Pokharapatra National Daily

छठ पर्वको शुभकामना

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेशमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास छ । मानवजातीका सबै समस्या निराकरण हुने बिश्वास गरिन्छ । धनी गरिब एकै ठाउ“मा बसेर चाड मनाउँदा सामाजिक विभेद हट्दै जान्छ ।
छठ पर्व भव्य रुपले मनाउन नदी, तलाउ, पोखरी लगाएतका ठाउँमा सजावट गर्ने काम तिव्र रुपले भएको छ । घाट सजाउन र विजुलीले झिलीमिली बनाइएको छ । तराईका बजारहरु छठका लागि आवश्यक पर्न बाँस र माटोबाट बनेका सामाग्री, फलफूल र पूजाका सामग्रीको व्यापार हुने गर्छ । वाँसवाट निर्मित नाङ्लो, ठेकी, चंगेरी आदि सामान आवश्यक हुन्छ । माटोवाट निर्मित पाला, हाते घैला लगायतका सामाग्री र महिलाले लगाउने वस्त्र र गहनाको विक्री हुने अवसर पनि हो छठ । यसपटक कोरोना महामारीको कारण बिक्री कम भएको छ।स्थानीय प्रशासन र छठ पुजा ब्यवस्थापन समितिले सामाजिक दुरी कायम गरेर,नदि ,पोखरी,तलाउमा नजान र स्वास्थ्य सुरक्षा अपनाएर मनाउन आग्रह गरेका छन।सकभर घरमै बसेर छठ मनाउन आग्रह गरेपनि तराईका नदि ,तलाउ,पोखरी छेउलाई सिङ्गारिएको छ।छठको रौनक बढाइरहेको छ। छठको वेलामा सात्विक भोजन गरिन्छ । तामसी भोजनमा बर्जित हुने चाड पनि हो छठ । तराईमा उत्पादन हुन नसकेका सामान भारतबाट समेत ल्याइएका छन् । नेपालको तराई मधेशमा मात्र सिमित रहेको छठ पर्व केहि वर्षयता काठमाडौं र पोखरा लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।
छठ तराईबाट पहाडमा बिस्तार भएको छ । देशका सबै ठाउँमा मनाउनु भनेको संस्कृतिको बिस्तार भएको मान्न सकिन्छ । कतिपय चाडपर्व एक देशबाट अर्को देशमा पनि मनाई रहेको बेला एकै देशको संस्कृति बारे सबै नेपालीले थाहा पाउनु बहुधार्मिक, बहुसा“स्कृतिक भएको देश हो भन्ने प्रमाण हो । तराईबासीहरु नेपालका जुन ठाउ“मा बसे पनि छठ मनाउ“न आफ्नो जन्मस्थान जाने गरेका थिए । पछिल्लो समय जुन ठाउ“मा बसोबास गरिएको छ । त्यहि ठाउ“मा छठ मनाउने गरेका छन् । यसले आपसी सद्भाव बढाउने काम गर्छ । संस्कृतिको बिस्तार एउटा समुदायले मनाईरहेको पर्व अर्को समुदायले पनि मनाउन थाल्नु अवश्य पनि सकारात्मक सन्देशको रुपमा लिनुपर्ने हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्य देवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ पर्वको दिन दिउसो अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउने चलन छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुतmी तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ । बिशेषगरी मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा कमलपोखरी, वाग्मती किनार समेत धुमधामका साथ मनाईने गरिएको छ ।कोरोना का कारण विगतको जस्तो भिडभाड नभए छठ मनाउनेको संख्या बढ्नु र देशका धेरै ठाउँमा मनाउनु छठ पर्वको महत्त्व बढ्दै जानू हो । छठ पर्वको अवसरमा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...