Pokharapatra National Daily

जीवन पद्धति बन्नुपर्छ प्रजातन्त्र

नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको त्रिहत्तर वर्ष लाग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र दाउपेच र छलछामका लागि हो कि जनताका लागि हो भन्ने निर्केयौल हुन सकेको छैन । नेपाली जनताले आफ्नो देशको विकास र स्थायित्वका लागि पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था छ । जनताको मतलाई भन्दा शक्तिकेन्द्रको स्वार्थ र पद प्राप्ति नै सबथोक ठानेर षड्यन्त्रमा चल्ने नेता र दल रहेसम्म वास्तविक प्रजातन्त्रको लागि देशभक्त नेपालीले खबरदारी गर्नुपर्नेछ । ७२ वर्षको अघि १०४ बर्षको जहानीया राणा शासन अन्त्यको घोषणा भएको दिन फागुन ७ हो । जहानीया शासन अन्त्य भै जनताले राजनीतिक अधिकार पाएको दिन हो । नेपालमा राणा शासन अन्त्य भइ २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र स्थापना भएको हो । राणा शासन अन्त्य भएपनि सम्पूर्ण शक्ति पराजीत भएको थिएन । आन्दोलनकारी शक्ति, राणा र राजतन्त्र बीच संझौता भएर प्रजातन्त्र आएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतको ठूलो साथ र समर्थन रहेको थियो । भारतको मध्यस्थतामा भएका सहमति देशको स्थायित्व र प्रजातन्त्रको संस्थागत विकास हुन सकेन। राजतन्त्रबाटै प्रजातन्त्रमाथि खतरा उत्पन्न भयो । नेपाली जनताले चाहेको जस्तो प्रजातन्त्र पाउन धेरै संघर्ष र आन्दोलन गर्नुप¥यो । २००७ सालमा राजा त्रिभुवनले जनतासामु गरेको आफ्नो संविधान आफै बनाउने घोषणा कार्यान्वयन हुन धेरै क्रान्ति ,संघर्ष भयो ।जनताको बलिदान र देशले धेरै सामर्थ्य गुमाउनु परेको छ।आएको छ । हामीले प्राप्त गरेको लोकतन्त्र÷प्रजातन्त्र जप्ने मन्त्र होइन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर पुग्ने अवस्था छैन । व्यवहारमा लोकतन्त्र छ कि छैन महत्वपूर्ण हो । नेपालका राजनीतिक दल र तीनका नेताले अपनाउने व्यवहारले लोकतन्त्र कति मजवुत छ भन्ने कुरा स्पष्ट हुन्छ । सत्तामा पुग्नका लागि नेपालका राजनैतिक दल र नेताहरु आन्दोलन गर्न सक्षम छन् । प्राप्त उपलब्धि जोगाउन नसक्दा जनताले दुख व्यहोर्नुपरेको छ ।
बहुमतको सरकार टिक्न नसक्ने अवस्था देशका लागि दुर्भाग्य हो ।नेताहरूको कुण्ठा, ईष्या, घमण्डले गर्दा लोकतान्त्रिक प्रणाली कमजोर भएको छ। जुन दलसँग बहुमत छ त्यही दलभित्र खेल्ने रोग शक्तिकेन्द्रहरुले गर्दै आएका छन् । कांग्रेसले दुइ तिहाई बहुमत ल्यउदा होस या पटक पटक बहुमत ल्याउँदा दलभित्रको आन्तरिक खिचातानीलाई खेल्ने काम गरेकै हो । नेकपाको बहुमतमा खेल्ने काम भयो । नेकपा एमालेमा खेल्ने काम भयो । नेपालमा अस्थिरता कायम राख्न सधैं एउटै प्रबृत्ति हावी भएको छ । २००७ सालदेखि २०१७ सालसम्म दलहरुबीच बेमेलले गर्दा प्राप्त उपलब्धी संस्थागत हुन सकेन । अहिले पनि त्यही अवस्था छ । जुन जनताले नचाहेको र दलहरुको प्रतिबद्धता विपरितको क्रियाकलाप हुन् । संविधान जारी भए पछि दुई पटक भएका चुनावले पनि स्थानीय तह, प्रदेश र संघीय सरकारका बारेमा जनताले सन्तुष्टि जनाउन नसक्नु विडम्बना हो ।
जनतालाई दिने सेवा र शासन सत्तामा रहनेको व्यवहारले गर्दा जुन जोगी आएपनि कानै चिरेको थैलो भिरको उखान जस्तो बन्न पुगेको छ । सर्वसाधारणलाई कानुन लाग्ने ठुला र संगठित समुहले उन्मुक्ति पाउनुनेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख मुलुक बनाउने कुरा अहिलेका गतिविधिले ठेस लागेको छ । प्रजातन्त्रमा सबैभन्दा ठूला जनता हुन्छन् । जनतामा गएर ताजा जनादेश पाउँदा पनि पहिलेकै जस्तो खिचडी सरकार बन्नु प्रजातन्त्र बलियो हुन नसकेको प्रमाण हो ।कसैले जितेको र कसैले हारेको अनुभुति नगरी जनताको जित, देशको स्वाभिमान कायम हुनेगरी शासन संचालन गर्न सके मात्र प्रजातन्त्र बलियो हुन सक्छ । प्रजातन्त्र ल्याउनको निम्ति प्राण आहुति दिने र आन्दोलनमा लाग्ने सबैलाई यस अवसरमा स्मरण गर्न चाहन्छौं । सिमित बर्गले मात्र राज्यको साधन श्रोतको दोहन गर्ने बहुसंख्यक जनता नयाँ खालका शोषण र उत्पिडनमा पर्ने हो भने लोकतन्त्र बलियो हुन सक्दैन ।
सत्तामा पुगेकाहरुले जनतालाई आफुजस्तै सम्पन्न छन् भन्ने सोचाईका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । जनताको असन्तुष्टिलाई निरंकुश र राजावादीले खेल्ने ठाउँ नदिन लोकतान्त्रिक आचरण देखाउनु आवश्यक छ । लोकतन्त्रका दुई वटा पक्ष छन्, एउटा राजनीतिक अधिकारहरू प्राप्ति, रक्षा, विकास र उपयोग हो भने अर्को, राष्ट्रिय हितहरूको संरक्षण र सम्वद्र्धन हो । प्रजातन्त्रका विषयमा चर्चा गरिरहँदा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि गरिएका आन्दोलनहरूमा योगदान गर्नेहरूप्रति उत्तिकै सम्मान र श्रद्धा गरिनुपर्दछ । प्रजातन्त्र—लोकतन्त्रलाई सत्ता प्राप्तिको दाउपेच र सडक आन्दोलनमा पोखिइरहने विषयका रूपमा नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न तथा जीवनशैली र सोचलाई लोकतान्त्रिक बनाउन सदुपयोग गरौँ । लोकतन्त्र—प्रजातन्त्र, राष्ट्रिय हित र स्वाभिमानका लागि समर्पित सबैप्रति साँचो सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...