Pokharapatra National Daily

तिहारको शुभकामना

हिन्दुहरुको ठूलो चाड तिहार शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका साथै गाई गोरु र गोबरको पूजा गरिन्छ । पशुपंक्षी र जनावरको समेत पुजा गरेर प्रकृतिसंगको सम्बन्ध तिहार हो । धनकी देवी लक्ष्मीको पूजा गर्दा धनधान्य हुने विश्वास गरिन्छ । तिहारलाई फूलको चाड पनि भन्ने गरिन्छ । तिहार उज्यालोको पर्व पनि हो । पाँच दिनसम्म घर झिलिमिली पारेर उज्यालो बनाईन्छ । अहिले बजारमा जताततै उज्यालो बनाएर सबैले मनाउने चाडको रुपमा बिकास हुदै गएको छ । तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टिका र माला लगाएर दिर्घायूको कामना गर्दछन् । तिहार दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर पनि हो ।
हाम्रो मौलिक चाड तिहारको पाँच दिन घरको ढोकामा तेल हाल्ने र साझ दियो बत्ती बालेर झिलीमिली बनाउने गरिन्छ । तिहारमा साथीसँगी मिलेर देउसी भैलो खेल्ने गरिन्छ । तिहारको बेलामा देउसी भैलो खेलेर रकम संकलन गर्ने उपयुक्त मौका पनि हो । जाजरकोट केन्द्र भएर गएको भूकम्पको कारण संस्था वा समुदायले जनतासंग पैसा उठाउने निहुँ बन्नु हुँदैन । विगतमा संघसंस्था, क्लब, आमा समूह, राजनैतिक पार्टी र तिनका भातृसंस्था सबैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गर्ने गरेका थिए । देउसी भैलोको मौलिक र सांस्कृतिक पक्ष हराउँदै जाने र पश्चिमा संस्कृतिको अन्धानुसरण गर्ने चलन बढेर गएको छ । चाडपर्व भनेको घरपरिवारका सबै मिलेर रमाइलो बनाउने हो । चाडपर्व हो केही हुदैन भन्ने हेलचक्र्याई गर्ने अवस्था छैन । सरकारले देउसी भैलो राति खेल्न आग्रह गरेको छ ।
पटका नपट्काउन, जुवातास खेल्न रोक लगाएको छ । कानुनले रोक लगाएको मात्र होइन समाजलाई बर्वाद पार्ने काम नियन्त्रण गर्न सरकारले जारी गरेको आदेश पालना गर्नु सचेत नागरिकको कर्तव्य हो । त्यस्तै पटका, भुइँचम्पा पड्काएर आतंकित पार्ने काम शहर वजारमा बढी हुने गरेको छ । प्रहरीले अवैध रुपले ल्याईएका त्यस्ता पटका र बिस्फोटक पदार्थ समातेको यदाकदा समाचार पनि आउने गरेका छन् । तर रोकिने भन्दा भित्रिने बढी हुने गरेको भान परेको छ । त्यसवाट आगलागी हुने र शरिर नै अंगभंग हुने किसिमका गतिविधि पनि शहरी क्षेत्रमा बढ्दै गएका छन् । यसलाई नरोकेसम्म रमाइलोको बेला नरमाईलो भईरहने छ ।
तिहारकै बेला नेवार सम्प्रदायले आत्मसुद्धि गर्ने, म्ह पुजा गर्ने र नयाँ वर्ष नेपाल सम्वत् मनाउने गर्दछ । नेपाल सम्वत्को महत्व संखधर शाख्वाले काठमाडांैवासीको ऋण तिरिदिएको हुँदा उनैलाई सम्झने दिन पनि नेपाल सम्वत् हो । नेपालको आफ्नै मौलिक सम्वत् पनि तिहारकै बेलाबाट शुरु हुने हुँदा नेपाल सम्वत ११४४ को शुभकामना । तिहारलाई सबैले स्वास्थ्य सुरक्षा पालना गरेर खुशी र रमाइलोसँग मनाउन सकौं हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देशविदेशमा रहनु भएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...