Pokharapatra National Daily

चुनाव लक्षित कार्यक्रम

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा देशब्यापी प्रदर्शन गरेको छ । देशका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्नुअघि १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरिसकेको छ । काङ्ग्रेसको विरोध प्रदर्शन अब पालिका र वडामा गर्ने कार्यक्रम बनाइसकेको छ । काङ्ग्रेसको विरोधका कार्यक्रम प्रतिनिधि सभा विघटन सदर भए निर्वाचनमा भाग लिन सजिलो हुनेछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको भन्दै चुनावी तयारीको छ । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि बताए ।
काङ्ग्रेसका केही नेता निर्वाचनको विरोधमा छन।प्रधानमन्त्रीले घोषणा गरेको मितिमा चुनाव गराउदैनन कि भन्ने आशंका गरेका छन । चुनाव नगराएमा सडकबाट हटाउने चेतावनीसमेत दिएका छन । विघटनको पक्ष र विपक्षमा सडकबाट अदालतलाई दवाव दिने कामको विरोध पनि देउवाले गरेका छन । अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन भन्ने देउवाको धारणासंग काङ्ग्रेस ठूलो हिस्सा सहमत देखिदैन । देउवाले सबैले अदालतको निर्णय पर्खिनुपर्छ भनिरहँदा काङ्ग्रेस निकट वकिल भने सडकबाट निर्णय गराउन दवाव दिदैछन । चुनावमा भाग लिन विपक्षी दल तयार देखिँदा हिजो सरकारमा रहेका सहयोद्धा चुनावको विरोध गरिरहनु बुझिनसक्नु हो । कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्न तयार छ भनेर सडकबाट दवावको घुमाउरो तरिकाले विरोध गरेकोे छ । अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने सभापति देउवाको विश्वास छ ।
अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका छ । प्रधानमन्त्री ओलीले चुनावमा भाग लिन जनता तयार छन भन्ने सुदूरपश्चिमको धनगढी सभाले दिएको छ । विपक्षी दलको निम्ति चुनाव अवसर हो । विभाजन भएको नेकपाका दुवै समुहलाई पुरानो हैसियत गुम्ने डर छ । काङ्ग्रेस लगायतका विपक्षी दलले विघटनको विरोध गरेको जस्तो देखाएर चुनाव हुनुपर्ने माग गरेको छ । नेपाली उखान मोही माग्ने ढुङ्ग्रो लुकाउने जस्तो काम काङ्ग्रेसले गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...