Pokharapatra National Daily

ल्होसार(ल्होछार)को शुभकामना

बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई ल्होसारको रुपमा मनाउने गरिन्छ । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म, संस्कति र प्रचलन अनुरुप नयाँ वर्ष मनाउने प्रचलनले नेपालको छुट्टै पहिचान दिने गरेको छ । तमु जातिले परापूर्व कालदेखि पुस १५ लाई वर्ग फेरिने दिनको रुपमा लिएका छन् । वर्ग फेरिने दिन नै नयाँ वर्षको रुपमा धुमधामसंग मनाउँदै आएका छन् । ह्री(मुसा) वर्गलाई विदाई गरि मप्रि गरुढ ÷चिल वर्गलाई स्वागत गरिएको छ । देशका विभिन्न ठाउँमा मात्र होइन संसारका विभिन्न ठाउँमा रहेका गुरुङहरुले भव्यताका साथ मनाउने गर्दछन्
एशिया महादिपका केहि मुलुकहरुमा नयाँ वर्ष ल्हो पद्धतिमा प्रचलित छ । ल्हो १२ वटा हुन्छन । विभिन्न १२ वटा पशुपंक्षीहरुको नामबाट १२ वटा ल्हो (वर्ग) को नाम रहेको छ । ल्हो वर्गलाई १२ वटा पशुपंक्षिको आधारमा वर्गिकरण गरिएको छ । च्यु (मुसा), लोङ (गाई÷गोरु), तो (बाघ), हि (बिरालो÷खरायो), मुप्री÷प्हु (गरुड), प्हि÷सप्रि (सर्प), त(घोडा), ल्हु (भेडा), प्र (बा“दर), च्ह्य (चरा), खि (कुकुर) र फो (मृग) वर्ग छन । ल्होसार मान्नु नै आफ्नो सांस्कतिक परम्परालाई मान्यता दिई समाजलाई व्यवस्थित गर्नु हो । ल्होसार मनाउने नेपाल मात्र नभई तिब्बत, चिन, भुटान र मंगोलिया आदि देशहरु छन् । चिनियाँ ज्योतिष शास्त्र र चाइनिज पात्रो अनुसार ल्होसार मनाउने गरिन्छ । ल्होसारलाई तोला, सोनाम, र ग्याल्वो तीन थरीले मनाउने गर्दछन् । पौष कृष्ण पक्षको प्रतिपदा दिनदेखि अर्थात पुस १५ देखि तोला ल्होसार मनाउने गरिन्छ । नेपालमा गुरुङले महान् चाडको रुपमा मनाउने ल्होसार तोला भनिन्छ । माघ शुक्ल पक्षको प्रतिपदा देखि तामाङ, थकाली, हेल्मो, शेर्पा आदि जातिले मनाउ“दछन । सोनाम ल्होसार मनाउनेको संख्या बढी छ । त्यस्तै ग्याल्वो ल्होसार नेपालमा रहेका तिब्बतीहरुले फाल्गुण कृष्णपक्षको प्रतिपदाको दिनदेखि मनाउने गर्दछन् । वर्गलाई ल्हो र फेरिनेकर्मलाई सार (छार) भनिन्छ । तमु जातिले मनाउने नया“ बर्ष (ल्होसार) प्रकृतिसंग पनि सम्बन्धित छ । पुस १५ लाई सबै भन्दा लामो रातको रुपमा लिने गरिन्छ । पुस १५ पछि दिन लम्बिने गर्दछ । सूर्य पृथ्वीको उत्तरी दिशाबाट दक्षिण पुगी उत्तर फर्कन्छ । दिन छोटो र रात लामो हुने दिन पुस १५ भएको हुंदा प्रकृति नियमसंग सम्बन्ध छ । तमुहरुले सूर्यलाई मानेको हु“दा पुस १५ को ल्होसार को आफनै महत्व रहेको छ ।
संघीय सरकारले तमु ल्होसार पुस १५ गते देशभरि र विदेश स्थित नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक विदा दिने निर्णय अघिल्ला वर्षदेखि गर्दै आएको थियो । नेपालमा ल्होसार कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि परापूर्वकालदेखि मनाउ“दै आएका छन् । गण्डकी प्रदेश गुरुङ जातिको ऐतिहासिक थाकथलोको रुपमा चिनिन्छ । गुरुङ जातिको उल्लेख्य बसोबास भएको हुँदा यस प्रदेशमा ल्होसारलाई विशेष भव्य रुपमा मनाउने गरिएको छ । संघ र प्रदेश सरकारले ल्होसारको महत्व बुझेर विदा दिने निर्णय गर्नु स्वागतयोग्य काम हो । नेपाल संघीयतामा गएको अनुभूति गर्ने मौका पनि प्रदेशमा बसोबास गर्ने मुख्य जातिको चार्ड पर्वलाई विशेष रुपले मनाउनु हो । सबै जाति र धर्मको चाड पर्व उत्तिकै महत्वपूर्ण छन् । तमुजातिले बन्धुहरुवीच शुभकामना आदानप्रदान, मान्यजनबाट आशिर्वाद लिने, चेलीवेटीलाई खुवाउने, आपसी सम्बन्ध बलियो बनाउने काममा ल्होसारलाई लिने गरिन्छ । विदेशमा रहेका गुरुङ जातिले आफ्नो संस्कृतिको जगेर्ना गर्न ल्होसार पर्व भव्य रुपले मनाउने गरेका छन् । देशमा विभिन्न स्थानमा पनि समारोह भएका छन् ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको हुँदा सबैले मनाउने चाडपर्वलाई राष्ट्रिय मान्यता दिएको छ । सबै धर्मालम्वी भाषाभाषीको सँस्कृतिलाई एकआपसमा शुभकामना आदानप्रदान गरेमा सद्भाव कायम हुन्छ । समाजमा सद्भाव बिगार्न खोज्नेहरुलाई सबैले तिरस्कार गर्दै सामाजिक एकता कायम गर्न अगुवाहरु नै सकृय हुनु पर्दछ । जातिय सद्भाव र मेलमिलाप कायम राख्न र सबै जातजातिको पर्व सबैले शुभकामना साटासाट गर्न हि वर्गले सबैलाई सद्बुद्धि देओस् भनि हामी देश विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना दिन्छौ । ल्होसारले सबैलाई एकताको मालामा जोडिन सकोस् हार्दिक शुभकामना । आँशिमाला

प्रतिकृया दिनुहोस्

शहिदप्रतिको उच्च सम्मान

जहानीया निरंकुश शासनको अन्त्य गर्दै जनतालाई रैतीबाट स्वाभिमानी नागरिक बनाउन आफ्नो प्राण आहुती दिने शहिदहरुलाई संझदा शिर निहुरिन्छ । नेपालमा भएका आन्दोलनमा धेरै पटक जनताले...

२६ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

ल्होसार(ल्होछार)को शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

२६औं सडक महोत्सव

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित शुरू भएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद...

क्रिसमसको रमझम

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर...

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...