Pokharapatra National Daily

गाईजात्राको शुभकामना

काठमाडौं उपत्यकामा मनाईने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । एक वर्ष भित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुका लागि मृतकको सम्झना स्नेहका लागि गाईजात्रा मनाउने गरिन्छ । नेवार समुदायले मनाउने नेपालमा परम्परागत रुपमा गाईजात्रालाई सा“स्कृतिक पर्वको रुपमा मनाइने गरिएको छ । काठमाडौं उपत्यका लगायत बनेपा, पनौती, धुलीखेल, पोखरा, तानसेन, बुटवल, गोर्खा, नारायणगढ, धरान, धनकुटा, विराटनगर, भद्रपुर लगायतका शहरहरुमा गाईजात्रा मनाउने गरिन्छ। काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरिएकोमा यस वर्ष देखि देशभरका नेवार समुदायलाई विदा पाउने भएका छन। गाइजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित नरही देशब्यापी बनेको छ। । गाईजात्राले जन्मपछि मृत्यु अवश्य हुन्छ जीवनको अनिवार्य प्रकृया हो भनेर बुझाउने काम गर्दछ । मृतकको फोटो सहितको झाकी, बाजागाजा, गाई र व्यङ्ग्यात्मक प्रर्दशन गराउने चलन राजा प्रताप मल्लले चलाएका थिए । प्रताप मल्लका नावालक छोराको मृत्यु पछि रानी विक्षिप्त भईन । उनलाई केही गरि सम्झाउन नसकेपछि राजा प्रताप मल्लले एउटा उपाय रचे । त्यस वर्षभरी राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाई सहित दरवार अगाडि रानीले देख्ने गरि जात्रा निकाल्न आव्हान गरेका थिए । त्यही वेलादेखि गाईजात्रा निकाल्न थालिएको हो । गाईजात्रा नेपालको सास्कृतिक पर्वको रुपमा मनाउने गरिएको छ । समाजमा व्याप्त विकृति, विसंगति, कुरीति र कुशासनलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रकट गर्ने पर्वको रुपमा गाईजात्रालाई लिने गरिएको छ । देशमा राजनीतिक मुल्य र मान्यता सबै भत्केको वेला सधै गाइजात्रा भएको छ । गाईजात्रामा व्यङ्ग्य, सा“स्कृतिक झा“की, नृत्य लगायत विभिन्न कार्यक्रम गरी मनाइन्छ । नेवार समुदायमा मनाइने गाईजात्रा पर्वले नेपालको सा“स्कृतिक महत्व राख्दछ ।
नेपालका मौलिक संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा गाईजात्राको महत्वलाई जोगाई राख्नु संस्कृतिकर्मीहरुले पहल गर्नुपर्ने बेला भएको छ । गाईजात्रामा प्रदर्शन गरिने व्यङग्य, सांस्कृतिक नृत्य तथा झा“कीले यस्को महत्व झल्काउने गर्दछ । हाम्रो शासन व्यवस्था, सामाजिक आर्थिक तथा सा“स्कृतिक क्षेत्रको विकृति एवं विसंगतिलाई बर्षको एक पटक गाईजात्राको बेलामा हास्यव्यङ्ग्य, कार्टुन, झा“की, नृत्य प्रदर्शन गरिन्छ । सजिलै विरोध जनाउन वा चित्त नबुझेको कुरामा टिप्पणी गर्न सधैं नसकिने हुदा“ गाईजात्राको बेला गर्दा सहज हुने गर्दथ्यो । अहिले विभिन्न सञ्चारका माध्यमवाट विरोध जनाउन सकिने अवस्था छ । विरोधलाई रचनात्मक वा सृजनात्मक रुपले जनतासामु ल्याउने अवसर भनेकै गाईजात्रा हो । देशको शासन व्यवस्था, राजनैतिक दलका नेता, प्रशासक, न्यायामुर्ति, सुरक्षाकर्मी, उद्योगी, व्यापारी एवं विभिन्न पेशा व्यवसायका अगुवाहरुको बारेमा टिप्पणी गर्ने अवसर नै गाईजात्रा हो । गाईजात्राको माध्यमबाट व्यङगकारहरुले आफ्नो प्रतिभा देखाउने, प्रहसन गर्ने, क्यारीकेचर गरेर मनोञ्जन दिन पनि सकिन्छ । नेपालमा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेण्टी गरे पनि कानुन वनााएर संकुचन वनाउन खोजिएको छ । एक हातले दिएर अर्को हातले खोस्ने काम नहोस भनेर खवरदारी गर्नुपर्ने बेला आएको छ ।
वर्ष दिनमा एक पटक देशको अवस्थाबारे जनताले बुझ्ने मौका गाईजात्रा हो । तर अहिले सरकार, राजनैतिक दलका नेता, मन्त्री, राष्ट्रसेवक, प्रशासक, सुरक्षाकर्मी, व्यापारी लगायत विभिन्न पेशाका व्यक्तिहरुले गरेको व्यवहारले बर्षभरी नै गाईजात्रा मनाए जस्तै भएको छ । देशको हरेक क्षेत्रको गतिविधि गाईजात्रे पाराले चल्दै आएको हुदा जनताले परिर्वतनको अनुभुति गर्न पाएका छैनन् । देशमा सरकार छ तर प्रशासन कमजोर छ । एउटै दल पनि गुट र उपगुटले ग्रसित भएका छन । सत्ताको खेलमा रमाइरहने नेता र पदको लागि पार्टी, सिद्धान्त, मुल्य मान्यता तिलान्जली दिने संसद कारणदलीया व्यस्थालाई नै काम नलाग्ने होकि भन्ने अवस्थामा नेताहरुले पु¥याएका छन । मिलेर बसेकाहरुलाई आपसमा लडाउनेहरु सकृय हुन थालेका छन् । भ्रष्टाचार मौलाएको छ । कोरोनाले गर्दा संसार नै अहिले भयवह स्थितीमा रहेको छ । नेपालमा पनि आर्थिक अवस्था र स्वास्थ प्रणाली कमजोर भएको बेला कसरी जनतालाई राहत दिने, आर्थिक गतिविधि चलायमान गराउने र सुरक्षाको प्रत्याभूति दिलाउन छोडेर नेताहरु सत्ताको खेलमा व्यस्त छन् । देश र जनताको हितमा एक हुनुपर्ने बेला आपसमा मनमुटाव देखाएर महागाईजात्रा प्रदर्शन गरेका छन् । व्यङ्गकार, कलाकारले देखाउने गाईजात्रा सिंहदरबारदेखि स्थानीय तहसम्म आईपुगेको छ । हरेक क्षेत्र गाईजात्रे तरिकाले चलेकाले नेपालको अवस्थाले देशको पहिचान पनि हराउने हो कि भन्ने आशंका बढेर गएको छ । देशमा व्याप्त कुशासन, भ्रष्टाचार, अत्याचार, भेदभावको अन्त्य गरी सबै जातजातिको संस्कृतिको संरक्षण र संवद्धन गर्न, सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारवाही गर्न र न्यायपूर्ण समाज निर्माण गर्न गाईजात्रा पर्वले सवैलाई प्रेरणा देओस् । गाईजात्रा पर्वको सवैमा शुभकामना ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...