आज : २०२६-०५-२३, शनिबार

नीति विनाको नेतृत्वमा होड

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार संघ सात दशक पुग्न लागेको छ। वि सं २००८ सालमा नेपाल पत्रकार संघ स्थापना भएको दस्तावेजमा भैटिएको छ । इतिहासकार गृस्म बहादुर देवकोटाले लेखेको नेपालको राजनैतिक दर्पणमा पनि २००८ सालमा स्थापना भएको उल्लेख छ । विश्व विद्यालय मा वुझाएका शोधपत्रमा पनि २००८ साल भएको प्रकृति अधिकारीले जनाएका छन । पछि सत्ता र शक्तिको आडमा २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ।अहिलेको नेपाल पत्रकार महासंघ त्यसैको जग हो । स्थापनाकालमा उठाइएका नागरिक अधिकार ,प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकासका मुद्दा कायमै छ।पत्रकारिता स्वतन्त्र हुनुपर्छ, नागरिकको अधिकारका मुरा र पत्रकारको हकहितका मुद्दा राजनीतिक शक्तिका आधारमा उठाउन थालिएको छ।पत्रकारको पेसागत संगठनको नेतृत्व दलका नेताले तोकिदिने चलन बढेर गएको छ।पत्रकारले कस्तो नीति बनाउने र त्यो नीति कार्यान्वयन गर्न कस्तो नेतृत्व भन्ने बहस हुनुपर्ने हो । नीति विनाको नेतृत्वमा जो गएपनि त्यसले कुनै परिवर्तन ल्याउन सक्दैन । चुनाव भन्ने बित्तिकै नेतृत्वमा जान विचार, आचरण, कार्यशैली मिल्न पर्दैन ।संसदीय फोहोरी खेलको भद्दा गठबन्धन पत्रकारको चुनावमा हुने गरेको छ।आम चुनावमा गरिने गठबन्धन,भारतको विहार र उत्तर प्रदेश राज्यको विधान सभा चुनावको जस्तै महागठबन्धन हुन थालेको छ । अहिले पत्रकारका अवसर र चुनौतीका बारेमा कम नेतृत्व को भन्ने बहस हुने गरेको छ । पत्रकारका समस्या उठाउने भनेको चुनावका बेला मात्र हो भन्ने ठानिएको छ । पत्रकारका समस्या र पत्रकारिताको विकासका कुरा अझै परिस्कृत रुपमा उठाउनु पर्ने खाचो भएको छ । वि.स. २०१२ सालमा कृष्णप्रसाद भट्टराई सभापति भएको समयलाई पत्रकार संघ स्थापना मनाउने गरिएको छ । स्व. कृष्ण प्रसाद भट्टराईको सभापतित्वमा पुनर्गठन भएको दिनलाई नेपाल पत्रकार महासंघले स्थापना दिवस मनाउने गरेको छ । वि.स. २०१२ साल चैत्र १६ गते स्व. कृष्ण प्रसाद भट्टराई सभापति भएको दिनलाई स्थापना दिवस मनाउन थालिए पनि पत्रकार संघको स्थापना २००८ सालमा भएको दस्तावेज पनि सार्वजनिक भएका छन । कांग्रेस सभापति र प्रधानमन्त्री भइसकेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्दा इतिहासकै अपमान हुन्छ भन्ने मत पनि छ । स्वतन्त्रता, नागरिक अघिकारको सुनिश्चितता र पत्रकारहरुको हितका कुरालाई पत्रकार संघले उठाएको थियो । अहिले पनि पत्रकार महासंघ नागरिक अधिकार पत्रारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा श्रमजिवि पत्रकारको हकहितका समस्या नै प्रमुख चुनौती रहेकाछन् ।
नेपालको हरेक नागरिक÷प्रजातान्त्रिक आन्दोलनमा पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार संघ हालको महासंघले सक्रिय भएर लागेको इतिहास छ । राजनीतिक दलहरुलाई समेत आन्दोलनमा लाग्न घचघच्याउने काम प्रेसले गरेको हो । लोकतान्त्रिक आन्दोलनको नेतृत्व दलहरुले नै गरे । आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकाको राजनैतिक दल र नागरिक समाजले मुक्त कष्ठ प्रशंसा गर्ने गर्दछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रेसले सशक्त भुमिका खेलेको हो ।राजनीतिक दल विपक्षमा हुँदा पत्रकार र पत्रकारिताको समस्यामा बोल्ने सत्तामा पुगेपछि बेवास्ता गर्ने गरेका छन।गरेका कामको पनि जस लिन नसक्ने परिस्थिति बनाएका छन। नेपाली उखान खोलो त¥यो लौरो र्बिस्यो भने झैँ पत्रकारका समस्या बिर्सने गरेका छन् । मैनबत्ती आफै जलेर अरुलाई उज्यालो दिएझै पत्रकारहरु भोको पेटले नागरीकको आवाज दिने गरेका छन्। मर्यादित र व्यावसायिक पत्रकारिताको लागि राज्य र निजी संचारगृहले पत्रकारलाई सहयोग गर्न सकेको छैन । पत्रकारले भौतिक र पेशागत सुरक्षाका लागि सडकमा आवाज उठाउँदै आएका छन् । कोभिड–१९ पछि पत्रकारलाई निस्कासन, तलब नदिने, कटौती गर्ने काम भए ।दुखको बेला राहत दिनुपर्नेमा आहात पार्ने काम भयो ।जनतालाई सचेत र जागरुक बनाउनुपर्ने बेला जागिरबाट हटाउने, तलब घटाउने, नदिने काम हुँदा सरकार पनि पत्रकारको पक्षमा बोल्न सकेको थिएन । राजनीतिक दल पनि थाहै नपाएको जस्तो गरे। पत्रकार महासंघ चुनाव गराउने बेला कोभिढ–१९ लाई देखाएर म्याद थप्ने अवसर पायो ।अहिले चुनाव हुने भएकाले पत्रकारका मुद्दा उठाउँदैछन। पत्रकार महासंघको हरेक बैठक, भेला, जमघट र साधारणसभामा उठ्ने मुद्दा श्रमजीवी पत्रकार ऐन कार्यन्वयन, समानुपातिक विज्ञापन नीति ल्याउनु पर्ने र आम सञ्चार प्रतिठान गठन हुनुपर्ने छन् ।
आधुनिक मुुलुकको पत्रकारिता क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा वहस गर्नुपर्ने बेलामा पुरानै कुरा दोहो¥याउनु परेको छ । राज्य र संचारगृह पत्रकारका हकहित प्रति उदासीन रहेको प्रमाण एउटै मुद्धा उठाइरहनु हो । सिंहदरबारमा केन्द्रीत रहेको अधिकार स्थानीय तहसम्म पुगेको छ ।तर सिंहदरबारमा बस्नेको जस्तै व्यवहार गर्न थालेका छन् । आफुलाई सिंहदरबारको शासक जस्तो ठान्ने प्रवृत्ति बढेको छ । पत्रकारलाई राज्यले संबोधन गर्लाई आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन प्रेसको महत्वपूर्ण भुमिका रहन्छ । नेपाललाई आधुनिक विश्वसँग एकाकार गराउन प्रेस स्वतन्त्रताको ग्यारेन्टी र पत्रकारको पेशागत र भौतिक सुरक्षा आवश्यक छ। पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको झण्डामुनि मुलुकभर र संसारभर छरिएर रहेका नेपाली पत्रकारको अधिकार र स्वतन्त्रताको लागि पेशाप्रति ईमान्दार र सक्षम ब्यक्ति आवश्यक छ।स्थापना दिवसको अवसरमा सबैलाई शुुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू