Pokharapatra National Daily

दलतन्त्रमा गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १४ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १५ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा भएको १४ वर्ष पुरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो । २०६२÷६३ को जनआन्दोलनको बलले नै गणतन्त्रको घोषणा गर्ने चरणमा पु¥याएको हो । नेकपा माओवादीले गरेको दस वर्षे सशस्त्र संघर्षले गणतन्त्र घोषणामा महत्वपूर्ण भुमिका खेलेको हो ।त्यस अघि नेपालमा भएका आन्दोलन र संघर्षका कारण राजतन्त्र कमजोर बनाउने काम गरेको हो । दरबार हत्याकाण्डले पनि राजतन्त्र कमजोर हुँदै गएको थियो ।विदेशीले पनि नेपालमा गणतन्त्रको लागिएको धेरथोर सहयोग गरेकै हुन । कम्युनिष्ट पार्टीको स्थापना नै गणतन्त्र स्थानपनाका लागी भएको थियो । कम्युनिष्ट पार्टीहरुले नेपाली कांग्रेसलाई गणतन्त्रको पक्षमा ल्याउन सकेकै कारण नेपालमा गणतन्त्र घोषण संभव भएको हो ।
गणतन्त्र घोषण पछि मुलुकमा एैतिहासीक महत्वका उपलव्धी हासील भएका छन । संविधान सभावाट जनता सर्वभौम भएको संविधान निमार्ण भएको छ । संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ।संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा महिलाको प्रतिनिधित्व एक तिहाई भन्दा बढी पुगेको छ।संविधानले शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीको ग्यारेन्टी गरेको छ। स्थानीय तहका प्रतिनिधीले पाँच वर्षे कार्यकाल पुरा भई नयाँ जनप्रतिनिधि चुनिएका छन । जनताले स्थानीय सरकार चुनेका छन । जनताको मन जित्ने घोषणामा होडबाजी चलेको छ।अब आफ्ना कार्यक्रम र योजना तथा बजेट पेस गर्ने अवस्थामा आएका छन।राजनीतिक दल र नेताको मुठ्ठीमा सबै कुरा राख्न खोज्दा जनतामा गणतन्त्र आएको अनुभूति गर्ने खालका काम हुन नसकेको गुनासो छ । ति गुनासोलाई मनन गरेर कार्यक्रम ल्याउने चुनौती दलहरूलाई छ । संविधान जारी भए पछि पनि त्यस प्रति असन्तुष्टि जनाउने राजनीतिक समूह अहिले संघीय सरकारमा छन् । मधेस प्रदेशमा मधेश केन्द्रीत दलको नेतृत्वमा सरकार छ । सरकारले जनताको समस्याप्रति बेखबर जस्तै छ । गणतन्त्रलाई जीवन पद्धति बनाउन नसकेको हुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
भाषणमा र दस्तावेजमा समाजमा सवै खाले विभेद र शोषणको अन्त्य गरि आर्थिक समानता, सामाजिक न्याय, समृदि सहित मुलुकमा समाजवादको आधार निमार्ण गर्ने संवैधानिक व्यवस्था छ । गणतन्त्र पछि पनि हुनेखानेले मात्र राज्यबाट सुविधा पाउने गरेका छन । शक्ति र सत्तासंग नजिककाले मात्र फाइदा लिन सकेका छन।पसिना चुहाउने किसान मजदुरको हितमा काम हुन नसक्दा जनतामा जुन व्यवस्था आएपनि त्यस्तै भन्ने भान परेको छ। जनतामा छाएको निराशालाई उग्रदक्षिण पंथी (राजावादी) र हिंसाको राजनीति गर्नेले उल्टाउन सक्छन् । गणतन्त्रका घोषणका लागि संगै लडेका राजनीतिक दलहरु नदीका दुई किनारा जस्तो देखिनु राम्रो होईन । आवधिक निर्वाचनवाट जनताले आफ्नो प्रतिनिधी छान्ने प्रणली मात्र होईन गणतन्त्रलाई दलहरुले जीवन पद्धती वनाउनु पर्दछ । गणतन्त्र वादीले आफुलाई जनता भन्दा फरक देखाउन थाले भने हामीले गरेको घोषणा र जनताको बलिदान खेरा जान सक्छ ।
गणतन्त्र भनेको सरकारमा पुगेर जनताको हितमा काम गर्नु हो । जनताको हितमा काम गर्नको निम्ति व्यक्तिगत लोभ, पारिवारीक मोह, दलको स्वार्थ त्याग्न सक्नु पर्छ । कम्युनिष्ट र लोकतन्त्र हरुले सामाजिक न्याय सहितको प्रणाली विकास गर्न नसके जनताले बलिदानी दिएर ल्याएको गणतन्त्र हुनेखानेका लागीमात्र हुनजान्छ । राजनीतिक संक्रमणकाल अन्त्य गरि संविधानले सुरक्षित गरेका सबै अधिकार कार्यान्वयनमा आउन सकेमात्र गणतन्त्र स्थापना भएको अनुभूति जनताले गर्न पाउनेछन् । मुखले गणतन्त्रको चर्को कुरा गर्ने व्यवहारमा सामान्ती शैली देखाएमा गणतन्त्र बलियो हुन सक्दैन । गणतन्त्रको बारेमा जनतालाई सचेत पार्ने र गणतन्त्रको लागि बलिदानी दिने, आन्दोलनमा लागेर अंगभंग भएका योद्धा र उनीहरुका आश्रित परिवारलाई सम्झने गरेमा गणतन्त्र दिवस मनाएको सार्थकता रहने छ ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...