Pokharapatra National Daily

तिहारको शुभकामना

नेपालीहरुको ठूलो चाड तिहार शुरु भएको छ । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका साथै गाई गोरु र गोबरको पुजा गरिन्छ । पशुपंक्षी र जनावरको समेत पुजा गरेर प्रकृतिसंगको सम्बन्ध तिहार हो । धनकी देवी लक्ष्मीको पूजा गर्दा धनधान्य हुने विश्वास गरिन्छ । तिहारलाई फूलको चाड पनि भन्ने गरिन्छ । तिहार उज्यालोको पर्व पनि हो । पाच दिनसम्म घर झिलिमिली पारेर उज्यालो बनाईन्छ । अहिले बजारमा जताततै उज्यालो बनाएर सबैले मनाउने चाडको रुपमा बिकास हुदै गएको छ । तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टिका र माला लगाएर दिर्घायूको कामना गर्दछन् । तिहार दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलनको अवसर पनि हो ।
हाम्रो मौलिक चाड तिहारको पाच दिन घरको ढोकामा तेल हाल्ने र साझ दियो बत्ती बालेर झिलीमिली बनाउने गरिन्छ । तिहारमा साथीसंगी मिलेर देउसी भैलो खेल्ने गरिन्छ । तिहारको बेलामा देउसी भैलो खेलेर रकम संकलन गर्ने उपयुक्त मौका पनि हो । संघसंस्था, क्लब, आमा समूह, राजनैतिक पार्टी र तिनका भातृसंस्था सबैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गर्ने गरेका छन् । रमाइलो र मनोरञ्जनका लागि खेलिने देउसी भैलो रकम संलकन गर्ने माध्यम बन्दै गएको छ । देउसी भैलोको मौलिक र सांस्कृतिक पक्ष हराउ“दै जाने र पश्चिमा संस्कृतिको अन्धानुसरण गर्ने चलन बढेर गएको छ । चाडपर्व भनेको घरपरिवारका सबै मिलेर रमाइलो बनाउने हो । कोभिडका कारण स्वास्थ्य सुरक्षा अपनाएर मनाउनु पर्ने भएको छ । समुह बनाएर देउसी भैलो खेल्ने अवस्था छैन । स्वास्थ्य सुरक्षा पालना गरे मात्र कोरोना संक्रमणबाट जोगिन सकिन्छ । चाडपर्व हो केही हुदैन भन्ने हेलचक्र्याई गर्ने अवस्था छैन । सरकारले देउसी भैलो ९ बजेसम्म खेल्न आग्रह गरेको छ ।
पटका नपट्काउन,जुवातास खेल्न रोक लगाएको छ । कानुनले रोक लगाएको मात्र होइन समाजलाई बर्वाद पार्ने काम नियन्त्रण गर्न सरकारले जारी गरेको आदेश पालना गर्नु सचेत नागरिकको कर्तव्य हो । अहिलेको कोरोना महामारीको बेला सावधानी अपनाउन सकेमा अर्को वर्ष रमाइलो गरेर चाडपर्व मनाउन सकिन्छ । त्यस्तै पटका, भुइँचम्पा पड्काएर आतंकित पार्ने काम शहर वजारमा बढी हुने गरेको छ । प्रहरीले अवैध रुपले ल्याईएका त्यस्ता पटका र बिस्फोटक पदार्थ समातेको यदाकदा समाचार पनि आउने गरेका छन् । तर रोकिने भन्दा भित्रिने बढी हुने गरेको भान परेको छ । त्यसवाट आगलागी हुने र शरिर नै अंगभंग हुने किसिमका गतिविधि पनि शहरी क्षेत्रमा बढ्दै गएका छन् । यसलाई नरोकेसम्म रमाइलोको बेला नरमाईलो भईरहने छ ।
तिहारकै बेला नेवार सम्प्रदायले आत्मसुद्धि गर्ने, म्ह पुजा गर्ने र नया“ वर्ष नेपाल सम्वत् मनाउने गर्दछ । नेपाल सम्वत्को महत्व संखधर शाख्वाले काठमाडांैवासीको ऋण तिरिदिएको हुँदा उनैलाई सम्झने दिन पनि नेपाल सम्वत् हो । नेपालको आफ्नै मौलिक सम्वत् पनि तिहारकै बेलाबाट शुरु हुने हु“दा नेपाल सम्वत ११४२ को शुभकामना । तिहारलाई सबैले स्वास्थ्य सुरक्षा पालना गरेर खुशी र रमाइलोसँग मनाउन सकौं हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देशविदेशमा रहनु भएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...