Pokharapatra National Daily

वडामा जाने कार्यक्रम बनाउ

प्रतिनिधि सभा विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित मात्र भएको छैन गाली गलौज गरिरहेका छन । आरोप प्रत्यारोपले सबैलाई हसाएको छ । यही मौकामा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा देशब्यापी प्रदर्शन गरेको छ । देशका धेरै जसो वडा, ७५३ पालिका, ३३० प्रदेश निर्वाचन क्षेत्र र १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरिसकेको छ । कांग्रेसको विरोध प्रदर्शन पालिका र वडामा कार्यक्रम गरेर जग सम्म पार्टीलाई चलायमन गराउन सकेको कांग्रेसको विरोधका कार्यक्रम प्रतिनिधि सभा विघटन सदर भए निर्वाचनमा भाग लिन सजिलो हुनेछ खालका छन । चुनावको तयारी वडाबाट गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको भन्दै चुनावी तयारीको छ ।
संसद विघटनको विरोधमा देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने अडान राख्दै आएका छन । कांग्रेसका केही नेता निर्वाचनको विरोधमा छन । प्रधानमन्त्रीले घोषणा गरेको मितिमा चुनाव गराउदैनन कि भन्ने आशंका गरेका छन । चुनाव नगराएमा सडकबाट हटाउने चेतावनीसमेत दिएका छन । विघटनको पक्ष र विपक्षमा सडकबाट अदालतलाई दवाव दिने कामको विरोध पनि देउवाले गरेका छन । अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन भन्ने देउवाको धारणासंग कांग्रेस ठूलो हिस्सा सहमत देखिदैन । देउवाले सबैले अदालतको निर्णय पर्खिनुपर्छ भनिरहँदा कांग्रेस निकट वकिल भने सडकबाट निर्णय गराउन दवाव दिदैछन । चुनावमा भाग लिन विपक्षी दल तयार देखिँदा हिजो सरकारमा रहेका सहयोद्धा चुनावको विरोध गरिरहनु बुझिनसक्नु हो । कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्न तयार छ भनेर सडकबाट दवावको घुमाउरो तरिकाले विरोध गरेकोे छ ।
अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने कांग्रेसको विश्वास छ । शुरुमा चुनाव हुन सक्दैन भन्नेहरू पनि अब जनताको अदालतमा जान तयार रहेको भन्नू लोकतन्त्रमा जनता भन्दा अरु कोही बलियो छैन भन्नू हो । अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका छ।प्रधानमन्त्री ओलीले चुनावमा भाग लिन जनता तयार छन भन्ने सुदूरपश्चिमको धनगढी सभाले दिएको छ । विभाजित नेकपा देखि मधेस केन्द्रीत दलका विरोधका कार्यक्रम चुनावका लागि तयार रहने खालका छन।निर्वाचन आयोगले निर्वाचनको लागि गरेको तयारी पनि ताजा जनादेशका लागि दलहरू तयार हुन्छन् भन्ने छ । दलहरूले काठमाण्डौमा कार्यकर्ता उतार्नु भन्दा वडा सम्म जाने कार्यक्रममार्फत कार्यकर्ता धेरै परिचालित हुन्छन् ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...