Pokharapatra National Daily

चुनाव लक्षित कार्यक्रम

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा देशब्यापी प्रदर्शन गरेको छ । देशका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्नुअघि १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरिसकेको छ । काङ्ग्रेसको विरोध प्रदर्शन अब पालिका र वडामा गर्ने कार्यक्रम बनाइसकेको छ । काङ्ग्रेसको विरोधका कार्यक्रम प्रतिनिधि सभा विघटन सदर भए निर्वाचनमा भाग लिन सजिलो हुनेछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको भन्दै चुनावी तयारीको छ । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि बताए ।
काङ्ग्रेसका केही नेता निर्वाचनको विरोधमा छन।प्रधानमन्त्रीले घोषणा गरेको मितिमा चुनाव गराउदैनन कि भन्ने आशंका गरेका छन । चुनाव नगराएमा सडकबाट हटाउने चेतावनीसमेत दिएका छन । विघटनको पक्ष र विपक्षमा सडकबाट अदालतलाई दवाव दिने कामको विरोध पनि देउवाले गरेका छन । अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन भन्ने देउवाको धारणासंग काङ्ग्रेस ठूलो हिस्सा सहमत देखिदैन । देउवाले सबैले अदालतको निर्णय पर्खिनुपर्छ भनिरहँदा काङ्ग्रेस निकट वकिल भने सडकबाट निर्णय गराउन दवाव दिदैछन । चुनावमा भाग लिन विपक्षी दल तयार देखिँदा हिजो सरकारमा रहेका सहयोद्धा चुनावको विरोध गरिरहनु बुझिनसक्नु हो । कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्न तयार छ भनेर सडकबाट दवावको घुमाउरो तरिकाले विरोध गरेकोे छ । अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने सभापति देउवाको विश्वास छ ।
अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका छ । प्रधानमन्त्री ओलीले चुनावमा भाग लिन जनता तयार छन भन्ने सुदूरपश्चिमको धनगढी सभाले दिएको छ । विपक्षी दलको निम्ति चुनाव अवसर हो । विभाजन भएको नेकपाका दुवै समुहलाई पुरानो हैसियत गुम्ने डर छ । काङ्ग्रेस लगायतका विपक्षी दलले विघटनको विरोध गरेको जस्तो देखाएर चुनाव हुनुपर्ने माग गरेको छ । नेपाली उखान मोही माग्ने ढुङ्ग्रो लुकाउने जस्तो काम काङ्ग्रेसले गरेको छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...