Pokharapatra National Daily

दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई असत्यमाथि सत्यको जित भएको हुँदा त्यसलाई विजया दशमीको रुपमा मनाउने गरिन्छ । प्रतिपदाको दिन घटस्थापनामा रोपेको जमरा दशमीको दिन प्रसादको रुपमा लगाउने गरिन्छ । मानव जीवनमा शक्तिको आवश्यकता पर्ने हु“दा दुर्गा भवानीबाट शक्ति प्राप्त होस् भनि उपाशना गरिन्छ । दुर्गा भवानीलाई शक्ति प्राप्त गरेपछि असत्यमाथि सत्यको जितको रुपमा लिइने गरिएको छ ।
बडादशैं हिन्दुहरुको चाड भनिए पनि यो राष्ट्रिय चाडको रुपमा रह“दै आएको छ । दशैंलाई धार्मिक आध्यात्मिक र सांस्कृतिक चा“डको रुपमा विभिन्न कोणबाट लिने गरिएको छ । दशैलाई धार्मिक मात्र नभई सांस्कृतिक आध्यात्मिक रुपमा पनि लिन थालेका छन् । दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा मनाउँछन् । दशै पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो । वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै मनाउने गर्दछन ।
दसैँका अवसरमा डेंगुबाट संक्रमितको संख्या बढ्दो छ । करिब ४० जनाको निधन भएको छ । २८ हजार भन्दा धेरै संक्रमित छन । सरकारले जनताको स्वास्थ्यप्रति खेलवाड गरेको कारण यो अवस्था आएको हो । सरकार जनताप्रति उत्तरदायी हुन नसक्दा डेंगुको कारण स्वास्थ्य अवस्था कमजोर बनेको छ।अर्कोतिर दशैंमा बजार अनुगमन नहुँदा अस्वाभविक मूल्य बृद्धि, अखाद्य बस्तु बिक्री गर्ने र जोखिमपूर्ण सवारीसाधन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले व्यापारीहरुलाई अनुकुल हुने गरी अनुगमन गरेपनि झारा गर्ने गरेको छ । जनताको जीवन स्तर खस्किदै गएको बेला कसरी राहत र सेवा सुविधा उपलब्ध गराउने कहिल्यै सोचेन ।
सरकारमा रहेका दलहरु कमाउ धन्दामा लागेका छन् । चुनावमका लागि पैसा उठाउन र राज्य संयन्त्रको दुरुपयोग गर्ने काममा तल्लीन छन । तीन वटै तहका सरकारले जनताका आकांक्षा पुरा गर्न सकेका छैनन् । सरकारमा रहंदा गरेका बाचा कार्यान्वयनमा नआउदाँसम्म जनताले विश्वास गर्ने आधार बन्दैन । देशलाई राजनीतिक स्थीरता दिन आगामी निर्वाचनमा जनताको स्वास्थ्य, आर्थिक सम्बृद्धि र देशको स्वाधीनता कायम राख्न सक्ने बाटोमा लाग्न राजनीतिक दलले सक्षम ईमानदार उमेदवार चयन गर्ने र नेपाली एकजुट भएर राष्ट्रियताको रक्षा गर्न दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन भनी देशविदेशमा रहनु भएका सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना टक्राउछौं ।

प्रतिकृया दिनुहोस्

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...