Pokharapatra National Daily

हमास-इजरायल युद्ध

– शम्भुबहादुर अधिकारी,   म्याग्दे–२, तनहुँ

7 अक्टोबर 2023 का दिन प्यालेष्टाइनी हमासले एकै पटक एकै समयमा 5हजार मिसाइलले इजरायल माथि आक्रमण गर्यो। यस्तो घट्ना घट्ला भन्ने इजरायली जासुसी संस्था “मोसाद”ले पनि थाहा पाएन।यो घटनालाई अप्रत्याशित भन्न मिल्दैन किनभने इजरायलले प्यालेष्टाइनमाथि दमन गरेर उनीहरूलाई आफ्नै देशमा शरणार्थी बनाइएको थियो।प्यालेष्टाइनीहरू आफ्नै भूमिमा इजरायलको नियन्त्रणमा बस्नु परिरहेको छ।उनीहरूको स्वतन्त्रताको चाहना आजको होइन। हजारौ बर्ष देखि बस्दै आएको आफ्नो भूमिलाई अमेरिका ,बेलायत र यूरोपियन मुलुकहरूको पिठ्यू चढेर 1948 मा इजरायलको जन्म भयेको थियो।एकलौटी रूपमा इजरायलको घोषणा गरि यूएन लगायत अमेरिका बेलायतले मान्यता दिए।त्यस एता प्यालेष्टाइनीहरू राज्यबिहिन भयेका हुन।जेरूसेलमलाइ आफ्नो हो भनेर शदियौ देखि यहूदी, ईशाइ र ईस्लाम हरूले दाबी गर्दै आएका हुन।त्यस्को लागी हजारौ बर्षौ देखि त्रीपक्षिय युद्ध हुदै आएको हो।सबैभन्दा पेचिलो युद्ध इजरायल र हमासकाबीच यस पटक भयेको छ।इजरायल र प्यालेष्टाइनको पक्ष बिपक्षमा बिस्व 2ध्रुबमा बाडिएको छ।स्वतन्त्रत प्यालेष्टाइन नहुदा संम यो युद्ध जारी रहने अबस्था देखिन्छ।युद्ध आज 36औ दिनमा चल्दैछ जबकि इजरायल र अमेरिकाले गाथा र हमासलाई 2दिनमा माटोमा मिलाउने कसम खाएका थिए।

इजरायल आबेग र घृणाका साथ हमासलाई निमिट्यान्न पार्न उद्यत देखिन्थ्यो, त्यसमाथि अमेरिकाको धाप पाएको इजरायल अझ नृशंस देखिएको छ।तर उस्का लक्षहरू प्राप्त गर्न पहिला पहिला जस्तो युद्ध पिपासु ढंगबाट हमासलाई पराजीत गर्न सकिने अबस्था छैन।अहिले इजरायलले घाइते बाघ झै सिरिया, लेबनान, जोर्डन, इराक, मीश्रमाथि घातक हमला गरिरहेको छ।उस्को संरक्षणको लागि अमेरिका र बेलायत आफ्ना घातक पनडुब्बीहरू, जहाजी बेडाहरू, मिसाइलहरू र आणबिक हतियार सहित भूमध्य सागरमा तैनाथ गरिएका छन।इजरायलले गाजामा रहेको हमास समूहमाथि अन्धाधुन्ध आक्रमण गरिरहेको छ। त्यो सुरूङ र गुरिल्ला युद्ध लड्न बिस्तारबादी इजरायलले धेरै कुर्बानी गर्नु पर्ने छ।