Pokharapatra National Daily

रामनवमीको बढ्दो महत्व

हिन्दुधर्मावलम्बीले भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल ,भारत लगायत हिन्दु धर्म मान्नेहरुले मनाउँछन । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । गत वर्ष देखि कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको वर्णन गर्ने गरिन्छ ।
पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकोले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको भन्ने छ। । रामकै जस्तो गुण प्राप्त होस् भन्ने कामनाले श्रीरामनवमी पर्व मनाउने गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको सम्झनामा श्रीरामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेखछ ।
श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित चैत्राष्टमीका दिन त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा रथयात्रा गरिएको छ । बुधबार मध्याह्न १२ः३० बजे माडीमा मूर्ति प्रतिस्थापन साइत रहेको छ । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।
गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र त्यहाँ राम, लक्ष्मण, सिताको मुर्ति राख्ने घोषणा पछि व्यापक चर्चा पाएको छ । माडीको धार्मिक पर्यटन प्रबर्द्धनमा सधाउ पुगेको छ । शुरुमा प्रधानमन्त्री ओलीको अभिब्यक्तिको आलोचना गर्नेहरु अहिले माडीको भ्रमण गरेर धर्मावलम्बीको मन जित्न खोजेका छन।नेपालको पक्षमा बोल्ने आँट गर्नेलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै बिरोधमा उत्रने पनि माडीलाई मणिको रुपमा स्वीकार गर्नु रामनवमीको महत्त्व बढ्दै जानू हो ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...