Pokharapatra National Daily

रंगको पर्वको महत्व बढ्दै

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइने गरीन्छ । तराइमा भने त्यसको भोलीपल्ट मनाइने गरिन्छ । फागु पर्वमा विभिन्न रंग दलेर मनाउने गरिन्छ । फागु पूर्णिमा धार्मिक कथासँग जोडिएको पर्व हो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले हुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होल्लिकालाई प्रल्हदका साथ दन्किरहेको आगोमा पस्न लगाउदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा फागुसँग जोडिएको छ ।
शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको मानिन्छ । द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न मामा कंशद्वारा पठाइएको राक्षस्नी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिइन । पुतनालाई गोपालवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख छ । अनेक मिथकमा आधारित फागु वा होली हाम्रो मौलिक पर्व हो । फागु वा होलीलाई रंगको पर्वको रुपमा समेत मनाउने गरिन्छ । नेपालका हिमाल, पहाड र तराइमा मनाउने गरिन्छ । मुस्ताङमा थकालीहरुले तोरन्त भनेर मनाउँछन् । फागुमा प्रयोग हुने रंगमा रातो रंगलाई विजयको प्रतिक मानिने गरिन्छ । होलीका दहनलाई सत्यको विजय भएको ठानी विजयप्रकट गर्ने रातो रंग प्रयोग हुने गरेको छ । निलो रंग मानवता र धैर्यतालाई दर्शाउँछ । पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रंग हो ।
होलीले मानिस अनि रंगहरुवीचको सम्वन्ध र रंगले पार्ने उत्साह वा बारेमा व्याख्या गरेर रंगको पर्वको रुपमा लिने गरिएको छ । यो पर्व नेपालको सबै भूगोल, हिन्दु, बौद्ध र मुस्लिम धर्म मान्नेले पनि मनाउने गरेका छन् । सबै उमेर समुहले फागु मनाउने गर्दछन् । फागु पर्वमा पहाड र तराईमा छुट्टाछुट्टै दिन सार्वजनिक विदा दिने गरिएको छ । सबै समुदायका नेपालीवीच एक आपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सघाउँदै आएको छ । चाडपर्वहरु मनाउँदा त्यसको ऐतिहासिक र सांस्कृतिक महत्ववारे जानकारी दिने काम कम हुँदै गएको छ । हरेक चाडपर्व अहिले व्यापार गर्ने माध्यम भएका छन् । खेतवारी, जंगल या प्रकृतिमा उम्रेका या भेटिने प्राकृतिक रंग प्रयोग गरेर खेलिने फागु आयातित रंगको प्रयोग हुने गरेको छ । मानव स्वास्थ्यमा असर पार्ने रंगको प्रयोग गर्ने, टिसर्ट बनाएर बेच्ने, मादक पदार्थ र पेय पदार्थ बेच्ने अवसरको रुपमा लिने गरिएको छ ।
रंग दल्ने भन्दा पिचकारी छ्याप्ने काम भएका छन् । हाम्रा संस्कृतिमाथि एकपछि अर्को अतिक्रमण भएको छ । पर्वहरु हाम्रो जीवनका पर्याय हुन् । पर्व मनाउँदा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्ने गरिन्छ । पूजीवादले मानवको स्वास्थ्य, दिर्घायू र खुशी भन्दा व्यापारलाई जोड दि“दा पर्वमा विकृति भित्रीएका छन् । आयातित सामानले मौलिकता हराउ“दै गएको छ । पर्व बुझेर मनाउने र मानव जीवनलाई असर पु¥याउने रंग र अन्य बस्तु भन्दा प्राकृतिकको प्रयोग गरेमा पर्वको सान्र्दभिकता वढेर जानेछ । बजारको लहलहैमा बस्तु र सामाग्रीको प्रयोग गरेमा स्वास्थ्यमा असर पुग्ने र मौलिकता हराउदै जान्छ । ।हामीले मनाउने चाडपर्वको महत्त्व बुझ्नु र बुझाउनुपर्छ । बुझेर मनाउन सकेमा चाडपर्वको महत्त्व बढेर जानेछ ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...