Pokharapatra National Daily

सन्तुलित सामग्री सम्प्रेषण गरौं

नेकपा एमाले विभाजनका वेला जे जस्तो आरोप लाग्ने गरेका थिए । अहिले त्यही शैलीको जुहारी चलेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड नेपाल समूह सडकबाट सच्याउन बाध्य हुने भन्दै आन्दोलन जारी राख्ने पक्षमा छ । विघटनको विरोधमा रहेका दलहरूलाईसंगै लैजाने चाहना प्रचण्ड नेपाल समुहको छ । जनताको संसद पुनरस्थापना गर्न संविधानले मिल्दैन, त्यो सपना नदेख्न अध्यक्ष ओलीको आग्रह छ । ‘अब नयाँ सरकार बन्ने पनि विकल्प छैन, संसद पुनरस्थापना पनि विकल्प छैन ।’ नयाँ निर्वाचन भएमात्र त्यो सम्भव हुनेछ । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले आफ्नो कदम असंवैधानिक नभएको प्रष्ट पारेका छन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन पछि सडक र संचार माध्यममा अमर्यादित र अशिष्ठ समाचार आउने गरेको छ । संचार माध्यममा सडकमा लागेका गाली गलौज र घृणा फैलाउने नाराले ठाउँ पाउने गरेको छ । राष्ट्रप्रमुखमाथि लागेका नारालाई सभ्य समाजका लागि सुहाउने खालका छैनन् । राजनीतिक दलका नेताहरूले भाषणमा जे जस्तो शब्द चयन गरेका छन त्यसले उनिहरुको संस्कृतिको उजागर गरेको छ । राजनीतिक मुद्दा भन्दा ब्यक्तिगत गाली गलौजमा उत्रदा त्यसको छायाँ संचार माध्यममा परेको छ । संचार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल समेत गरेको छ ।
अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृखल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूल शीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानि पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलले संझाएको छ ।
सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पु¥याउछ । प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा राजनीतिक दल र नेता जस्तै गरि पत्रकार र संचार माध्यम देखिनु उचित होइन । राजनीतिक दलका नेता, कानुन ब्यवसायी पक्ष विपक्षमा रहनु स्वभाविक मानिए पनि पत्रकार र संचार माध्यम दलका नेता र वकिल भन्दा बढी पक्ष विपक्षमा देखिँदा पत्रकारको निस्पक्षता, सन्तुलन हुन सक्दैन । पत्रकारले वनाएको आचार संहिता पालना नगर्दा जनमानसमा के असर पर्छ भन्ने ख्याल गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...