Pokharapatra National Daily

छठ पर्वको शुभकामना

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेशमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास छ । मानवजातीका सबै समस्या निराकरण हुने बिश्वास गरिन्छ । धनी गरिब एकै ठाउ“मा बसेर चाड मनाउँदा सामाजिक विभेद हट्दै जान्छ । छठ पर्व भव्य रुपले मनाउन नदी, तलाउ, पोखरी लगाएतका ठाउँमा सजावट गर्ने काम तिव्र रुपले भएको छ । घाट सजाउन र विजुलीले झिलीमिली बनाइएको छ । तराईका बजारहरु छठका लागि आवश्यक पर्न बाँस र माटोबाट बनेका सामाग्री, फलफूल र पूजाका सामग्रीको व्यापार हुने गर्छ । वाँसवाट निर्मित नाङ्लो, ठेकी, चंगेरी आदि सामान आवश्यक हुन्छ । माटोवाट निर्मित पाला, हाते घैला लगायतका सामाग्री र महिलाले लगाउने वस्त्र र गहनाको विक्री हुने अवसर पनि हो छठ ।
यसपटक कोरोना संक्रमण केही घटेको र खोप लगाएका कारण छठ पर्व भब्य रुपमा मनाउन पोखरी, नदि घाट, तलाउ सिङगार पटार गरिएको छ । ब।स्थानीय प्रशासन र छठ पुजा ब्यवस्थापन समितिले सामाजिक दुरी कायम गरेर, नदि, पोखरी, तलाउमा नजान र स्वास्थ्य सुरक्षा अपनाएर मनाउन आग्रह गरेका छन । तराईका नदि, तलाउ,पोखरी छेउलाई सिङ्गारिएको छ । छठको रौनक बढाइरहेको छ । छठको वेलामा सात्विक भोजन गरिन्छ । तामसी भोजनमा बर्जित हुने चाड पनि हो छठ । तराईमा उत्पादन हुन नसकेका सामान भारतबाट समेत ल्याइएका छन् । नेपालको तराई मधेशमा मात्र सिमित रहेको छठ पर्व केहि वर्षयता काठमाडौं र पोखरा लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।
छठ तराईबाट पहाडमा बिस्तार भएको छ । देशका सबै ठाउँमा मनाउनु भनेको संस्कृतिको बिस्तार भएको मान्न सकिन्छ । कतिपय चाडपर्व एक देशबाट अर्को देशमा पनि मनाई रहेको बेला एकै देशको संस्कृति बारे सबै नेपालीले थाहा पाउनु बहुधार्मिक, बहुसा“स्कृतिक भएको देश हो भन्ने प्रमाण हो । तराईबासीहरु नेपालका जुन ठाउ“मा बसे पनि छठ मनाउ“न आफ्नो जन्मस्थान जाने गरेका थिए । पछिल्लो समय जुन ठाउ“मा बसोबास गरिएको छ । त्यहि ठाउ“मा छठ मनाउने गरेका छन् । यसले आपसी सद्भाव बढाउने काम गर्छ । संस्कृतिको बिस्तार एउटा समुदायले मनाईरहेको पर्व अर्को समुदायले पनि मनाउन थाल्नु अवश्य पनि सकारात्मक सन्देशको रुपमा लिनुपर्ने हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्य देवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ पर्वको दिन दिउसो अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउने चलन छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुतmी तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ । बिशेषगरी मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा कमलपोखरी, वाग्मती किनार समेत धुमधामका साथ मनाईने गरिएको छ । भिडभाड सहित छठ मनाउनेको संख्या बढ्नु र देशका धेरै ठाउँमा मनाउनु छठ पर्वको महत्त्व बढ्दै जानू हो । छठ पर्वको अवसरमा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...