उन्मत्त भयेर उस्ले जल,थल र नभबाट गाजामाथि भयंकर आक्रमण गरेको छ जहा निरपराध केटाकेटी,बूढाबूढी,बिरामी, सर्वसाधारण, अस्पतालका सिकिस्त बिरामी माथि हवाइ,जल र थल मार्गबाट 50औ हजार टन गोलाबारूद र जैबिक हतियार प्रयोग गरेको छ।गाजामा बिजुली,पेट्रोलियम पदार्थ, पानी, खाद्यबस्तु, बिद्युतीय सञ्चार माध्यमहरू ठप्प पारिएको छ। बाकीसंसारबाट गाजालाइ पृथकगरिएकोछ।तर युद्ध अमेरिकाइजरायलले सोचे जस्तो सजिलो छैन।हमास हजबुल्ला र हुतु बिद्रोहीहरूको लामो युद्ध गर्नेतयारिमादेखिन्छन।गाजामा मानिसहरू पानी पिउन नपाएर मृत्यु बरण गरिरहेका छन।मानब अधिकार बादीहरू,संयुक्त राष्ट्रसंघ रेडक्रसहरू के हेरेर बसेका छन।ती सबै संघ संस्थाहरू अमेरिकाको इशारामा नाचि रहेका छन।नाजीवाद हमास-इजरायल युद्धमा नाङ्गो रुपमा देखिएको छ।गाजा र गाजाका बासिन्दाहरू क्षेत बिक्षेत भयेकाछन ।कंतिमा 12हजार प्यालेष्टाइनीहरू मारिएका छन भने इजरायल तर्फ 14सयको हाराहारीमा मारिएका छन।युद्धले भीषणरूप लिदै गयेकोछ।अमेरिकाले इजरायलको रक्षा गर्ने बहानामा इरान,इराक, लेबनान र सीरीयामाथि आत्मरक्षाको लागी युद्ध गर्नु परेको बताउछ।अमेरिकाले को संग युद्ध गरेको छ र आत्मरक्षा गर्नु पर्ने हो?उस्ले आफ्नो हितको रक्षाको लागी एउटा दलाल राज्य चाहेको थियो मध्यपूर्वमा, त्यसैको रक्षाका लागी अमेरिका मध्यपूर्वको युद्धमा होमिएको हो।त्यो राज्य इजरायल हो। प्यालेष्टाइनलाई टुक्रटुक्रा पारी “ग्रेटर इजरायल “बनाउने चाहना सायदै पुरा होला।इजरायल र अमेरिकि आक्रमणले थिलोथिलो परेको प्यालेष्टाइनको सहयोगमा अरबी मुलुकहरू बिस्तारै एकताबद्ध हुदै छन । सन 1948 मा बेलायतको साम्राज्य हुदा इजरायल लाइ 48%,प्यालेष्टाइनलाइ 42%र बाकि 8% जेरूसेलम समेत यूएनको मातहत राखिएको थियो एकतर्फी रुपबाट। तर इजरायलको जन्मकाल देखि नै अरब- इजरायल युद्ध भयेको हो।अरबीहरूले धेरैले इजरायललाई मान्यता पनि दिएका छैनन । हमास एउटा यस्तो संगठन हो जस्ले स्वतन्त्र प्यालेष्टाइनको माग गरेको छ।हराएको मुलुक खोज्ने संगठनलाई “आतंकबादी “भन्न मिल्दैन,उस्ले आफ्नो राष्ट्र खोजेको हो,कसैको भूमि हडप्न खोजेको होइन।जस्तोकी जनताको अधिकार प्राप्त गर्न माओबादीले जनयुद्ध सुरू गर्यो जस्लाइ सरकारले आतंकबादको बिल्ला लगायो।पछि थाहा भयो त्यो राजनीतिक लडाइ थियो।हमासलाई आतंकबादी भन्ने बिश्लेषकहरूले त्यतातिर पनि ध्यान दिने हो कि?

