Pokharapatra National Daily

तमु ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई ल्होसारको रुपमा मनाउने गरिन्छ । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म, संस्कति र प्रचलन अनुरुप नयाँ वर्ष मनाउने प्रचलनले नेपालको छुट्टै पहिचान दिने गरेको छ । तमु जातिले परापूर्व कालदेखि पुस १५ लाई वर्ग फेरिने दिनको रुपमा लिएका छन् । वर्ग फेरिने दिन नै नयाँ वर्षको रुपमा धुमधामसंग मनाउँदै आएका छन् । तो (बाघ) वर्गलाई विदाई गरि ह् ि मुसा वर्गलाई स्वागत गरिएको छ । देशका विभिन्न ठाउँमा मात्र होइन संसारका विभिन्न ठाउँमा रहेका गुरुङहरुले भव्यताका साथ मनाउने गर्दछन्
एशिया महादिपका केहि मुलुकहरुमा नयाँ वर्ष ल्हो पद्धतिमा प्रचलित छ । ल्हो १२ वटा हुन्छन । विभिन्न १२ वटा पशुपंक्षीहरुको नामबाट १२ वटा ल्हो (वर्ग) को नाम रहेको छ । ल्हो वर्गलाई १२ वटा पशुपंक्षिको आधारमा वर्गिकरण गरिएको छ । च्यु (मुसा), लोङ (गाई÷गोरु), तो (बाघ), हि (बिरालो÷खरायो), मुप्री÷प्हु (गरुड), प्हि÷सप्रि (सर्प), त(घोडा), ल्हु (भेडा), प्र (बा“दर), च्ह्य (चरा), खि (कुकुर) र फो (मृग) वर्ग छन । ल्होसार मान्नु नै आफ्नो सांस्कतिक परम्परालाई मान्यता दिई समाजलाई व्यवस्थित गर्नु हो । ल्होसार मनाउने नेपाल मात्र नभई तिब्बत, चिन, भुटान र मंगोलिया आदि देशहरु छन् । चिनियाँ ज्योतिष शास्त्र र चाइनिज पात्रो अनुसार ल्होसार मनाउने गरिन्छ । ल्होसारलाई तोला, सोनाम, र ग्याल्वो तीन थरीले मनाउने गर्दछन् । पौष कृष्ण पक्षको प्रतिपदा दिनदेखि अर्थात पुस १५ देखि तोला ल्होसार मनाउने गरिन्छ । नेपालमा गुरुङले महान् चाडको रुपमा मनाउने ल्होसार तोला भनिन्छ । माघ शुक्ल पक्षको प्रतिपदा देखि तामाङ, थकाली, हेल्मो, शेर्पा आदि जातिले मनाउ“दछन । सोनाम ल्होसार मनाउनेको संख्या बढी छ । त्यस्तै ग्याल्वो ल्होसार नेपालमा रहेका तिब्बतीहरुले फाल्गुण कृष्णपक्षको प्रतिपदाको दिनदेखि मनाउने गर्दछन् । वर्गलाई ल्हो र फेरिनेकर्मलाई सार (क्षार) भनिन्छ । तमु जातिले मनाउने नया“ बर्ष (ल्होसार) प्रकृतिसंग पनि सम्बन्धित छ । पुस १५ लाई सबै भन्दा लामो रातको रुपमा लिने गरिन्छ । पुस १५ पछि दिन लम्बिने गर्दछ । सूर्य पृथ्वीको उत्तरी दिशाबाट दक्षिण पुगी उत्तर फर्कन्छ । दिन छोटो र रात लामो हुने दिन पुस १५ भएको हुंदा प्रकृति नियमसंग सम्बन्ध छ । तमुहरुले सूर्यलाई मानेको हु“दा पुस १५ को ल्होसार को आफनै महत्व रहेको छ ।
संघीय सरकारले तमु ल्होसार पुस १५ गते देशभरि र विदेश स्थित नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक विदा दिने निर्णय अघिल्ला वर्षदेखि गर्दै आएको थियो । नेपालमा ल्होसार कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि परापूर्वकालदेखि मनाउ“दै आएका छन् । गण्डकी प्रदेश गुरुङ जातिको ऐतिहासिक थाकथलोको रुपमा चिनिन्छ । गुरुङ जातिको उल्लेख्य बसोबास भएको हुँदा यस प्रदेशमा ल्होसारलाई विशेष भव्य रुपमा मनाउने गरिएको छ । संघ र प्रदेश सरकारले ल्होसारको महत्व बुझेर विदा दिने निर्णय गर्नु स्वागतयोग्य काम हो । नेपाल संघीयतामा गएको अनुभूति गर्ने मौका पनि प्रदेशमा बसोबास गर्ने मुख्य जातिको चार्ड पर्वलाई विशेष रुपले मनाउनु हो । सबै जाति र धर्मको चाड पर्व उत्तिकै महत्वपूर्ण छन् । तमुजातिले बन्धुहरुवीच शुभकामना आदानप्रदान, मान्यजनबाट आशिर्वाद लिने, चेलीवेटीलाई खुवाउने, आपसी सम्बन्ध बलियो बनाउने काममा ल्होसारलाई लिने गरिन्छ । विदेशमा रहेका गुरुङ जातिले आफ्नो संस्कृतिको जगेर्ना गर्न ल्होसार पर्व भव्य रुपले मनाउने गरेका छन् । देशमा विभिन्न स्थानमा पनि समारोह हुँदै छन् ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको हुँदा सबैले मनाउने चाडपर्वलाई राष्ट्रिय मान्यता दिएको छ । सबै धर्मालम्वी भाषाभाषीको सँस्कृतिलाई एकआपसमा शुभकामना आदानप्रदान गरेमा सद्भाव कायम हुन्छ । समाजमा सद्भाव बिगार्न खोज्नेहरुलाई सबैले तिरस्कार गर्दै सामाजिक एकता कायम गर्न अगुवाहरु नै सकृय हुनु पर्दछ । जातिय सद्भाव र मेलमिलाप कायम राख्न र सबै जातजातिको पर्व सबैले शुभकामना साटासाट गर्न हि वर्गले सबैलाई सद्बुद्धि देओस् भनि हामी देश विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना दिन्छौ । ल्होसारले सबैलाई एकताको मालामा जोडिन सकोस् हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...