Pokharapatra National Daily

असुरक्षित आकाश

पोखराबाट जोमसोमका लागि १९ जना यात्रु बोकेर उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परि २२ जनाको ज्यान गएको छ । तीन जना चालक दलका सदस्य समेत २२ जनाको शव फेला परेको छ । खराब मौसमका कारण दुर्घटना भएको भोलिपल्ट मात्र दुर्घटनाग्रस्त विमान फेला परेको थियो । दुई दशक यता मुस्ताङमा पाँच वटा विमान दुर्घटना भएका छन।नेपाली आकाश असुरक्षित भएको पटकपटकको विमान यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् ।
दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित ९७ जनाले ज्यान गुमाएका छन् । हरेक दुई वर्षमा हवाई दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागि १३ वर्षअघि छुट्टै कम्पनी स्थापना गरेको हो । ।त्यसको नाम दियो– तारा एयर । तर, तारा स्थापना भएयता ६ वटा दुर्घटना भइसकेका छन् । यो आँकड हेर्दा यती समूहकै जहाज हरेक दुई वर्षमा दुर्घटनामा पर्ने गरेको देखिन्छ ।
२४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १३ वटा हवाई दुर्घटना बेहोरिसकेको छ । नेपालका दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउँदै आएको सेवामा कमि आउने हो कि ? भन्ने प्रश्न उठेको छ । कुल १३ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ६ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रुु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन । १३ वटा घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना बेहोरिसकेको छ । अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ ।
प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि ०७६ चैत्रसम्म नेपालमा भएका १ सय ७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान ३, एकल इन्जिनयुक्त विमान ८, विदेशी वायुसेवाका ९, हेलिकप्टर ३६ र मल्टी इन्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भए । यीमध्ये दुर्गम भेग उडानमा चार दशकदेखि नेपालमा प्रख्यात क्यानेडियन ट्विनओटर विमानमात्रै २४ वटा दुर्घटनामा परिसकेका छन् । जसमा ९ वटा घटनमा यती तथा ताराका नामले उडाइएका ट्विनओटर विमान परेका छन् ।
०४१ सालयता ट्विनओटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड– न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा आइतबार मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो । प्रारम्भिक अनुमानअनुसार, यो दुर्घटना हुनुमा ‘हुयुमन इरर’ भनिएको छ । दुर्गम उडानमा ताराको नाममा ४ वटा
ट्विनओटर सुगम उडानमा यतीको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ८ वटा विमान बाँकी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...