Pokharapatra National Daily

गाइजात्रा विस्तार

नेवार समुदायले काठमाडौं उपत्यकामा मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । गाईजात्रालाई सांस्कृतिक पर्वको रुपमा मनाइने गरिएको छ । काठमाडौं उपत्यका लगायत बनेपा, पनौती, धुलीखेल, पोखरा, तानसेन, बुटवल, गोर्खा, नारायणगढ, धरान, धनकुटा, विराटनगर, भद्रपुर लगायतका शहरहरुमा गाईजात्रा मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ । यस वर्षदेखि देशभरका नेवार समुदायलाई विदा पाउने भएका छन् । गाइजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित नरही देशब्यापी बनेको छ। । गाईजात्राले जन्मपछि मृत्यु अवश्य हुन्छ जीवनको अनिवार्य प्रकृया हो भनेर बुझाउने काम गर्दछ । मृतकको फोटो सहितको झाकी, बाजागाजा, गाई र व्यङ्ग्यात्मक प्रर्दशन गराउने चलन राजा प्रताप मल्लले चलाएका थिए । प्रताप मल्लका नावालक छोराको मृत्यु पछि रानी विक्षिप्त भईन । उनलाई केही गरि सम्झाउन नसकेपछि राजा प्रताप मल्लले एउटा उपाय रचे । त्यस वर्षभरी राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाई सहित दरवार अगाडि रानीले देख्ने गरि जात्रा निकाल्न आव्हन गरेका थिए । त्यही वेलादेखि गाईजात्रा निकाल्न थालिएको हो । गाईजात्रा नेपालको सास्कृतिक पर्वको रुपमा मनाउने गरिएको छ । समाजमा व्याप्त विकृति, विसंगति, कुरीति र कुशासनलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रकट गर्ने पर्वको रुपमा गाईजात्रालाई लिने गरिएको छ । देशमा राजनीतिक मुल्य र मान्यता सबै भत्केको वेला सधै गाइजात्रा भएको छ । गाईजात्रामा व्यङ्ग्य, सा“स्कृतिक झा“की, नृत्य लगायत विभिन्न कार्यक्रम गरी मनाइन्छ । नेवार समुदायमा मनाइने गाईजात्रा पर्वले नेपालको सा“स्कृतिक महत्व राख्दछ ।
नेपालका मौलिक संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा गाईजात्राको महत्वलाई जोगाई राख्नु संस्कृतिकर्मीहरुले पहल गर्नुपर्ने बेला भएको छ । गाईजात्रामा प्रदर्शन गरिने व्यङग्य, सांस्कृतिक नृत्य तथा झा“कीले यस्को महत्व झल्काउने गर्दछ । हाम्रो शासन व्यवस्था, सामाजिक आर्थिक तथा सा“स्कृतिक क्षेत्रको विकृति एवं विसंगतिलाई बर्षको एक पटक गाईजात्राको बेलामा हास्यव्यङ्ग्य, कार्टुन, झा“की, नृत्य प्रदर्शन गरिन्छ । सजिलै विरोध जनाउन वा चित्त नबुझेको कुरामा टिप्पणी गर्न सधैं नसकिने हुदा“ गाईजात्राको बेला गर्दा सहज हुने गर्दथ्यो । अहिले विभिन्न सञ्चारका माध्यमवाट विरोध जनाउन सकिने अवस्था छ । विरोधलाई रचनात्मक वा सृजनात्मक रुपले जनतासामु ल्याउने अवसर भनेकै गाईजात्रा हो । देशको शासन व्यवस्था, राजनैतिक दलका नेता, प्रशासक, न्यायामुर्ति, सुरक्षाकर्मी, उद्योगी, व्यापारी एवं विभिन्न पेशा व्यवसायका अगुवाहरुको बारेमा टिप्पणी गर्ने अवसर नै गाईजात्रा हो । गाईजात्राको माध्यमबाट व्यङगकारहरुले आफ्नो प्रतिभा देखाउने, प्रहसन गर्ने, क्यारीकेचर गरेर मनोञ्जन दिन पनि सकिन्छ । नेपालमा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेण्टी गरे पनि कानुन वनााएर संकुचन वनाउन खोजिएको छ । एक हातले दिएर अर्को हातले खोस्ने काम नहोस भनेर खवरदारी गर्नुपर्ने बेला आएको छ ।
वर्ष दिनमा एक पटक देशको अवस्थाबारे जनताले बुझ्ने मौका गाईजात्रा हो । तर अहिले गठबन्धन सरकार, राजनैतिक दलका नेता, मन्त्री, राष्ट्रसेवक, प्रशासक, सुरक्षाकर्मी, व्यापारी लगायत विभिन्न पेशाका व्यक्तिहरुले गरेको व्यवहारले बर्षभरी नै गाईजात्रा मनाए जस्तै भएको छ । देशको हरेक क्षेत्रको गतिविधि गाईजात्रे पाराले चल्दै आएको हुदा जनताले परिर्वतनको अनुभुति गर्न पाएका छैनन् । देशमा सरकार छ तर जनताले सरकारबाट आहत पाएका छन।गठबन्धन सरकारका कारण प्रशासन कमजोर छ । एउटै दल पनि गुट र उपगुटले ग्रसित भएका छन । सत्ताको खेलमा रमाइरहने नेता र पदको लागि पार्टी, सिद्धान्त, मुल्य मान्यता तिलान्जली दिने संसद कारणदलीया व्यस्थालाई नै काम नलाग्ने होकि भन्ने अवस्थामा नेताहरुले पु¥याएका छन । मिलेर बसेकाहरुलाई आपसमा लडाउनेहरु सकृय हुन थालेका छन् । भ्रष्टाचार मौलाएको छ । नेपालको आर्थिक अवस्था कमजोर छ।। आर्थिक अवस्था कमजोर भएको बेला कसरी जनतालाई राहत दिने, आर्थिक गतिविधि चलायमान गराउने र सुरक्षाको प्रत्याभूति दिलाउन छोडेर नेताहरु गाली गलौजमा उत्रिएकछन देश र जनताको हितमा एक हुनुपर्ने बेला आपसमा मनमुटाव देखाएर महागाईजात्रा प्रदर्शन गरेका छन् । व्यङ्गकार, कलाकारले देखाउने गाईजात्रा सिंहदरबारदेखि स्थानीय तहसम्म आईपुगेको छ । हरेक क्षेत्र गाईजात्रे तरिकाले चलेकाले नेपालको अवस्थाले देशको पहिचान पनि हराउने हो कि भन्ने आशंका बढेर गएको छ । देशमा व्याप्त कुशासन, भ्रष्टाचार, अत्याचार, भेदभावको अन्त्य गरी सबै जातजातिको संस्कृतिको संरक्षण र संवद्धन गर्न, सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारवाही गर्न र न्यायपूर्ण समाज निर्माण हुन सकेमा साँस्कृतिक पर्वको महत्त्व बढ्नेछ ।

प्रतिकृया दिनुहोस्

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...

गण्डकीमा बहुमतकै सरकार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी दोश्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त...