Pokharapatra National Daily

एमालेमा फेरि ओली

नेकपा एमाले महाधिवेशनका प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियोे । महाधिवेशनका प्रतिनिधिले दिएको अधिकार प्रयोग गर्दै ओलीले सबै पक्षलाई मिलाएर केन्द्रीय समिति र पदाधिकारीको सूची पेश गरेका थिए । उनले तयार पारेको सूचीलाई महाधिवेशनको बन्दसत्रमा वाचन गरिएको थियो । जसलाई पछि निर्वाचन प्रक्रियाले औपचारिकता दिइएको छ । दसौं महाधिवेशनका प्रतिनिधिले दिएको र आम कार्यकर्ताको भावना विपरित चुनावको रटान लगाउने भिम रावल पराजित भएका छन ।
रावलले कार्यकर्ताको भावना बुझ्न नसक्दा नवौ महाधिवेशनमा उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याउने पनि पराजित हुन्छन् भन्ने हो । पार्टी प्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ । विगतमा केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि समेटिएको छ । पार्टीमा अराजक क्रियाकलाप गर्न हुँदैन भन्ने मान्यताको विजय भएको छ । आफ्नो टिम चयन गर्ने सर्वाधिकार प्रतिनिधिबाट पाएका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई राखे । अन्तिम समयसम्म पनि उक्त पदमा उम्मेदवारी दिने अडान लिएका सुवासचन्द्र नेम्वाङलाई नसोधिकनै पोखरेललाई उक्त पदमा रोजियो । नेम्वाङसहित रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षको जिम्मेवारी तोके । जसको निर्वाचनबाट अनुमोदन भयो ।
महासचिवमा शंकर पोख्रेल, उपमहासचिव प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भए । सचिवमा गोकर्ण बिष्ट योगेश भट्टराई, टोप बहादुर रायमाझी, लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्मा अर्याल निर्वाचित भएका छन । केन्द्रीय कमिटीमा अध्यक्ष ले पेश गरेका नै निर्वाचित भएका छन । एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उनको भनाइ छ । पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताए । यश अघि पनि पार्टी प्रवेश गर्ने थिए ।
पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता एमाले प्रवेश गराउने अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउने योजना छ । एमालेको १० औं केन्द्रीय कमिटीले ओलीको योजनालाई सघाउने कार्यक्रम ल्याउने कार्यकर्ताको अपेक्षा छ । पहिलो कार्यकालमा विभिन्न उल्झन ब्यहोरेका ओलीले दोस्रो कार्यकाल सहजरूपमा चलाउने म्याण्डेट पाएका छन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...