Pokharapatra National Daily

सुकुम्बासी पहिचान गर

काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन खोज्दा झडप भएको छ । महानगरले डोजर लिएर छाप्रा भत्काउन जाँदा सुकुम्बासीले प्रतिरोध गरेका छन । चुनाव सकिए लगत्तै सुकुम्बासी वस्तीमा डोजर चलाउनु अमानवीय व्यवहार हो । वैकल्पिक व्यवस्थापन गरी सुकुमबासीलाई उठाउनुपर्नेमा बल प्रयोग गर्नु निन्दनीय भएको भनी सामाजिक संजालमा विरोध भएको छ । सुकुम्बासीले प्रदर्शन गरि महानगरपालिका घेराउ गर्दै माइतीघरमा अनसन बसेका छन ।
सुकुम्वासीप्रति गरिएको दुर्ववहारको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन । समस्या समाधान नगरी खोला किनारामा बसेका जनताको उठिबास लगाउनु न्यापूर्ण नभएको ओलीको आक्रोश छ । ‘खोलाको किनारामा बसेका जनताको उठिबास लगाइएको छ। छाप्रामा बसेका गरिब जनतालाई हटाएर कुन बहादुरी प्राप्त गरेको होला? यो न्यायपूर्ण होइन ।’ सुकुमबासीका समस्या समाधान गर्न सुकुमबासी आयोग गठन भएको छ ।
सुकुमबासी समस्या समाधान आयोगले लागत लिएपछि मात्र को सुकुम्बासी हो होइन एकिन हुन्छ । राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्बासीहरूको उचित व्यवस्थापनबिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । महानगरपालिका नै एकलौटी रूपमा अघि बढेको छ । महानगर सुकुम्बासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको भूमि आयोगको भनाइले धेरै कुरा छर्लङ्ग हुन्छ । आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न पाएको थिएन ।
आयोगले लागत संकलन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान नगरिकन महानगरले डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन जाने कुरा उचित हुँदै होइन । सुकुम्बासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्नुपर्छ । मेयर बालेनलाई देवत्वकरण गरेर भत्काउने फाल्ने र हान्ने कामलाई स्याबासी दिने गरिएको छ । शहरमा गरिव, सुकुम्बासी, ठेला चलाउने पनि बस्छन् भन्ने विर्सेर संभ्रान्तका लागि काम गर्नुपर्छ भन्ने हावी हुनु समस्या चर्काउने काम मात्र हो ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...