Pokharapatra National Daily

दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई असत्यमाथि सत्यको जित भएको हुँदा त्यसलाई विजया दशमीको रुपमा मनाउने गरिन्छ । प्रतिपदाको दिन घटस्थापनामा रोपेको जमरा दशमीको दिन प्रसादको रुपमा लगाउने गरिन्छ । मानव जीवनमा शक्तिको आवश्यकता पर्ने हु“दा दुर्गा भवानीबाट शक्ति प्राप्त होस् भनि उपाशना गरिन्छ । दुर्गा भवानीलाई शक्ति प्राप्त गरेपछि असत्यमाथि सत्यको जितको रुपमा लिइने गरिएको छ ।
बडादशैं हिन्दुहरुको चाड भनिए पनि यो राष्ट्रिय चाडको रुपमा रह“दै आएको छ । दशैंलाई धार्मिक आध्यात्मिक र सांस्कृतिक चा“डको रुपमा विभिन्न कोणबाट लिने गरिएको छ । दशैलाई धार्मिक मात्र नभई सांस्कृतिक आध्यात्मिक रुपमा पनि लिन थालेका छन् । दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा मनाउँछन् । दशै पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो । वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै मनाउने गर्दछन ।
दसैँका अवसरमा डेंगुबाट संक्रमितको संख्या बढ्दो छ । करिब ४० जनाको निधन भएको छ । २८ हजार भन्दा धेरै संक्रमित छन । सरकारले जनताको स्वास्थ्यप्रति खेलवाड गरेको कारण यो अवस्था आएको हो । सरकार जनताप्रति उत्तरदायी हुन नसक्दा डेंगुको कारण स्वास्थ्य अवस्था कमजोर बनेको छ।अर्कोतिर दशैंमा बजार अनुगमन नहुँदा अस्वाभविक मूल्य बृद्धि, अखाद्य बस्तु बिक्री गर्ने र जोखिमपूर्ण सवारीसाधन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले व्यापारीहरुलाई अनुकुल हुने गरी अनुगमन गरेपनि झारा गर्ने गरेको छ । जनताको जीवन स्तर खस्किदै गएको बेला कसरी राहत र सेवा सुविधा उपलब्ध गराउने कहिल्यै सोचेन ।
सरकारमा रहेका दलहरु कमाउ धन्दामा लागेका छन् । चुनावमका लागि पैसा उठाउन र राज्य संयन्त्रको दुरुपयोग गर्ने काममा तल्लीन छन । तीन वटै तहका सरकारले जनताका आकांक्षा पुरा गर्न सकेका छैनन् । सरकारमा रहंदा गरेका बाचा कार्यान्वयनमा नआउदाँसम्म जनताले विश्वास गर्ने आधार बन्दैन । देशलाई राजनीतिक स्थीरता दिन आगामी निर्वाचनमा जनताको स्वास्थ्य, आर्थिक सम्बृद्धि र देशको स्वाधीनता कायम राख्न सक्ने बाटोमा लाग्न राजनीतिक दलले सक्षम ईमानदार उमेदवार चयन गर्ने र नेपाली एकजुट भएर राष्ट्रियताको रक्षा गर्न दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन भनी देशविदेशमा रहनु भएका सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना टक्राउछौं ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...