चिमा संस्कृतिको अन्धानुसरण गर्ने चलन बढेर गएको छ । चाडपर्व भनेको घरपरिवारका सबै मिलेर रमाइलो बनाउने हो । चाडपर्व हो केही हुदैन भन्ने हेलचक्र्याई गर्ने अवस्था छैन । सरकारले देउसी भैलो राति खेल्न आग्रह गरेको छ ।
पटका नपट्काउन, जुवातास खेल्न रोक लगाएको छ । कानुनले रोक लगाएको मात्र होइन समाजलाई बर्वाद पार्ने काम नियन्त्रण गर्न सरकारले जारी गरेको आदेश पालना गर्नु सचेत नागरिकको कर्तव्य हो । त्यस्तै पटका, भुइँचम्पा पड्काएर आतंकित पार्ने काम शहर वजारमा बढी हुने गरेको छ । प्रहरीले अवैध रुपले ल्याईएका त्यस्ता पटका र बिस्फोटक पदार्थ समातेको यदाकदा समाचार पनि आउने गरेका छन् । तर रोकिने भन्दा भित्रिने बढी हुने गरेको भान परेको छ । त्यसवाट आगलागी हुने र शरिर नै अंगभंग हुने किसिमका गतिविधि पनि शहरी क्षेत्रमा बढ्दै गएका छन् । यसलाई नरोकेसम्म रमाइलोको बेला नरमाईलो भईरहने छ ।
तिहारकै बेला नेवार सम्प्रदायले आत्मसुद्धि गर्ने, म्ह पूजा गर्ने र नयाँ वर्ष नेपाल सम्वत् मनाउने गर्दछ । नेपाल सम्वत्को महत्व संखधर शाख्वाले काठमाडांैवासीको ऋण तिरिदिएको हुँदा उनैलाई सम्झने दिन पनि नेपाल सम्वत् हो । नेपालको आफ्नै मौलिक सम्वत् पनि तिहारकै बेलाबाट शुरु हुने हुँदा नेपाल सम्वत ११४५ को शुभकामना । तिहारलाई सबैले स्वास्थ्य सुरक्षा पालना गरेर खुशी र रमाइलोसँग मनाउन सकौं हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देशविदेशमा रहनु भएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...