हमास-इजरायल युद्ध क्षेत्रिय स्तर संम मात्र सीमित हुने देखिन्न, यस्ले बैश्वीक रूप लिन खोजी रहेको छ।अमेरिकाले यूक्रेनलाइ रूसका बिरूध्द उकास्यो, तर बिस्तारै त्याहा आफ्नो हार हुने र इजरायल बढी फाइदाजनक भयेकोले उस्ले यूक्रेनलाइ रूसले जितेको भूमि त्याग गरी शान्तिवार्ता गर्न ञञ दबाब दिएको छ।त्यो एउटा भयानक “धोका” थियो। यूक्रेनको सुरक्षा भन्दा अमेरिकालाइ “इजरायल “बढी महत्वपूर्णको छ किनभने मध्यपूर्व अमेरिका, पश्चिमी मुलुकहरू , रूस , चीन र अन्य मुलुकका लागी समेत रणनीतिक, ब्यापारिक, भौगोलिक,पारबहन र आर्थिक दृष्टिकोणबाट अहं महत्वको छ।हमास-इजरायल युद्धमा धार्मिकताले पनि काम गरिरहेको छ।मध्यपूर्व शक्ति राष्ट्रका लागी केन्द्रीय प्रश्न बन्न गयेको छ किनकि त्यो केन्द्रविन्दुमा छ। हमास-इजरायल युद्ध लाई बुझ्न अतीतका अरब -इजरायली युद्ध इतिहासलाई अध्यन गर्नु आबश्यक हुन्छ।

हमास-इजरायल युद्ध आकस्मिक होइन। इशाई, इस्लाम र यहूदी धर्मको पबित्र स्थल बनेको “येरूसेलम”का लागि धार्मिक युद्ध सुरू भयेको हो।यी तिनवटै धर्मको मूलपुरूष “अब्राहम “हुन।इश्लाम धर्ममाअब्राहमलाइ”इब्राहिम”भन्दछन।हमास-इजरायल युद्ध त्यसैको एउटा निरन्तर कडि हो।हमासले गरेको आक्रमणलाई इजरायली प्रधानमन्त्री नेतन्याहुले “सभ्यता” र “बर्बरता”को बीचको युद्ध भनेको छ र सत्य इजरायलको पक्षमा भयेकोले जीत आफ्नै हुने बताएका छन।अमेरिका र यूरोपीयन यूनियनको आडमा प्यालेष्टाइनी जनता माथि गरेको बर्बरता र प्यालेष्टाइन राज्यको समाप्ती इजरायलको लागी ठूलो गौरबको कुरा थियो र छ पनि।धर्मको नाममा हुने युद्धहरु जुन कलेबरमा भयेपनि त्यस्मा भूगोल,प्राकृतिक श्रोत र रणनीतिक लक्ष लुकेको हुन्छ।हजारौ हजार प्यालेष्टाइनीहरूमाथि अन्धाधुन्ध आक्रमण,अस्पतालमा आक्रमण, बूढाबूढी र बालबालिकामाथिको आक्रमण,खानापानी बिजुली बन्द,संचारका माध्यमहरू काटिएर बाकी संसारबाट गाजा पट्टिलाइ अन्धकारमा राख्नु , 12000 जति मान्छेलाइ मार्नु र लाखौ बस्ति र घर खण्डहर बनाउनु के त्यो बर्बरताको युद्ध होइन?इजरायल तिर भने करिब 1200को हाराहारीमा इजरायलीहरू मारिएका छन।गाजामाथि 50औ हजार टन बमबारी गोला हानिएको छ।खै कहा छ यूएन?कहाछ मानब अधिकारबादी संस्था? रेडक्रस कहाछ ? आइएनजीओहरू कहाछन?अमेरिका स्वयं युद्धमा आउनु बिडम्बना नै हो।ति संघ संस्थाहरूले इजरायलको सेवा गरि रहेका छन।