Pokharapatra National Daily

समृद्धिका सारथीको स्मरण

कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको चार वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको कामले धेरैलाई स्मरण गराईरहेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यू भएको थियो । पर्यटनमन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बिरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव दास, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने भन्ने ठाउँमा हेलिकप्टर दुर्घटना भएको थियो । छानबिन समितिले दुर्घटनाको कारण चालक र अन्य यात्रुलाई औल्याएको छ । देशको समृद्धिको नारा बोकेको प्रधानमन्त्रीले भरोसा गरेकोे सारथी गुमाउनु पीडा देशले भोगेको छ । देशकै चर्चित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेर नेतृत्वको क्षमता देखाएका कारण २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भएका अधिकारी कै पालामा बिद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट, साहाज्यादा पारस बिरुद्ध हस्ताक्षर संकलन, कालापानी मार्च गरेर लोकप्रिय काम गरेका थिए । अहिलेको प्रतिनिधी सभामा बिद्यालाई जिताएर रबीन्द्रलाई लगाएका आरोप जनताले खारेज गरिदिएका छन । उनको योजना कार्यान्वयन गर्न विद्यालाई जिताएका हुन । ०६२÷६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्धको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल बसेका उनी पार्टीको राष्ट्रिय परिषद् सदस्य, हुदै केन्द्रीय सदस्य बनेर नेतृत्वमा छाएका थिए ।
२०६४ देखि २०७० सालसम्म निरन्तर संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सार्वजनिक लेखा र विकास समितिको सभापति रहेर खेलेको भूमिकाकै कारण उनलाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा ल्याएको हो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भएपछि अधिकारी, नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेर कास्की र गण्डकी प्रदेशले कहिल्यै नर्बिसने छाप छोडेका छन् । उनको योगदानलाई चिरस्थायी बनाउन रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतिष्ठानले रचनात्मक काम गर्नुपर्ने मार्गचित्र ल्याएको छ । रबीन्द्रले सधै विकास र समृद्धिमा जोड दिए । त्यसैमा दत्तचित्त भएर लागे कसैप्रति आग्रह पूर्वाग्रह राखेनन् । दाउपेचको राजनीति गरेनन् ।
सरकारमा रहेको बेला पनि दाउपेचको राजनीति र अस्थीरता निम्त्याउने काम गर्नेहरु रबीन्द्रका विरुद्ध कसरी लागेका रहेछन् भन्ने खुल्दै गएको छ । रबीन्द्रले षड्यन्त्रको जालो तोड्दै जनतासँग घुलमिल हुने, सबैसँग नम्रता देखाउने, विकास निमार्णका काममा लगनशिलता र पार्टीप्रति प्रतिबद्ध रहे । नेतृत्वलाई अपदस्त गर्न खोज्ने प्रवृत्तिको सधैं प्रतिवाद गरे । रवीन्द्र स्मृति प्रतिष्ठान षड्यन्त्र, तिगडम र अनैतिक कार्यका विरुद्ध विकास समृद्धि र स्थिरताका पक्षमा पैरवी गर्नुपर्दछ । नेकपालाई विभाजित गरेर राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने, विदेशी प्रभाव बढाउने प्रवृत्ति र पात्रका विरोधमा नेपाली जनतालाई सचेत पार्ने काम भएमा रवीन्द्रले राखेको सोच र हिडेको बाटो पक्ष्याउनु अहिलेका लागि उपयुक्त हुनेछ ।

प्रतिकृया दिनुहोस्

ब्यवहारमा आउन नसकेको गणतन्त्र

नेपालमा गणतन्त्र घोषण भएको १५ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १६ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रता दिवस

पत्रकारहरु असुरक्षित हुदाँ प्रेस स्वतन्त्रता कुण्ठित हुने गर्छ । सामाजिक सञ्जालमा आएका सामाग्रीलाई संचार माध्यम ठान्ने गरिएको छ । पत्रकारको ब्यावसायिक र पेसागत सुरक्षा नहुँदा...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । १३३ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

बिर्सन नसकिने दिन

नेपालमा विनाशकारी भूकम्प गएको आठ ेवर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो...

देखावटी लोकतान्त्रिक प्रणाली

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८० सुरु भएको छ...