Pokharapatra National Daily

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको क्यालेण्डर आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०७८ सुरु भएको छ । वि.स. २०७७लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम हुने गरेका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ । २०७७ साल विश्वव्यापी रुपमा आएको कोरोना भाइरसले आतंक मच्चायो । कोभिड –१९ का विरुद्ध संसार एक भएर लड्नु पर्ने भयो ।धनी र शक्तिशाली राष्ट्रले आफ्ना नागरिकलाई स्वास्थ्य उपचार र राहत दिएर सरकारको उपस्थिति देखाए ।
गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, स्वास्थ्य उपचार र नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन।नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । कमजोर स्वास्थ्य संस्थालाई सुधार गर्ने, स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्छ भन्ने बोध हुन सक्यो । देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास हुन सकेको छ।विदेशबाट रोजगारी गुमाएर आउनेका लागि स्वदेशमा कसरी रोजगारी दिने, नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन अभियान चलाउने काममा राजनीतिक दल चुके । देश लकडाउनमा भएको बेला राजनीतिक दल सत्ता स्वार्थमा रुमलिन पुगे । जनताको साथी बन्नुपर्ने बेला सत्ता स्वार्थले गर्दा आहत पार्ने काम भयो । सत्तारूढ नेकपा सत्ता संघर्षमा रुमलियो।सबैभन्दा बढी आन्तरिक झगडामा फसेर बहुमत पाएको दल नेकपा विभाजित हुन पुग्यो । प्रतिनिधि सभा विघटन पछि दलहरूबीच ध्रुवीकरण भयो । सर्वोच्च अदालत गुहार्ने र सडकमा जाने काम भयो । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापन गर्ने र नेकपा दल दर्ता बदर गरेर एमाले र माओवादी केन्द्र छुट्टयाउने काम भयो । अदालतले संसद व्युउताउने र दल छुट्याउने काम भयो । जनतामा जानुपर्ने दल अदालत धाउने अवस्था आउनु नेकपा नेताहरूको सत्ता मोहको कारण हो ।
प्राकृतिक विपत्ति, कोभिड–१९ ले पर्यटन, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम २०७७ सालले गरेको छ । हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको बेला स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु,सडक, पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्नु,भारतले मिचेको भुमि समेटिएको नक्सा जारी हुनु, संबिधान संशोधनदल एकमत हुनु । सकारात्मक काम हुन । राजनीतिक दलहरु सत्तामोहको कारण सरकार फेर्ने फोहोरी खेल भन्दा विकास र समृद्धिका लागि जनतामा जाने, संविधान कार्यान्वयनमा इमानदार हुन सकेमा नयाँ वर्ष आशा र उत्साहको वर्ष हुनेछ । नयाँ वर्ष सबै नेपालीको सुस्वास्थ्य, उन्नति, प्रगति र स्वाभिमानको वर्ष बन्न सकोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...