हमासले अरू देशको जमिन मागेको होइन, आफ्नो हराएको भूमिको माग गरेको हो।आफ्नो राज्य खोज्ने संघसंस्थालाई के आतंककारीको बिल्ला लगाउन मिल्छ?त्यही अमेरिका हो जस्ले ओसामा बिन लादेनलाई “कम्युनिज्म”बिरूद्ध प्रयोग गर्यो।समाजबादको बिघटन पछि त्यहि लादेन अमेरिकाको लागी घाँडो आइलाग्यो जस्ले अमेरिका बिरूद्ध जेहाद छेड्यो ।साम्यबाद पछि अमेरिकिको दुश्मन मुस्लिमहरू हुन।त्यस्लाइ आतंकबादको बिल्ला लगाइयो र उस्को हत्या अमेरिकाले नै गर्यो।अमेरिका र बेलायतले 1948मा प्यालेष्टाइनीहरूलाइ थोरै भूमि दिएर इजरायल राज्य घोषणा गरियो।अमेरिका र यूएनले तुरून्तै मान्यता दिए।तर अरब मुलुकहरूले त्यो निर्णयलाई मानेन।युद्ध भयो,करिब 7 लाख 50 हजार प्यालेष्टाइनीहरू मारिए।प्यालेष्टाइन झन खुम्चियो।नेतन्याहूको गाजालाई 2दिनमा नै पाताल लोक पुर्याउने कसम त्यति सजिलो छैन।”बिभाजन गर र शासन गर”को नीतिले अहिले काम गर्ला जस्तो देखिन्न। हमासका पक्षमा मुस्लिम राष्ट्र मात्र होइन रूस चीन जस्ता महाबलि शक्ति राष्ट्रहरू पनि इजरायली हस्तक्षेपका बिरूद्ध छन।युद्ध एकचोटी हार्दैमा त्यो फेरिफेरि नया रणनीति अनुसार अगाडी आउन सक्छ भन्ने कुरा बुझ्न त्यति कठि छैन।

इशाई, इस्लाम र यहूदी धर्मको पबित्र स्थल “यरूसेलम”भयेकोले त्यो पबित्र स्थल आफ्नो मात्रै हो भन्ने दावी गर्दा ती तिन धार्मिक समूहबीच बेलाबेलामा युद्धहरू बिगत इपु 3हजार सालदेखि हुदै आयेका छन।परंपरा,बिस्वास र आस्थाहरूलाई धार्मिक आबरण दिइएको छ जस्लाइ उनीहरूले आफ्नो अस्तित्वको बिषय बनाएका छन।यसरी मिथकहरू र कल्पनाहरूमाथि अलौकिक शक्ति आरोपीत गरेर त्यस्लाइ बास्तबिकतामा परिणत गर्न खोजी रहेका छन,जस्ले युद्धलाइ निम्त्याउछ।त्यो केबल भ्रम मात्र हो।

यहुदी,इशाई र इश्लाम यी तिनै धर्मले “अब्राहम ” वा “इब्राहिम”लाइ इस्वर (प्रभू) मान्दछन।यहुदीको मूल पुस्तक “बाइबल “(जुन इतिहास होइन)धर्म र पूजाको सर्वोच्च प्रभाब इस्वरको प्रभावबाट लेखिएको मान्दछन।यहुदीको अर्को धार्मिक ग्रन्थ “तोरेत” हो जस्मा प्रभूले यहूदीहरूलाइ एउटा इजरायल (यहूदी)राज्य दिनेछन भनेर घोषणा गरिएको छ।इजरायल कुन ठाउ हो केही तोकिएको थिएन,तर त्यही कुरा धर्मको रूपमा प्रचारप्रसार गरियो।”यहुदा”बाट यहूदी भयेको हो जुन यहूदा इपू 33 सय बर्ष अगाडी मीश्रमा जन्मेका थिए।त्याहा यहूदीहरूको हत्या गरियो।