Pokharapatra National Daily

मानवअधिकार अवस्थामा सुधार भएन

संयुुक्त राष्ट्र संघले मानवअधिकार घोषणा सार्वजनिक गरेको १० डिसेम्बरका दिन मानवअधिकार दिवसको रुपमा मनाउने गरिन्छ । मानवअधिकार दिवसमा यजति विकसित र सभ्य हुँदै जानत्यतिबेला मानवअधिकार पालना र हिंसाका घटना कम हुन्छन् । मानवअधिकार, न्याय र समानताका लागि वकालत गर्दै आएका देशमा हिंसा र विभेदका घटना कम हुने गरेको छ।अविकसित, गरिब, पछौटे चिन्तन र कुसंस्कार कायमै रहेका मुलुकहरुमा महिलामाथि हिंसा र विभेदका घटनामा कमि आउन सकेको छैन । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला लकडाउनले गर्दा महिमाथि भएका हिंसा र दुर्ब्यवहारका घटना सार्वजनिक हुन पाएनन । सार्वजनिक भएका घटना पनि प्रहरी र प्रशासन समक्ष पुग्न सकेन । हिंसा र दर्ब्यवहारबाट पीडितले न्याय पाउने अवस्था नभएपछि आत्महत्या गर्नुपरेको घटना सार्वजनिक भएका छन ।
महिला विरुद्ध भैरहेको हिंसा विभेद र अन्याय अन्त्य गर्न संचालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान संचालन गरिन्छ । सन् १९९९ देखि यो दिवस संसारभरी विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइंदै आइरहेको छ । नोभेम्वर २५ महिला माथि हुने हिसांको अन्त्य गर्ने दिवसको छुट्टै महत्व छ । डोमिनिकन रिपब्लिकको निरंकुश र अत्याचार शासकको विरुद्ध आवाज उठाउने दुई बहादुर दिदीबहिनी मिरावल र पेट्रिकाको निरंकुश सरकारले १९६० मा हत्या गरेको थियो । सयुक्त राष्ट्र संघको महासभाले १९९९ मा ति हत्या गरिएको मिरावल पेट्रिकाको स्मृतिलाई जिवन्त राख्न महिला विरुद्धको हिंसा अभियान शुरु गरिएको हो । महिला हिंसा विरुद्धको अभियान सुरु हुँदा पनि महिलामाथीको हिंसाका समाचार तारन्तर आउने गरेका छन् । संचार माध्याम र समाजिक सञ्जालबाट आएका समाचारलाई हेर्ने हो भने हाम्रो समाज बैदिक परम्परा र व्यवहारबाट बाहिर गएको छ । महिला विरुद्धको हिंसा नितान्त मानवअधिकारको हनन् हो ।
महिला विरुद्धको हिंसा लैंगिक असमानताको उपज हो । जुन समाजमा महिला र पुरुष वीच असमान व्यवहार छ त्यहाँ महिला माथिको हिंसा बढी छ । वैद्धिक सनातन हिन्दु अनि हाम्रो बैदिक परम्पराको व्यवहारिक नियममा महिला पुरुष दुबैलाई समानता र आधार दिएको छ । पूजिने देवीहरु लक्ष्मीको रुपमा छोरी अनि बुहारीलाई मान्ने चलन हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्यालाई पनि कुमारीहरुलाई जिवित देवीको रुपमा मान्ने चलन छ । महिला माथिको हिंसा सधै भइरहेको हुँदा त्यसलाई अन्त्य गर्नको निम्ति घर परिवारबाटै शुरु गर्नु पर्दछ । चाडो विवाह र बाल विवाहले बालिकाहरुलाई स्कुल जानबाट रोक्ने मुख्य अवरोधहरु हुन । लैगिंक हिंसा रहित सुरक्षित शिक्षाले नै मानिसलाई गरीवीको चक्रबाट बाहिर ल्याउँछ र सामाजिक न्याय, आर्थिक विकास तथा दिगो शान्तिलाई प्रोत्साहित गर्दछ । जे जति घटनाहरु सार्वजनिक भएका छन् ती घटनाहरु कहालीलाग्दा छन् महिला माथि हुने हिंसा मानवअधिकार विरोधीकार्य हो भन्ने कुरा स्थापित गराउन संचारमाध्यमले सशक्त भूमिका खेल्दै आएका छन् ।
१६ दिने अभियानमा मात्र ति कुरा उजागर गरेर पुग्दैन । ३६५ दिनमा नै महिला हिंसा विरुद्धका घटना सार्वजनिक गरेर ग्रामिण तहदेखि राष्ट्रिय स्तर सम्म पु¥याउन सक्नुपर्दछ । प्रहरीमा जादा उजुरी लिन आलटाल गर्ने, पिडकलाई प्रशासनिक संरक्षण र अदालतले गर्ने फैसला कार्यान्वयनमा ढिलाईले पनि महिला हिंसामा कमि आउन सकेको छैन । सरकारले महिला माथि एसिड प्रहार गर्ने र वलात्कृत महिलाको उजुरी नलिने र पीडकलाई संरक्षण गर्नेलाई कैद सजायँ गर्ने कानुन अध्यादेश मार्फत ल्याएको छ । सरकारको यो कदम स्वागतयोग्य छ महिलामाथि हुने हिंसा कम गर्न । यो काम सरकारले मात्र गरेर पुग्दैन । यसमा सरकार, नागरिक समाज र संचार माध्यमले ससक्त भुमिका खेल्न सकेमा मात्र महिलामाथि हुने हिंसा ,यौन दर्ब्यवहारका घटनामा कमि आउनेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...