Pokharapatra National Daily

संस्थापकका आदर्श नबिर्स

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व.वी.पी कोइराला र पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सम्झने गर्दछन । नेपालमा जहानीया राणा शासनको अन्त्य गरि बहुदलीय लोकतन्त्र स्थापना गर्न उनीहरुले गरेको संघर्ष र योगदानहरुको चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको निधन भएको ४० वर्ष भएको छ । आज भन्दा ४० वर्ष अघि २०३९ साल साउन ६ गते वी.पी को निधन भएको थियो । नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन भएको ४४ वर्ष भएको छ । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएको थियो । वी.पी.को निधन क्यान्सर बाट भएको थियो भने पुष्पलालको मुटुको व्यथाबाट । वी.पी. राष्ट्रियता, प्रजातन्त्र र समाजबादको लागि जीवन भर लडिरहेका थिए भने पुष्पलाल नेपालमा नौलो जनबाद र समाजबाद स्थापना गर्नको लागि आर्थिक, राजनैतिक र संस्कृतिक हकअधिकारका लागी मृत्यु पर्यन्त लडिरहे ।
नेपालमा जहानिय राणा शासन र निरंकुश निर्दलीय व्यवस्था विरुद्ध लडदै आएका वी.पी. र पुष्पलालको आर्दशबाट अहिलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रभावित भएर राजनीतिमा होमिएका हुन । वी.पी. र पुष्पलालको शालीकमा माल्यार्पण गर्ने देखि उनीहरुको आर्दशको बारेमा विभिन्न कार्यक्रम गरी चर्चा गर्ने गरिन्छ । नेपालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका नेताहरु आपसी झगडाले गर्दा दक्षिणपन्थी शक्तिलाई सत्ताको नेतृत्व सुम्पेर कम्युनिस्टलाई सत्ताबाट हटाएका छन । वीपीले स्थापना गरेको नेपाली कांग्रेस अहिले सरकारको नेतृत्व गरेको छ । काङ्ग्रेस वीपीको आदर्श छाडेर सत्ताका लागि जे गर्न पनि तयार भएको छ।देशको राष्ट्रिय हित भन्दा विदेशीलाई खुशी बनाउन तल्लीन छ।छिमेकीसंगको सन्तुलित नीति छाडेर शक्ति राष्ट्रको पोल्टामा जान तयार भएको छ । कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन छाडेर चिराचिरामा विभाजित भएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्न नसक्दा जनताको मतलाई अनादर गरि काङ्ग्रेसलाई सत्ता बुझाएका छन् । नेताहरू देश र जनताको हित भन्दा आफ्नो स्वार्थ र गुटस्वार्थमा लाग्दा कम्युनिस्ट पार्टीको भबिस्य नै खतरामा पर्ने देखिएको छ । पुष्पलालको नेपालमा एउटै कम्युनिष्ट पार्टी वनाउने इच्छा नेपालको स्वाभिमान कायम गर्दै जनताको मुहारमा खुशी ल्याउने हो । त्यो आकांक्षा माथि नेताहरूले खेलवाड गरेका छन् । नेताहरुको सिद्धान्त हिन, स्वार्थी स्वभावका कारण कम्युनिष्टहरु साना साना पार्टीमा बिभक्त छन् । दक्षिणपन्थी शक्तिलाई धुरी मानेर मन्त्री र केही थान नियुक्तिका लागि पार्टी विभाजन गरेर गोत्र हसाउने काम गरेका छन । देश पहिलो ठानेर सामाजिक न्याय सहितको विकास गरेर सुखि नेपाली वनाउने अभिभारामा विश्राम लागेको छ । जनतालाई रुवाएर पारिवारिक स्वार्थ र गुट रक्षाका लागि राष्ट्रियता कमजोर बनाउने काम गरेका छन।विदेशीको शिखण्डी बनेर नेपाल राष्ट्र ,नेपाली जनतको स्वाभिमान गिराउन तल्लीन छन ।
२०१७ सालमा वि.पी. को दुई तिहाईको सरकार विरुद्ध जुनखेल खेलिएको थियो कम्युनिस्ट पार्टीको सरकार हटाउन सबै शक्ति प्रयोग भएको छ।नेपालले सात दशक देखिको राजनीतिक संक्रमण अन्त्य गरि स्थिरता तर्फ देश जान लागेको ठानिएको थियोे ।सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने सांसदहरूलाई दलको ह्विप नलाग्ने, जस्ले जस्लाई समर्थन गरेपनि हुने फैसला गरेर बहुदलीय पद्धतिलाई बिकृत बनाएको छ । जुन उद्देश्यका लागि लडेका कांग्रेस कम्युनिष्ट अहिले आदर्शबाट च्युत भएका छन । राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएका छन । सरकारको नेतृत्व गरेको कांग्रेस पुराना सदस्यलाई हटाएर नयाँ सदस्य थपेर काङ्ग्रेसको आदर्श भुल्न नसक्ने अल्पमतमा परेका छन । केही पार्टीबाट पाखा लगाइएका छन। दुई तिहाईको वि.पी. नेतृत्वको सरकार हटाउँदा देशले कति ठुलो मुल्य चुकाउनु प¥यो भन्ने कुरा अहिलेको नेकपा एमाले,माओवादी, एकीकृत समाजवादी र काङ्ग्रेस नेतृत्वले बिर्सेर क्षणिक स्वार्थ हेर्दा प्राप्त उपलब्धि गुम्ने, विदेशीले खेल्ने र खेलाउने मौका दिएको छ ।
काङ्ग्रेस र कम्युनिष्टका नेताहरु गम्भिर नबन्दा पुष्पलाल र वि.पी.को स्मरण गर्नु बिरालो बाँधेर श्राद्ध गर्नु जस्तै हो । देखाउनका लागि वीपी र पुष्पलालको स्मृति गरेर पुग्दैन । राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान, जनताको जीवनमा परिवर्तनका लागि काम गर्ने अठोट चाहिन्छ । जनता रोग, भोक, अनिश्चित भविष्यबाट छट्पटी परेको बेला जनताका सवाललाई सम्बोधन नगरी कुर्सीको खेलमा लाग्दा पार्टीका संस्थापक नेपाल आमाका सपूतप्रती श्रद्धा गरेको ठहर्दैन । वीपी र पुष्पलाललाई सम्झनु भनेको देशको स्वाभिमान कायम राख्नु, बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्नु, सिद्धान्तलाई ब्यवहारमा उतार्ने र सामाजिक न्याय स्थापना गर्न लाग्ने प्रण गर्नु हो । पुरानाको त्याग, समर्पण, ईमानदारीलाई बिर्सेर क्षणिक सत्ता स्वार्थमा तल्लिनहरुलाई विस्थापित गरेर राजनीति भनेको देश र जनताको लागि सेवा गर्ने हो । राजनीति मुल्य र मान्यताको आधारमा हुन्छ भन्ने अवस्था सृजना हुन सके विपि र पुष्पलालको बाटो पछ्याउन सकिन्छ । देशलाई बचाउन, जनताको मुहारमा खुशी ल्याउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...