मिश्रबाट गयेर उनीहरू “साइनाइमा” 4सय बर्ष बसे।त्याहाबाट पनि उनीहरू यत्रतत्र लागे।हजरत ” मूसा”इपू 1030मा इजरायलका राजा भये। 990 इपुमा” डेभिड “येरूसेलम”का राजा भये ।इपू  960 मा “सोलोमोन”येरू सेलमका राजा भये र एउटा पबित्र मन्दिर बनाए,जस्लाइ “माउन्ट टेम्पल”भन्दछन ,त्यो पहिलो पबित्र मन्दिर थियो। राजा सोलोमोनलाइ अरबीहरूले”सुलेमानी”पनि भन्दछन।इजरायली अधिराज्य 2भागमा बिभाजित गरियो: “इजरायली अधिराज्य “र “जुडा अधिराज्य “579 इपूमा इजरायलमाथि आक्रमण गरी हजारौ यहूदीको कत्लेयाम गरीयो र यहुदीको प्रथम पबित्र मन्दिर भत्काइयो।बाचेका यहूदीहरू भागाभाग गरे।”साइरस द ग्रेट”ले येरूसेलम माथि आक्रमण गरे। यहूदीहरूलाई दोश्रो पबित्र मन्दिर बनाउन दिइयो।बेबिलोनले पनि “येरूसेलम” माथि शासन गरे र उनीहरूले यहूदीहरूको दोश्रो पबित्र मन्दिर फेरि भत्काए।अहिले त्याहा त्यो मन्दिरको” दिवार” पर्खाल मात्र छ जहा यहूदीहरू गयेर टाउको पर्खालमा राखेर पूजा र ध्यान गर्दछन साथै रून्छन पनि। रोमन र पर्सियन साम्राज्यले “येरूसेलम”माथि बिजय प्राप्त गरे।पछि अलेक्ज्यान्डर द ग्रेटलेपनि”येरूसेलम “मा शासन गरे। प्यालेष्टाइनलाइ कैनान देश पनि भनिन्छ,कैनान स्वतन्त्र देश थियो। रोमन साम्राज्यले6सय बर्षसंम इजरायलमा शासन गर्यो। “अटोमन”साम्राज्यले पुनः इजरायलमाथि साम्राज्य खडा गर्यो।त्यो बिशाल अटोमन साम्राज्यलाइ पराजीत गरी बृटिश साम्राज्यवादले प्यालेष्टाइन माथि आधिपत्य जमायो।

त्यसै बेला प्यालेष्टाइनको (कैनान)बेथलम सहरमा जेजस क्राईष्टको जन्म भयेको थियो।क्राइष्ट स्वयं यहूदी थिए।उनले नया धर्म संप्रदायको बिकास गर्न खोज्दा,क्राइष्ट प्रति यहूदिहरू असहिष्णु देखिए।मुसाको” पूरानो बसियतनामा”(old testament)का बिरूद्ध इशाईहरूले “नया बसियतनामा”(New testament)पुस्तक बाइबल निकाले।क्राइष्टलाई ईश्वरको पुत्र बनाइयो।क्राइष्ट इजरायलमा जन्मे हुर्केका “येरूसेलम”मा उपदेशहरू दियेका थिए। सन 33मा जेसस क्राइष्ट पापीहरूको लागी क्रसमा झूण्डिएको भन्ने काल्पनिक कुरा “बाइबल “मा लेखिएको छ।तर उनी यहूदि “जुडास”को षडयन्त्रबाट मारिएका थिए। इतिहासले प्रभु येशुलाइ काल्पनिक पात्र मान्दछ।उन्को जादू र चमत्कारमा भनिएको छ कि उनले बिरामिलाइ छुने बित्तिकै सन्चो हुने,आखा नहुनेलाइ आखा दिने,समुद्रमा पौडि खेल्न सक्ने,मरेको मान्छे बिउझने,कठिनकाम पनि सजिलै गर्न सकिने भ्रमहरू सृजना गरिएको छ।