Pokharapatra National Daily

छठ पर्वको शुभकामना

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेशमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास छ । मानवजातीका सबै समस्या निराकरण हुने बिश्वास गरिन्छ । धनी गरिब एकै ठाउ“मा बसेर चाड मनाउँदा सामाजिक विभेद हट्दै जान्छ । छठ पर्व भव्य रुपले मनाउन नदी, तलाउ, पोखरी लगाएतका ठाउँमा सजावट गर्ने काम तिव्र रुपले भएको छ । घाट सजाउन र विजुलीले झिलीमिली बनाइएको छ । तराईका बजारहरु छठका लागि आवश्यक पर्न बाँस र माटोबाट बनेका सामाग्री, फलफूल र पूजाका सामग्रीको व्यापार हुने गर्छ । वाँसवाट निर्मित नाङ्लो, ठेकी, चंगेरी आदि सामान आवश्यक हुन्छ । माटोवाट निर्मित पाला, हाते घैला लगायतका सामाग्री र महिलाले लगाउने वस्त्र र गहनाको विक्री हुने अवसर पनि हो छठ ।
यसपटक कोरोना संक्रमण केही घटेको र खोप लगाएका कारण छठ पर्व भब्य रुपमा मनाउन पोखरी, नदि घाट, तलाउ सिङगार पटार गरिएको छ । ब।स्थानीय प्रशासन र छठ पुजा ब्यवस्थापन समितिले सामाजिक दुरी कायम गरेर, नदि, पोखरी, तलाउमा नजान र स्वास्थ्य सुरक्षा अपनाएर मनाउन आग्रह गरेका छन । तराईका नदि, तलाउ,पोखरी छेउलाई सिङ्गारिएको छ । छठको रौनक बढाइरहेको छ । छठको वेलामा सात्विक भोजन गरिन्छ । तामसी भोजनमा बर्जित हुने चाड पनि हो छठ । तराईमा उत्पादन हुन नसकेका सामान भारतबाट समेत ल्याइएका छन् । नेपालको तराई मधेशमा मात्र सिमित रहेको छठ पर्व केहि वर्षयता काठमाडौं र पोखरा लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।
छठ तराईबाट पहाडमा बिस्तार भएको छ । देशका सबै ठाउँमा मनाउनु भनेको संस्कृतिको बिस्तार भएको मान्न सकिन्छ । कतिपय चाडपर्व एक देशबाट अर्को देशमा पनि मनाई रहेको बेला एकै देशको संस्कृति बारे सबै नेपालीले थाहा पाउनु बहुधार्मिक, बहुसा“स्कृतिक भएको देश हो भन्ने प्रमाण हो । तराईबासीहरु नेपालका जुन ठाउ“मा बसे पनि छठ मनाउ“न आफ्नो जन्मस्थान जाने गरेका थिए । पछिल्लो समय जुन ठाउ“मा बसोबास गरिएको छ । त्यहि ठाउ“मा छठ मनाउने गरेका छन् । यसले आपसी सद्भाव बढाउने काम गर्छ । संस्कृतिको बिस्तार एउटा समुदायले मनाईरहेको पर्व अर्को समुदायले पनि मनाउन थाल्नु अवश्य पनि सकारात्मक सन्देशको रुपमा लिनुपर्ने हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्य देवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ पर्वको दिन दिउसो अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउने चलन छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुतmी तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ । बिशेषगरी मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा कमलपोखरी, वाग्मती किनार समेत धुमधामका साथ मनाईने गरिएको छ । भिडभाड सहित छठ मनाउनेको संख्या बढ्नु र देशका धेरै ठाउँमा मनाउनु छठ पर्वको महत्त्व बढ्दै जानू हो । छठ पर्वको अवसरमा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...