Pokharapatra National Daily

मानवअधिकार अवस्थामा सुधार भएन

संयुुक्त राष्ट्र संघले मानवअधिकार घोषणा सार्वजनिक गरेको १० डिसेम्बरका दिन मानवअधिकार दिवसको रुपमा मनाउने गरिन्छ । मानवअधिकार दिवसमा यजति विकसित र सभ्य हुँदै जानत्यतिबेला मानवअधिकार पालना र हिंसाका घटना कम हुन्छन् । मानवअधिकार, न्याय र समानताका लागि वकालत गर्दै आएका देशमा हिंसा र विभेदका घटना कम हुने गरेको छ।अविकसित, गरिब, पछौटे चिन्तन र कुसंस्कार कायमै रहेका मुलुकहरुमा महिलामाथि हिंसा र विभेदका घटनामा कमि आउन सकेको छैन । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला लकडाउनले गर्दा महिमाथि भएका हिंसा र दुर्ब्यवहारका घटना सार्वजनिक हुन पाएनन । सार्वजनिक भएका घटना पनि प्रहरी र प्रशासन समक्ष पुग्न सकेन । हिंसा र दर्ब्यवहारबाट पीडितले न्याय पाउने अवस्था नभएपछि आत्महत्या गर्नुपरेको घटना सार्वजनिक भएका छन ।
महिला विरुद्ध भैरहेको हिंसा विभेद र अन्याय अन्त्य गर्न संचालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान संचालन गरिन्छ । सन् १९९९ देखि यो दिवस संसारभरी विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइंदै आइरहेको छ । नोभेम्वर २५ महिला माथि हुने हिसांको अन्त्य गर्ने दिवसको छुट्टै महत्व छ । डोमिनिकन रिपब्लिकको निरंकुश र अत्याचार शासकको विरुद्ध आवाज उठाउने दुई बहादुर दिदीबहिनी मिरावल र पेट्रिकाको निरंकुश सरकारले १९६० मा हत्या गरेको थियो । सयुक्त राष्ट्र संघको महासभाले १९९९ मा ति हत्या गरिएको मिरावल पेट्रिकाको स्मृतिलाई जिवन्त राख्न महिला विरुद्धको हिंसा अभियान शुरु गरिएको हो । महिला हिंसा विरुद्धको अभियान सुरु हुँदा पनि महिलामाथीको हिंसाका समाचार तारन्तर आउने गरेका छन् । संचार माध्याम र समाजिक सञ्जालबाट आएका समाचारलाई हेर्ने हो भने हाम्रो समाज बैदिक परम्परा र व्यवहारबाट बाहिर गएको छ । महिला विरुद्धको हिंसा नितान्त मानवअधिकारको हनन् हो ।
महिला विरुद्धको हिंसा लैंगिक असमानताको उपज हो । जुन समाजमा महिला र पुरुष वीच असमान व्यवहार छ त्यहाँ महिला माथिको हिंसा बढी छ । वैद्धिक सनातन हिन्दु अनि हाम्रो बैदिक परम्पराको व्यवहारिक नियममा महिला पुरुष दुबैलाई समानता र आधार दिएको छ । पूजिने देवीहरु लक्ष्मीको रुपमा छोरी अनि बुहारीलाई मान्ने चलन हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्यालाई पनि कुमारीहरुलाई जिवित देवीको रुपमा मान्ने चलन छ । महिला माथिको हिंसा सधै भइरहेको हुँदा त्यसलाई अन्त्य गर्नको निम्ति घर परिवारबाटै शुरु गर्नु पर्दछ । चाडो विवाह र बाल विवाहले बालिकाहरुलाई स्कुल जानबाट रोक्ने मुख्य अवरोधहरु हुन । लैगिंक हिंसा रहित सुरक्षित शिक्षाले नै मानिसलाई गरीवीको चक्रबाट बाहिर ल्याउँछ र सामाजिक न्याय, आर्थिक विकास तथा दिगो शान्तिलाई प्रोत्साहित गर्दछ । जे जति घटनाहरु सार्वजनिक भएका छन् ती घटनाहरु कहालीलाग्दा छन् महिला माथि हुने हिंसा मानवअधिकार विरोधीकार्य हो भन्ने कुरा स्थापित गराउन संचारमाध्यमले सशक्त भूमिका खेल्दै आएका छन् ।
१६ दिने अभियानमा मात्र ति कुरा उजागर गरेर पुग्दैन । ३६५ दिनमा नै महिला हिंसा विरुद्धका घटना सार्वजनिक गरेर ग्रामिण तहदेखि राष्ट्रिय स्तर सम्म पु¥याउन सक्नुपर्दछ । प्रहरीमा जादा उजुरी लिन आलटाल गर्ने, पिडकलाई प्रशासनिक संरक्षण र अदालतले गर्ने फैसला कार्यान्वयनमा ढिलाईले पनि महिला हिंसामा कमि आउन सकेको छैन । सरकारले महिला माथि एसिड प्रहार गर्ने र वलात्कृत महिलाको उजुरी नलिने र पीडकलाई संरक्षण गर्नेलाई कैद सजायँ गर्ने कानुन अध्यादेश मार्फत ल्याएको छ । सरकारको यो कदम स्वागतयोग्य छ महिलामाथि हुने हिंसा कम गर्न । यो काम सरकारले मात्र गरेर पुग्दैन । यसमा सरकार, नागरिक समाज र संचार माध्यमले ससक्त भुमिका खेल्न सकेमा मात्र महिलामाथि हुने हिंसा ,यौन दर्ब्यवहारका घटनामा कमि आउनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...