उनीहरूले चर्चमा गयेर प्रार्थना गर्दछन।यहूदी ईशाइ र ईस्लाम ती सबै पन्थले मूर्ति पूजाको बिरोध गर्छन ।उनीहरू एकेस्वरबादी हुन । क्राइष्टहरूले पनि “येरूसेलम”लाइ पबित्र स्थल मान्दछन।पहिलो शताब्दीमा ईशामसीहले प्यालेष्टाइन (कैनान)मा इजरायली राज्य हुने भबिष्यबाणी गरेका थिए।इशाईहरूले “अब्राहम “लाइ नै मूलदेबता मान्दछन।ईशाइ धर्ममा आकाशीय पौराणिक कथाहरूको तत्व थिए।नया बाइबलमा क्याथोलिक र गैर ईशाइ अप्रमाणित रचनाहरू छन।ख्राइष्टलाइ “टाइबेरियसको”शासनकालमा हामन महाअभियोक्ता “पोन्टियस पाइला रेल “ले मृत्युदण्ड दिए पनि भनिएको छ।त्यस्बेला “ईशा”नामक एउटा बुद्दिमान मान्छे थियो होला।संभबतःमृत्यु दण्ड पाउनेमा त्यहि “इशा”हुनुपर्छ।ईशाको जन्म स्थान प्यालेष्टाइन नभयेर यहूदी “डायस्फोरा”थियो भन्ने छ।यहूदीहरू इशाईका शत्रु थिए।ख्राइश्टहरूले पीतारूपी इस्वर,पुत्ररूपि इस्वर र पबित्र आत्मा मान्दछन। इशाई हरूले “जस्थ्रुष्ट”धर्म र “इस्लाम” धर्मसंग युद्ध गरे ।”क्रस(बाइबल)चिन्ह”र “तरबार”लिएर इशाई धर्मको प्रचारप्रसार गरे।त्यसैकारण बिस्वमा ईशाइ धर्म एक नम्बरमा आउछ।

ईश्लाम धर्मको जन्म छैठौ शताब्दीतिर भयो।अरबी भाषीहरूले ईश्लाम धर्म अङ्गाले,इस्लाम धर्म त्यति कल्पनामा आधारित छैन।ईश्लाम धर्मका प्रबर्तक “पैगम्बर महम्मद”हुन।उनी मक्कामा जन्मेका थिए।उनलाई अल्लाहले दिब्यग्यान दिएका थिये भनिन्छ।”मुसा”को पन्थ जस्तै मुस्लिम हरूको कुरान र ईशाको नया बाइबलको दोस्रो संस्करण हो।”महम्मद” अनपढ भयेकोले हुन सक्छ उन्का उपदेशहरूलाइ संकलन गरियो जस्लाइ “कुरान”भनिन्छ।पैगम्बरसंग ईश्वर को आदेश पुर्याउन”फरिस्ता जिब्रील”द्वारा स्वयं “महम्मद”लाई लेखिएको पबित्र पुस्तक घोषित गरियो।ईश्लाम भनेको “आत्मसमर्पण ” हो । महम्मद अल्लाहका रशूल(दूत)हुन।मदिनाबाट उनी मक्का गये।मक्काबाट महम्मद घोडामा उडेर “येरूसलेम”गये।त्याहाबाट उनी स्वर्ग गये ।उनले टेकेको भूमिमा पबित्र मश्जिद “अल अक्सद मस्जिद ” बनाइयो। त्यसैले “येरूसेलम”इस्लामहरूको लागी पनि महत्वपूर्ण हुन गयो।इस्लाम, यहूदी र ईशाइ पन्थको एउटै पबित्र स्थल भयेकोले आआफ्नो दाबी अनुसार जेरूसेलमको लागी लामो समय संम धर्म युद्ध भयो। इसाईहरूले अरू धर्ममाथि आक्रमण गरेर आफ्नो धर्म भन्दा अरूलाई निचा देखाउन खोजे।त्यस युद्धलाइ “क्रूसेड” भन्दछन । “क्रूसेडर”को लडाइ सय बर्ष जति चल्यो जस्मा धर्मको नाममा ब्यापक रक्तपात भयो,लाखौ मानिसहरू मारिए।जहा महम्मद ले टेकेका थिए त्यस्लाइ “डोम अफ द रक” भन्दछन।तिनवटै धर्मको केन्द्र “येरूसलेम” हुन गयो जुन 35 एकड भूमिमा फैलिएको छ।इशाईहरूले “येरूसेलम”लाइ “होली अफ द होलियष्ट प्लेस” भन्दछन।

