Pokharapatra National Daily

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई असत्यमाथि सत्यको जित भएको हुँदा त्यसलाई विजया दशमीको रुपमा मनाउने गरिन्छ । प्रतिपदाको दिन घटस्थापनामा रोपेको जमरा दशमीको दिन प्रसादको रुपमा लगाउने गरिन्छ । मानव जीवनमा शक्तिको आवश्यकता पर्ने हु“दा दुर्गा भवानीबाट शक्ति प्राप्त होस् भनि उपाशना गरिन्छ । दुर्गा भवानीलाई शक्ति प्राप्त गरेपछि असत्यमाथि सत्यको जितको रुपमा लिइने गरिएको छ । बडादशैं हिन्दुहरुको चाड भनिए पनि यो राष्ट्रिय चाडको रुपमा रह“दै आएको छ । दशैंलाई धार्मिक आध्यात्मिक र सांस्कृतिक चा“डको रुपमा विभिन्न कोणबाट लिने गरिएको छ । दशैलाई धार्मिक मात्र नभई सांस्कृतिक आध्यात्मिक रुपमा पनि लिन थालेका छन् । दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा मनाउँछन् । दशै पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो । वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै मनाउने गर्दछन ।
दशैंको मुखमा असोज १०–१३ गतेसम्मको अत्यधिक वर्षा, बाढी पहिरो र डुवानबाट करि २५० जनाको मृत्यु भएको छ।सय भन्दा बढी घाइते भएका छन।केही बेपत्ता छन।सडक,पुल भत्किएको छ।खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।हजारौं घरवारविहीन भएका छन।जलविद्युत आयोजनामा क्षति पुगेको छ।सहजरूपमा यातायातका साधन चल्न सकेका छैनन् ।दिनहुँजसो वर्षा भइरहंदा बाढी पहिरो र डुवानमा परेका जनताको अवस्था कष्टकर बनेको छ। दसैँका अवसरमा डेंगुबाट संक्रमितको संख्या बढ्दो छ । कम्तीमा ८ जनाको मृत्यु भएको छ । करिब १८ हजार संक्रमित छन । सरकारले जनताको स्वास्थ्यप्रति खेलवाड गरेको कारण यो अवस्था आएको हो । सरकार जनताप्रति उत्तरदायी हुन नसक्दा डेंगुको कारण स्वास्थ्य अवस्था कमजोर बनेको छ।अर्कोतिर दशैंमा बजार अनुगमन नहुँदा अस्वाभविक मूल्य बृद्धि, अखाद्य बस्तु बिक्री गर्ने र जोखिमपूर्ण सवारीसाधन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले व्यापारीहरुलाई अनुकुल हुने गरी अनुगमन गरेपनि झारा गर्ने गरेको छ । जनताको जीवन स्तर खस्किदै गएको बेला कसरी राहत र सेवा सुविधा उपलब्ध गराउने कहिल्यै सोचेन ।
सरकारमा रहेका र रहीसकेका दलहरु कमाउ धन्दामा लागेका छन।काम गर्नेहरुले गाँस काटेर राखेको बचत रकम सहकारी ठगहरुले लुटेका छन।नेपाली उखान जो चोर उसैको ठूलो स्वर भने जस्तै सहकारी ठगहरुले जनतालाई भ्रमित पार्ने काम गरेका छन । रोजीरोटीका लागि तीन वटै तहका सरकारले जनताका आकांक्षा पुरा गर्न सकेका छैनन् । सरकारमा रहंदा गरेका बाचा कार्यान्वयनमा नआउदाँसम्म जनताले विश्वास गर्ने आधार बन्दैन । देशलाई राजनीतिक स्थीरता दिन दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि अस्थिरतालको बादल मडारिनु विडम्बना हो।जनताको स्वास्थ्य, आर्थिक सम्बृद्धि र देशको स्वाधीनता कायम राख्न राजनीतिक दलबीचमा सहमति हुनुपर्ने हो।राजनीतिक दलहरूबीच बढ्दो तिक्तता हटाई नेपाली एकजुट भएर राष्ट्रियताको रक्षा गर्न र अहिले देखिएका चुनौती सामना गर्न दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन भनी देशविदेशमा रहनु भएका सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना टक्राउछौं ।

प्रतिकृया दिनुहोस्

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...