Pokharapatra National Daily

नयाँ वर्षको शुभकामना

नेपालीहरुले मान्दै आएको क्यालेण्डर आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०७८ सुरु भएको छ । वि.स. २०७७लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम हुने गरेका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ । २०७७ साल विश्वव्यापी रुपमा आएको कोरोना भाइरसले आतंक मच्चायो । कोभिड –१९ का विरुद्ध संसार एक भएर लड्नु पर्ने भयो ।धनी र शक्तिशाली राष्ट्रले आफ्ना नागरिकलाई स्वास्थ्य उपचार र राहत दिएर सरकारको उपस्थिति देखाए ।
गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, स्वास्थ्य उपचार र नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन।नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । कमजोर स्वास्थ्य संस्थालाई सुधार गर्ने, स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्छ भन्ने बोध हुन सक्यो । देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास हुन सकेको छ।विदेशबाट रोजगारी गुमाएर आउनेका लागि स्वदेशमा कसरी रोजगारी दिने, नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन अभियान चलाउने काममा राजनीतिक दल चुके । देश लकडाउनमा भएको बेला राजनीतिक दल सत्ता स्वार्थमा रुमलिन पुगे । जनताको साथी बन्नुपर्ने बेला सत्ता स्वार्थले गर्दा आहत पार्ने काम भयो । सत्तारूढ नेकपा सत्ता संघर्षमा रुमलियो।सबैभन्दा बढी आन्तरिक झगडामा फसेर बहुमत पाएको दल नेकपा विभाजित हुन पुग्यो । प्रतिनिधि सभा विघटन पछि दलहरूबीच ध्रुवीकरण भयो । सर्वोच्च अदालत गुहार्ने र सडकमा जाने काम भयो । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापन गर्ने र नेकपा दल दर्ता बदर गरेर एमाले र माओवादी केन्द्र छुट्टयाउने काम भयो । अदालतले संसद व्युउताउने र दल छुट्याउने काम भयो । जनतामा जानुपर्ने दल अदालत धाउने अवस्था आउनु नेकपा नेताहरूको सत्ता मोहको कारण हो ।
प्राकृतिक विपत्ति, कोभिड–१९ ले पर्यटन, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम २०७७ सालले गरेको छ । हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको बेला स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु,सडक, पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्नु,भारतले मिचेको भुमि समेटिएको नक्सा जारी हुनु, संबिधान संशोधनदल एकमत हुनु । सकारात्मक काम हुन । राजनीतिक दलहरु सत्तामोहको कारण सरकार फेर्ने फोहोरी खेल भन्दा विकास र समृद्धिका लागि जनतामा जाने, संविधान कार्यान्वयनमा इमानदार हुन सकेमा नयाँ वर्ष आशा र उत्साहको वर्ष हुनेछ । नयाँ वर्ष सबै नेपालीको सुस्वास्थ्य, उन्नति, प्रगति र स्वाभिमानको वर्ष बन्न सकोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...