18औ  र 19औ शदीमा इजरायलको स्वतन्त्रताको कुरा उठ्यो ।  1897 मा यहूदीहरूले “The Zaionist organisation forhomeland”निर्माण गरे। अमेरिका र बेलायतको योजनामा 1948 मा इजरायल राज्यको गठन गरियो। सारा संसारबाट यहूदीहरू इजरायलमा खनिए।तर आदिबासी अरबी प्यालेष्टाइनीहरू शरणार्थी भये।उनीहरू अल्पमतमा परे।

बेलायती साम्राज्यको बेला द्वितीय बिश्व युद्ध चलेको थियो। प्यालेष्टाइन अंग्रेजको अधिनस्थ हुदा बेलायतले यहूदीहरूलाइ इजरायली राज्य निर्माण गर्ने बचन दिएको थियो, शर्त यो थियो कि यहूदीहरूले युद्धमा बेलायतको तर्फबाट लडोस।यहुदी र बेलायत बीचको त्यो घोषणालाइ “वालफोर्ड”घोषणा भनिन्छ।इपू नबौ शताब्दीमा इजरायल थियो प्यालेष्टाइन थिएन,1917संम आइपुग्दा प्यालेष्टाइन थियो इजरायल थिएन।त्यस्कारण यहूदीहरूले आफू स्वतन्त्र हुन बेलायत, फ्रान्स र अमेरिकासंग सहयोग मागे।फलस्वरूप 1948मा इजरायल स्वतन्त्र घोषणा गरियो।प्यालेष्टाइनको मुद्दा अगाडी सारिएन।प्यालेष्टाइनीहरू आफ्नै देशमा शरणार्थी हुन पुगे। प्यालेष्टाइनलाइ छुट्याइएको भूमि इजरायलले आफूमा गाभ्दै गयो। अरबीयनहरू प्यालेष्टाइन भूमिका लागी पटक पटक युद्ध गर्दै रहे,तर हारमाथि हार बेहोर्दै गये।1956मा मीश्रले स्वेज नहर राष्ट्रियकरण गर्यो। आफ्नो हित बिपरित भयेकोले अमेरिका र फ्रान्सले स्वेज नहरलाई राष्ट्रियकरण गर्न दिएनन र मीश्रमाथि उनीहरूले हमलागरे।अरबहरूले फेरि हारे। 1967 मा ब्यापक तयारी साथ इजरायलले सीरिया, जोर्डन, मीश्रसंग 6दिने युद्ध लड्यो।साइनाइ,गोलानहाइट ,गाजा,वेष्टबैक आदी इजरायलले नियन्त्रण गर्यो। फेरि अरबीयनहरूले हारे।इजरायलले मध्यपूर्वमा साम्राज्यवादको आडमा त्यो क्षेत्रमा बिस्तारबादी नीति अबलम्बन गरेको थियो र छ।प्यालेष्टाइनी भूमि अरू खुम्चदै गयो।”ग्रेटर इजरायल” अगाडी बढ्दै गयो।त्यस्को लागी सैनिक,कूटनीतिक, आर्थिक, भौगोलिक र राजनीतिक रूपले इजरायल बलियो हुदै गयो।प्यालेष्टाइनीहरू स्वतन्त्रताका भोका थिए।तरअरबीयनहरू झन कंजोर हुदै गये। 1990 मा सोभियत संघको बिघटन पछि प्यालेष्टाइनीहरू अझ कंजोर भये।