Pokharapatra National Daily

एमालेमा फेरि ओली

नेकपा एमाले महाधिवेशनका प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियोे । महाधिवेशनका प्रतिनिधिले दिएको अधिकार प्रयोग गर्दै ओलीले सबै पक्षलाई मिलाएर केन्द्रीय समिति र पदाधिकारीको सूची पेश गरेका थिए । उनले तयार पारेको सूचीलाई महाधिवेशनको बन्दसत्रमा वाचन गरिएको थियो । जसलाई पछि निर्वाचन प्रक्रियाले औपचारिकता दिइएको छ । दसौं महाधिवेशनका प्रतिनिधिले दिएको र आम कार्यकर्ताको भावना विपरित चुनावको रटान लगाउने भिम रावल पराजित भएका छन ।
रावलले कार्यकर्ताको भावना बुझ्न नसक्दा नवौ महाधिवेशनमा उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याउने पनि पराजित हुन्छन् भन्ने हो । पार्टी प्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ । विगतमा केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि समेटिएको छ । पार्टीमा अराजक क्रियाकलाप गर्न हुँदैन भन्ने मान्यताको विजय भएको छ । आफ्नो टिम चयन गर्ने सर्वाधिकार प्रतिनिधिबाट पाएका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई राखे । अन्तिम समयसम्म पनि उक्त पदमा उम्मेदवारी दिने अडान लिएका सुवासचन्द्र नेम्वाङलाई नसोधिकनै पोखरेललाई उक्त पदमा रोजियो । नेम्वाङसहित रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षको जिम्मेवारी तोके । जसको निर्वाचनबाट अनुमोदन भयो ।
महासचिवमा शंकर पोख्रेल, उपमहासचिव प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भए । सचिवमा गोकर्ण बिष्ट योगेश भट्टराई, टोप बहादुर रायमाझी, लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्मा अर्याल निर्वाचित भएका छन । केन्द्रीय कमिटीमा अध्यक्ष ले पेश गरेका नै निर्वाचित भएका छन । एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उनको भनाइ छ । पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताए । यश अघि पनि पार्टी प्रवेश गर्ने थिए ।
पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता एमाले प्रवेश गराउने अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउने योजना छ । एमालेको १० औं केन्द्रीय कमिटीले ओलीको योजनालाई सघाउने कार्यक्रम ल्याउने कार्यकर्ताको अपेक्षा छ । पहिलो कार्यकालमा विभिन्न उल्झन ब्यहोरेका ओलीले दोस्रो कार्यकाल सहजरूपमा चलाउने म्याण्डेट पाएका छन ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...