इजरायलका बिरूद्ध प्यालेष्टाइनीहरूले एउटा संगठन निर्माण गरे।त्यो प्यालेष्टाइन मुक्ति संगठन (PLO)थियो जस्ले प्यालेष्टाइनलाइ मुक्त गर्न सकोस।पीएलओको निशानामा यहूदीहरू थिए।तिनिहरूलाइ जहा भेट्यो त्यहि खतम गर्ने काम हुन थाल्यो।त्यस्का नेता “यासिर अराफत”थिए।निकै यत्न गर्दा पनि पीएलओले स्वतन्त्र प्यालेष्टाइन निर्माण गर्न सकेन।भीषण गुरिल्ला युद्धबाट पनि स्वतन्त्रता पाएन प्यालेष्टाइनले।त्यस्कारण प्यालेष्टाइन र इजरायल बीच नर्वेको मध्यस्थतामा “ओश्लो” संझौता भयो।इजरायल स्वतन्त्र राष्ट्र मानियो, तर प्यालेष्टाइनको वेष्ट बैङ्क र गाजा इजरायल अधिनस्थ रह्यो।त्यस्को रेखदेख,सुरक्षा, नियन्त्रण पूरै इजरायलको हुन गयो। सम्झौताले प्यालेष्टाइनी प्राधिकार(प्यालेष्टाइनी अथोरिटी)मात्र प्राप्त गर्यो।”यासिर अराफत”ले प्यालेष्टाइनलाइ बैधानिक रूपबाटै इजरायलको नियन्त्रणमा राखे।उन्ले त्यसो किन गरे बुझ्न त्यति कठिन छैन।उनी अमेरिकी प्रभाबमा परेको हुन सक्थ्यो वा उनी हतास मनस्थितिमा थिए होलान।अरबीयनहरूले मूलतः प्यालेष्टाइनीहरूले त्यो संझौता अस्वीकार गर्दै आएका छन।त्यसैले बिभिन्न प्यालेष्टाइनी समूहहरूले सानोतिनो संघर्ष गर्दै आएका छन।प्यालेष्टाइनलाइ स्वतन्त्र राष्ट्र बनाउन उनीहरूले जीबन मरणको युद्ध गरिरहेका छन।गाजा क्षेत्र निर्बल र सैनिक रूपले आधुनिक छैन भन्ने अड्कल काटेर इजरायलले उनीहरूमाथि ब्यापक हमला र दमन गर्यो। 2006 मा पनि इजरायल र प्यालेष्टाइनका बीच भीषण युद्ध भयेको थियो।लामो समयको तयारि, युद्ध सामग्रीको संकलन,कुटनीतिक संबन्ध,भौगोलिक कारण,रणनीति र छिमेकीसँग राम्रो संबन्ध, धार्मिक सहानुभूति पाएकोले इजरायलसँग युद्ध गर्न गाजा वा हमासले सुरूङ युद्ध सुरू गर्यो।हमासले7अक्टोबरमा एकैचोटी 5हजार मिसाइलबाट इजरायल संग युद्ध सुरू भयो।घाइते बाघ झै इजरायलले हमास सिध्याउने र गाजालाई दुइ दिनमा नै माटोमा मिलाउने कसम खाएको इजरायलले युद्ध सुरू भयेको 35औ दिन संम पनि सघन युद्ध जारी राखेको छ।इजरायल भीत्र र गाजा क्षेत्रमा “आइडिएफ”ले मात खानु परिरहेको छ।गुरिल्ला युद्ध ,मिसाइल,हवाइ आक्रमण,जलयुद्ध,परमाणुबम र मोर्चाबद्ध युद्धले कतै बिस्वयुद्धको रूप नलिओस।यो इजरायल र अमेरिकाको हातमा छ।हमास न्यायपूर्ण युद्ध लडिरहेको छ भन्न केही संकोच मान्नु पर्दैन।

प्रतिकृया दिनुहोस्